• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ६. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

नागरिकलाई सूचना दिनु भनेको जनताको मौलिक हकको सम्मान गर्नु हो : प्रधानमन्त्री

  •   आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित

फागुन ७ , काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकलाई सही सूचना प्रवाह गर्न राष्ट्रिय समाचार समिति (रासस) को भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । उहाँले देश र विदेशका सञ्चारमाध्यमलाई स्वदेशी र विदेशी समाचार उपलब्ध गराउँदै आएको राससले देशका बढीभन्दा बढी सूचना सम्प्रेषण गरी नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

राससको ६२औँ वार्षिकोत्सवको अवसरमा आज यहाँ आयोजित समारोहलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री दाहालले भन्नुभयो, “कुनै पनि नागरिकलाई सूचना दिनु भनेको लोकतन्त्रप्रतिको आस्था र जनताको मौलिक हकको सम्मान गर्नु पनि हो । वर्तमान सरकार यही मान्यतामा अडिग छ ।”

प्रधानमन्त्री दाहालले सूचना नागरिकको कानुनी अधिकार मात्र नभएर उनीहरूको अवसर एवं ज्ञानको स्रोत पनि हो भन्नुभयो । उहाँले कुनै पनि नागरिकलाई सूचनाबाट वञ्चित गर्नु भनेको उनीहरुलाई आफ्ना सम्भावना र अवसरबाट नै वञ्चित गर्नु हो भन्ने मान्यता राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालको एकमात्र सरकारी सञ्चार सेवा प्रदायक संस्था राससको ६२औँ वार्षिकोत्सवको सुखद् उपलक्ष्यमा समितिका सम्पूर्ण पदाधिकारी, सञ्चारकर्मी, कर्मचारीलगायत समितिमा आबद्ध सबैमा प्रधानमन्त्री दाहालले बधाई दिनुका साथै निरन्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “यस समाचार समितिले आफ्नो स्थापनादेखि नै नेपाली र अङ्ग्रेजी भाषामा स्वदेशी र विदेशी समाचार तथा तस्बिर उपलब्ध गराउँदै आएको छ । साथै हालैमात्र तपाईहरूले नेपालका टेलिभिजन एवं डिजिटल मिडियाका लागि श्रव्य दृश्य (भिडियो) सेवा पनि सुरू गर्नुभएकामा नेपाल सरकारको तर्फबाट म यहाँहरूमा हार्दिक आभारसहित धन्यवाद व्यक्त गर्दछु ।”

आजको युग विज्ञान, प्रविधि र त्यसमा पनि मुख्यतः सूचना प्रविधिको युग भएको तथ्य पेश गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो दुई दशकमा विश्वमा सूचना प्रविधिको क्षेत्रमा भएको तीव्र विकासले सिङ्गो विश्वले यसलाई चौथो औद्योगिक क्रान्तिका रूपमा संश्लेषण गरेको उल्लेख गर्नुभयो ।

“सूचना प्रविधिको यस प्रकारको तीव्र र द्रूत विकासले सञ्चार जगत्लाई मात्र नभएर सामाजिक जीवनका सम्पूर्ण आयाम र अवयवलाई समेटेको छ । अब सूचना–प्रविधिभन्दा बाहिर त्यस्तो कुनै विषय र मुद्दा छैन, जसले आफ्नो अस्तित्व अलगरूपमा कायम गर्न सकोस्” प्रधानमन्त्री दाहालले भन्नुभयो, “२१औँ शताब्दीको आजको विश्वमा सूचना–प्रविधि प्रत्येक मान्छेको सरोकारको विषय मात्र नभएर अनिवार्य र अपरिहार्य विषय बनिसकेको छ ।”

विश्वमा सूचना र प्रविधिको द्रुत गतिमा भइरहेको विकास र विश्वव्यापी प्रभावको परिप्रेक्ष्यमा हामीले पनि हाम्रा सञ्चारमाध्यमलाई समय र युग सुहाउँदो रुपमा थप अद्यावधिक तथा परिमार्जित गर्न आवश्यक रहेको प्रधानमन्त्री दाहालको भनाइ छ । जतिसक्दो सहज र आधुनिक माध्यमबाट नागरिकलाई सूचना प्रदान गर्नुपर्नेमा जोड दिँदै उहाँले यही मान्यतालाई आत्मसात् गर्दै नागरिकको सूचनाको हकलाई सुनिश्चित गर्न राससले पनि आफ्नो सेवालाई थप चुस्तदुरुस्त बनाउन आफ्ना सबै संयन्त्र र क्षमता परिचालन गर्न सकोस् भन्ने कामना गर्नुभयो ।

प्रधानमन्त्री दाहालले जोड दिएर भन्नुभयो, “राससले आफ्नो भौतिक विकाससँगै सूचनामा पहुँच बढाई सञ्चारमाध्यममार्फत आमनागरिकलाई सूसुचित गर्ने काममा आफूलाई अब्बलरूपमा स्थापित गर्न सक्नुपर्दछ ।” उहाँले वर्तमान सरकार नागरिकको विचार अभिव्यक्तिको अधिकारको सम्मान गर्र्दै पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा दृढ रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “सरकारको यो मान्यतालाई राससजस्ता समाचार प्रदायक संस्थाले पनि सम्मान र विस्तार गर्नुपर्छ । जहाँ लोकतान्त्रिक शासन प्रणाली छ, त्यहाँ मात्र प्रेस स्वतन्त्रता सम्भव छ । यो वास्तविकतालाई ध्यानमा राखी लोकतान्त्रिक प्रणालीको पक्षधरतामा मुलुकको प्रेस उभिँदै आएको छ र उभिनुपर्छ ।”

राससले समयानुकूल आफ्ना समाचार सेवामा विकास गर्दै लैजानु आवश्यक रहेकामा जोड दिँदै प्रधानमन्त्री दाहालले यसका लागि प्रविधि र आफ्नो क्षमताको विकास तथा विस्तारमा पनि ध्यान दिन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “स्वदेशी र विदेशी सञ्चारमाध्यमलाई समेत समाचार सेवा प्रदान गर्दै आएको छ दशकभन्दा पुरानो समाचार संस्था राससले आगामी दिनमा राज्यको एक आधिकारिक सूचना बैंकको रूपमा रहेर काम गर्न सकोस् ।”

प्रधानमन्त्री दाहालले भन्नुभयो, “समितिको नेतृत्व संस्थामा आबद्ध सबै सञ्चारकर्मी र कर्मचारीले वास्तविक अभिभावकको रूपमा क्रियाशील हुन सकोस्, प्रतिस्पर्धाको युगअनुरूप सबै सञ्चारमाध्यमभन्दा आफूलाई अब्बल प्रमाणित गर्न सकोस्, नागरिकको सूचनाको अधिकारको सम्मान गर्दैै अघि बढ्न सकोस् ।”

राससको विकास र संस्थागत हितका पक्षमा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग र अभिभावकत्व रहने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री दाहालले ६२औँ वार्षिकोत्सवको भव्य सफलताको कामना गर्नुभयो ।

आइतबार, फागुन ०७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

  • ६.
    आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

भर्खरै

  • १.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ३.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ४.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ७.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ८.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.