• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

प्रचण्डले ‘ट्याक्टिस’ प्रयोग गरेर ओलीको निरंकुश बन्ने सपना तोडियो :नारायण दाहाल

"माओवादी केन्द्र भरतपुरले गर्यो शहिद तथा वेपत्ता परिवारलाई सम्मान  "
  •   आइतबार, फागुन १४, २०७९ मा प्रकाशित

फागुन १४ , भरतपुर । माओवादी केन्द्रका स्थायी समिति सदस्य तथा राष्ट्रिय सभा सदस्य नारायण दाहालले प्रचण्डले ‘ट्याक्टिस’ प्रयोग गरेर ओलीको निरंकुश बन्ने सपना तोडिएको बताएका छन् । माओवादी केन्द्र भरतपुर महानगरले आयोजना गरेको शहिद तथा वेपत्ता परिवार सम्मान कार्यक्रममा बोल्दै उनले एमाले अध्यक्ष ओलीले फेरी प्रतिनिधिसभा विघटन गरेर आँफु सही भन्ने प्रमाणित गर्ने बाटो खोजिरहेको बताए । “२ वर्षपछि केपी प्रधानमन्त्री बन्ने कुरा थियो, अहिले राष्ट्रपतिपनि एमालेबाटै, सभामुख, निर्वाचन आयुक्त, अख्तियार लगायतका संवैधानिक आयोगहरु सबै हातमा लिएर ओलीले सदन विघटन गर्नेवाला थिए”, उनले भने, “मासु कुर्न राखेको कुकुर, दूध कुर्न राखेको विरालो जस्तो हुनेवाला देखेरै त्यो रोक्न नयाँ गठबन्धनमा जानु परेको हो ।”

एमालेले राष्ट्रपति पाएमा थप निरंकुश बन्ने बाटोमा जाने संकेतहरु देखापरेपछि माओवादीले राष्ट्रिय सहमतिको कुरा निकालेको जीकिर गरे । “लडेर ल्याएको गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधानलाई गुम्न दिनेछैनौँ”, उनले भने, “प्रचण्डले रणनीति सधै एउटै तर कार्यनितिमा लचकता ल्याएर अगाडी बढ्नुभएको हो ।” गणतन्त्रको अगुवाई गर्ने दललेनै गणतन्त्रविरोधीहरुसँग मिलेर सरकार बनाउनुपर्ने अवस्था आएपनि अहिले कोर्स सच्चिएको बताए । “सदन विघटनका कुरा, प्रतिगमनका कुरा सदनमा नराख्ने सहमति ओलीले विश्वासको मत लिने दिनमै तोडे”, उनले भने, “त्यही दिनबाट खटपटि सुरु भएको हो, माओवादीलाई सिध्याउने, राजावादीहरुसँग मिल्ने ओलीको लक्ष्यलाई रोकेका हौँ ।”

उनले अहिले बनेको नयाँ गठबन्धनले पछि माओवादीको विचार, सिद्धान्तलाई आघात पु¥याउने काम गरेमा सत्ता छाडेरै सडकमा जनतासँगै उत्रने दाबी गरे । “जनयुद्ध शव्दनै नरुचाउने, हत्या, हिंसा भनेर टिप्पणी गर्नेहरुले चारैतर्फबाट घेराबन्दी गर्न थालेका थिए”, नेता दाहालले भने, “माओवादी आन्दोलन, जनयुद्धलाई अपमान गरेर रोटी सेक्नेहरुसँग सहकार्य हुनेछैन ।” माओवादीका केन्द्रीय सदस्य इश्वरी भट्टराईले जनयुद्धलाई हिंसा दिवस भनेर टिप्प्णी गर्ने एमालेसँगको सम्बन्ध तोड्नु समयको माग भएको बताए ।

सहिदहरुले देखाएको बाटोमा पार्टी कहिल्यै विचलित नहुने बताए । भरतपुर महानगरका मेयर रेनु दाहालले गणतन्त्र विरोधिहरु सल्बल्याएको बताइन् । गणतन्त्र पक्षधरहरु एक ठाउँमा उभिएकाले अब गणतन्त्र विरोधिहरु आँफै पलायन हुने दाबी गरिन् । वर्तमान सरकारले जनयुद्धका सहिदहरुलाई छिटै राष्ट्रिय सहिद घोषणा गरेर परिवारलाई सम्मान तथा सुविधा दिने बताइन् । भरतपुर महानगरले जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई मासिक २ हजार सहयोग गर्दै आइरहेको बताइन् । कार्यक्रममा ७० जना बढी चितवनका जनयुद्धका सहिद तथा वेपत्ताका परिवारलाई सम्मान गरिएको थियो ।

आइतबार, फागुन १४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • २.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ३.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ४.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ७.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ८.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.