• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ७. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ८. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

पाथीभरामा बलि प्रथा घट्दै, यसरी सुरु भएको थियो बलिप्रथा

  •   बुधबार, चैत ०१, २०७९ मा प्रकाशित

चैत्र १ , ताप्लेजुङ। ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरमा केही वर्ष अघिसम्म दैनिक सयौँ पशुको बलि चढाउने गरिन्थ्यो । देवीलाई बलि चढाउँदा देवी खुसी हुने र आफुले चिताएका इच्छा, आकांक्षा सबै पूरा हुने विश्वासले यहाँ आउने ८० प्रतिशतभन्दा बढी भक्तजनले पशुको बलि चढाउँथे ।

पाथीभराका पुजारी डिल्ली आचार्यका अनुसार पाथीभराको दर्शनको सिजन मानिने (बडादशैँ, रामनवमी) का समयमा कम्तीमा पाँच सयदेखि एक हजार पशुको बलि चढाउने गरिन्थ्यो । स्वदेश तथा विदेशबाट आएका तीर्थयात्रीले बलि चढाउन पशुपक्षी लिएर आउँथे ।

तर अहिले यो चलन क्रमशः घट्दै गएको छ । हिजोआज विरलै मात्र पशु बलि दिने गरिएको छ । “पहिला सिजनका बेला दिनमै पाँच सयदेखि हजार बाह्र सयसम्म पशु बलि चढाइन्थ्यो, तर अहिले बढीमा १५–२० वटा बलि चढाइन्छन्, यसको सट्टामा भक्तजनले नरिवल फुटाएर पूजाआजा गर्नुहुन्छ, फलफूल चढाउने, लाखबत्ती बाल्ने चलन बढेको छ”, आचार्यले भन्नुभयो ।

बलि चढाउँदा पशुपक्षीको रगतले राताम्य हुने मन्दिर परिसर पछिल्लो समयमा सुन्दर र सफा पनि हुन थालेको छ । रगतका कारण हुने फोहोर र दुर्गन्धमा कमी हुनुका साथै मन्दिर अवस्थित वरपरको भाग सफा र सुन्दर भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले बताउनुभयो ।

पछिल्लो समय प्राणीको हत्या नगरी पनि धर्मकर्म गर्न सकिन्छ भन्ने चेतनाको विकासले पनि बलि प्रथा हराउँदै गएको पाथीभरा दर्शनका क्रममा आउनुभएका झापाका विष्णुप्रसाद आचार्यले बताउनुभयो ।

प्रेम, सद्भाव र पुण्यको सन्देश दिने धर्मका नाममा हुने बलि प्रथा पूर्णरूपले निर्मुल हुनु नै राम्रो हुने उहाँको तर्क छ । धर्मका नाममा निर्दोष पशुको बलिप्रथा अन्त्य गर्नुपर्छ भन्ने समाजमा आवाजहरू उठ्न थालेकाले विस्तारै न्यूनीकरण हुँदै जाने कतिपयले बताउने गरेका छन् ।

यता पाथीभरा क्षेत्रमा बलिप्रथा न्यूनीकरण हुँदै जाँदा पाथीभरा क्षेत्रमा छाडा कुकुर पुग्ने क्रम केही मात्रामा घटेको छ । रेडपाण्डाको बासस्थान मानिने पाथीभरा क्षेत्रमा समय समयमा छाडा कुकुरको आक्रमणमा रेडपाण्डा पर्थे ।

अहिले छाडा कुकुर केही घटेकाले र भएकालाई समेत नियन्त्रणमा राख्ने गरिएकाले रेडपाण्डा कुकुरको आक्रमणबाट केही हदसम्म बच्न थालेको रेडपाण्डा संरक्षणको क्षेत्रमा काम गर्दै आउनुभएका रमेश राईले बताउनुभयो ।

बलि चढाएको पाठापाठीको मासु प्रशस्त हुने हुँदा गाउँघर र गोठबाट अत्यधिक कुकुरहरू पाथीभरा क्षेत्रमा पुग्थे । अहिले केही मात्रामा घटेको राईको भनाइ छ । उहाँका अनुसार सफा गर्ने क्रममा फालिने मासुजन्य फोहोर, खाएर बचेको मासु जताततै फालिने हुँदा कुकुरहरू पाथीभरा क्षेत्रमा जान पल्किने गरेका थिए । यसरी बलिका नाममा निर्दोष पशु हत्या घट्नुले पाथीभराको सुन्दरता मात्रै बढेको छैन, स्थानीयस्तरमा पाइने वन्यजन्तुको समेत संरक्षण भएको छ ।

यसरी सुरु भयो बलिप्रथा

बलि प्रथा किन र कसरी सुरु भयो भन्ने विभिन्न तर्कहरू होलान् । तर यहाँ बलि चढाउने प्रथाको सुरुआत बारे केही फरक तर्कहरू पाइन्छन् । देवीको उत्पत्तिबारे एउटा किंम्वदन्ती छ । किंम्वदन्तीअनुसार परापूर्वकालमा एउटा भेडीगोठ थियो । भेडाको सङ्ख्या हजारौँ भएकाले गोठालाहरू पनि थुप्रै थिए ।

भेडीगोठलाई विभिन्न खर्क (चरन क्षेत्र) मा सार्दै लैजाने क्रममा गोठालाहरूले मन्दिर रहेको क्षेत्रमा पुर्‍याए । जुन बेला त्यहाँ देवी अवस्थित रहेको भन्ने गोठालाहरूलाई थाहा थिएन । पाथीभराको शिरमा भेडी गोठ लिएर पुगेका गोठालाहरू गोठ बनाएर बास बसे ।

भोलिपल्ट बिहान उठेर हेर्दा गोठालाले एउटा पनि भेडा देखेनन् । साँझ जम्मा भएका भेडा एकाएक हराएको पाएपछि गोठालाहरू अचम्ममा परे । उनीहरूले दिनभर भेडा खोजी गरे तर कुनै अत्तोपत्तो पाएनन् ।

दिनभर जङ्गल घुमेर खोजी गर्दा नभेटेपछि साँझ निराश हुँदै बासस्थानतर्फ फर्किएर सुते । राति सपनामा सबै गोठालाहरू मध्येका एकले साक्षात कालीको रूप देखेछन् । सपनामै ती देवीले ‘तिमीहरू नआत्तिनु, मलाई भेडाको बलि दिनु, हराएका तिम्रा भेडा पाउने छौ र तिम्रो मनोकामना पनि पूरा हुनेछ’ भनिन् ।

देवीको यस्तो कुरा सुनेपछि गोठालाले पनि ‘हुन्छ, म तपाईंले भनेबमोजिम गर्छु’ भनेछ । त्यतिकैमा ती गोठाला निन्द्राबाट बिउँझिए । यसो हेर्दा आफ्ना हराएका सबै भेडा देखे । त्यसपछि गोठालाले भेडाको बलि दिएर त्यहाँ पूजाआजा गरी अन्यत्रै गोठ सारे ।

यसरी भएको घटना जताजतै फैलियो । त्यहाँ मानिसहरू पूजाआजा गर्नका लागि जान थाले । गोठालालाई सपनामा देवीले भेडाको बलि दिनु भनेर भनेकाले सबैले बलि दिएर पूजाआजा गर्न थाले । महाकाली, भद्रकाली, सिद्धकाली, स्वेतकाली र रक्तकाली यी पाँच वटा रूप भएकी देवी भएकाले पञ्चकन्या भगवती देवीको रूपमा मान्ने गरिएको छ ।

पाथीभरामा बडादशैँ तथा नवरात्रको समयमा विशेष पूजाआजासहित बलि चढाउने परम्परा छ । पाथीभरा देवीले भक्तजनले चढाएको बलि स्नेहपूर्वक लिने जनविश्वास रहिआएको छ । तर दर्शनार्थीले बलि नै चढाउनुपर्छ भन्ने अनिवार्य छैन । पाथीभरामा यसरी पूजा गर्नु पर्छ भन्ने लिखित पद्धति पनि छैन ।

मौखिक आधारमा नै चलेको छ । चलिआएका दुई प्रकारका पद्धति छन् । भगवतीको पूजा गरेर चण्डी पाठ गर्ने, हवन गर्ने शास्त्रीय पद्धति र बलि दिएर पूजा गर्ने पद्धति चलिआएको पाइन्छ । पाथीभराको महत्त्व र पाथीभराप्रति राखिने आस्था र विश्वास वर्षौं पहिले जस्तो थियो अहिले पनि उत्तिकै छ । यहाँ सिजनमा दैनिक हजारौँ स्वदेशी तथा विदेशी तीर्थयात्री आउने गरेका छन् ।

बुधबार, चैत ०१, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

भर्खरै

  • १.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • २.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ३.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ७.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ८.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.