• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ७. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ८. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

उपराष्ट्रपतिका लागि सत्ता गठबन्धनबाट तीन र एमालेबाट एक जनाको उम्मेदवारी दर्ता

  •   शनिबार, फागुन २७, २०७९ मा प्रकाशित

फागुन २७ , काठमाडौं ।सत्ता गठबन्धन दलका तर्फबाट जनता समाजवादी पार्टी (जसपा)का सांसद रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदको निर्वाचनका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । नयाँ बानेश्वरको ल्होत्से हलस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आज जसपाका सांसद यादवले जसपाको निर्णयअनुसार मनोनयन दर्ता गराउनुभएको हो ।

सांसद यादवको प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी रहनुभएको छ भने समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहनुभएको छ ।

सांसद यादवको उम्मेदवारी दिन नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जसपा र नेकपा एकीकृत समाजवादीका सांसदहरू सहभागी हुनुभएको छ ।

यस्तै, सत्ता गठबन्धनका तर्फबाट जनता समाजवादी पार्टीकै सांसद प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रियसभा सदस्य यादवले दिउँसो उम्मेदवारी दर्ता गराउनुभएको हो । उहाँको प्रस्तावकमा रन्जु झा, मृगेन्द्र कुमार सिंह यादव, नवलकिशोर शाह, दीपक कार्की र राजकिशोर यादव रहनुभएको छ भने समर्थकमा अनिता देवकोटा, सीता गुरुङ, वीरेन्द्र महतो, मनिस सुमन र सुशीला श्रेष्ठ हुनुहुन्छ ।

यसैगरी, सत्ता गठबन्धनबाट जनमत पार्टीकी ममता झाले पनि उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावक अब्दुल खान, अनिता देवी, गङ्गाराम चौधरी अविराम शर्मा, रूपा कुमारी यादव र समर्थकमा गोमा लाभ सापकोटा, विनिता कुमारी सिंह वसन्तकुमार कुहवाह, रामप्रकाश चौधरी, रानीकुमारी तिवारी रहनुभएको छ ।

झाको उम्मेदवारी दर्ताका क्रममा जनमत पार्टीकाका नेताहरू दर्ता स्थलमा पुगे पनि शीर्ष दलका नेताहरू भने जानुभएको थिएन ।

सत्ता गठबन्धन १० दलको आज बिहान बालुवाटारमा बसेको बैठकले तीन जनालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । जसपाका दुई जना र जनमत पार्टीबाट ममता झालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।

एक मात्र साझा उम्मेदवार अघि बढाउन नसकेको सत्ता गठबन्धन दलले भोलि पुनः बैठक बसेर साझा उम्मेदवार कसलाई बनाउने भन्ने निर्णय गर्ने तयारी गरेको छ ।

यस्तै, नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले उपराष्ट्रपति पदका लागि आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको छ ।

शाक्यको प्रस्तावकमा पार्टी अध्यक्ष केपी शर्मा ओली, सुवास नेम्वाङ, छविलाल विश्वकर्मा गोकर्ण बिष्ट र रघुवीर महासेठ रहनुभएको छ भने समर्थकमा महेश बर्तौला, कृष्णगोपाल श्रेष्ठ, यशोदा रिमाल, तुलसा दाहाल र भगवती न्यौपाने रहनुभएको छ ।

नेकपा एमालेको आजै बसेको सचिवालय बैठकले उपाध्यक्ष शाक्यलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो । निर्वाचन आयोगका अनुसार आज उम्मेदवारीको मनोनयन गर्ने र आगामी चैत ३ गते उपराष्ट्रपति पदको निर्वाचन हुनेछ ।

शनिबार, फागुन २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

भर्खरै

  • १.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • २.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ८.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.