• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. ‘आ बाट आमा २’ आजदेखि देशव्यापी प्रदर्शनमा

  • ९. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • १०. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

नेपाली सेनाले निर्माण गरेको १८ किलोमिटर सडक हस्तान्तरण

  •   मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित

असार २८ ,गोरखा । नेपाली सेनाले निर्माण गरेको ‘बेनीघाट–आरुघाट–लार्केभञ्ज्याङ’ सडकको १८ किलोमिटर सडक खण्ड ‘११ किलो-छेपेटार- भालुस्वाँरा-बारपाक’ सडक आयोजनालाई हस्तान्तरण गरिएको छ ।

धार्चे गाउँपालिका वडा नम्बर ७ हावाडाँडादेखि वडा नम्बर ३ दोभान सम्मको उक्त खण्ड सोमवार आयोजना कार्यालयलाई हस्तान्तरण गरिएको नेपाली सेनाका प्राविधिक सेनानी बिनोद भट्टले बताउनुभयो ।

नेपाली सेनाको बिकास निर्माण निर्देशनालय अन्तर्गत बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ सडक निर्माण कार्यदलले अहिले सम्म ३२ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलेको छ ।

यो मध्ये १८ किलोमिटर खण्ड आयोजनालाई हस्तान्तरण भएको हो । प्राविधिक सेनानी भट्टले ११ किलो छेपेटार भालुस्वाँरा बारपाक सडक आयोजना कार्यालय गोरखाका प्रमुख पशुपति ज्ञवालीलाई सडक हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा गोरखा क्षेत्र नम्बर १ का सांसद हरिराज अधिकारीले उक्त खण्ड नियमित सवारी साधन चल्ने बनाउन सडक आयोजना कार्यालयको ध्यानाकर्षण गराउनुभयो । साथै उनले उक्त सडक लार्के भञ्ज्याङ सम्म जोडिँदा उत्तरी गोरखाका जनताका लागि सुविधा हुने हुँदा छिटो निर्माण गर्नुपर्नेमा जोड दिए ।

धेरै समस्याका बिच पनि सेनाले सडक निर्माण गर्न सफल भएको बताउनुभयो ।हावाडाँडादेखि लार्के भञ्ज्याङ सम्मको ९२ किलोमिटर मध्ये अझै ७४ किलोमिटर सडक सेनाले हस्तान्तरण गर्न बाँकी छ । १४ दशमलव पाँच किलोमिटर सडकको ट्रयाक खोलिसकिएको र करिब ६० किलोमिटर सडकको ट्रयाक खोलिएको छैन ।

सहज रुपमा सवारी साधन आउजाउ गर्न मिल्ने भएको र स्थानीयको मागका आधारमा पनि सेनाले निर्माण पुरा भएको १८ किलोमिटर सडक हस्तान्तरण गरेको जनाएको छ । यो गोरखा र तिब्बत जोड्ने सडक हो । गोरखाको चुमनुब्री गाउँपालिकामा अझै गाडी पुग्ने सडक बनिसकेको छैन ।

२०५२ सालमा बेनिघाट–आरुघाट–आर्खेत सडक निर्माण सुरु भएको हो । २०६३÷६४ मा बेनीघाट–लार्केभञ्ज्याङ सडक नामाकरण गरी सडक बिभागलाई निर्माणको जिम्मा दिईयो । २०६६÷६७ मा सडक आयोजनाले निर्माण सुरु गर्‍यो ।भौगोलिक बिकटता, कडा चट्टान बिस्पोट गर्नुपर्ने लगायत कारण हावाडाँडादेखि माथि आयोजना कार्यालयले सडक निर्माण गर्न सकेन ।

अन्ततः मन्त्रिपरिषदको निर्णयबाट २०७३ मंसिर २६ गते हावाडाँडा देखि लार्केभञ्ज्याङ सम्मको सडक निर्माणको जिम्मा नेपाली सेनाले पायो । २०७४ बैशाख ११ गतेबाट सेनाले ट्रयाक खोल्न सुरु गरेको प्राविधिक सेनानी भट्टले बताउनुभयो ।

मङ्गलबार, असार २८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन
राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण
विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ४.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ४.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ५.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ६.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

  • ७.
    दसैंले विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने ऊर्जा दिनेछ : सभापति लामिछाने

  • ८.
    राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्नुहुने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.