• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

विश्वविद्यालयले सर्वसाधारणलाई सर्वसुलभ सेवा दिने वातावरण सिर्जना गर्नुपर्छ : प्रधानमन्त्री दाहाल

  •   आइतबार, चैत १९, २०७९ मा प्रकाशित

चैत्र १९ ,सुन्दरहरैँचा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वाञ्चल विश्वविद्यालय (पियू)ले मेडिकल कलेज सञ्चालन एवं अन्य जनमुखी कार्यक्रम ल्याएर सर्वसाधारण जनतालाई सर्वसुलभ उपचार उपलब्ध गराउनुपर्ने बताउनुभएको छ ।

सुन्दरहरैँचाको गोठगाउँमा केन्द्रीय कार्यालय रहेको पूर्वाञ्चल विश्वविद्यालयको ११औँ दीक्षान्त समारोहलाई आज सम्बोधन गर्दै पियू कुलपतिसमेत रहनुभएका प्रधानमन्त्री प्रचण्डले ऐन कानुनमा देखिएका समस्यालाई चाँडै हल गरेर स्थानीयस्तरमा मेडिकल कलेज पढ्न पाउने व्यवस्था गरिने विश्वास दिलाउनुभयो ।

विश्वविद्यालयले सैद्धान्तिक ज्ञान मात्र नभई जीवन उपयोगी र व्यावहारिक ज्ञानमा जोड दिनुपर्ने धारणा राख्दै उहाँले विज्ञान प्रविधिको युगमा सैद्धान्तिक सिकाइले ज्ञान आर्जन भए पनि दैनिक जीवनमा उपयोग कम हुँदै गएको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री दाहालले २१औँ शताब्दीमा उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरेर वैकल्पिक स्रोत र साधनको खोजी गरी विश्वविद्यालयलाई समुदाय स्तरमा लैजान आवश्यक रहेको उल्लेख गर्नुभयो । उहाँले लोकतान्त्रिक मूल्य मान्यता र लोककल्याणकारी संस्कारका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकारलाई समन्वय गर्नुपर्नेमा जोड दिनुभयो ।

‘विश्वविद्यालयले अहिलेको प्रतिस्पर्धामा गुणस्तरीय तथा रोजगारमूलक शिक्षामा जोड दिन आवश्यक छ’, प्रधानमन्त्री दाहालले भन्नुभयो, ‘विश्वविद्यालयको हित र उन्नतिको लागि नेपाल सरकारबाट सधैँ साथ सहयोग रहने छ ।’ प्रधानमन्त्री दाहालले पियूको दीक्षान्त समारोहमा आफू दोस्रो पटक सहभागी हुन पाएकोमा खुसी व्यक्त गर्दै विद्यार्थीको उज्ज्वल भविष्यको कामना गर्नुभयो ।

शिक्षाविद् तथा काठमाडौं विश्वविद्यालय, धुलिखेलका संस्थापक उपकुलपति प्राडा सुरेशराज शर्माले दीक्षान्त अभिभाषण प्रस्तुत गर्नुभएको थियो । उहाँले पूर्वाञ्चल विश्वविद्यालयलाई सरकारले उपलब्ध गराएको बिघा जमिन के, कसरी बहुउपयोग गर्ने भन्नेबारे स्पष्ट खाका कोर्न जरुरी देखिएको बताउनुभयो । प्राडा शर्माले पियूले कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर युवालाई रोजगारजन्य सीप प्रदान गर्न विशेष गरी जुट उद्योग, कपास उत्पादनलगायत क्षेत्रमा अनुसन्धानका कार्यक्रमको थालनी गर्नु आवश्यक छ भन्नुभयो ।

पूर्वाञ्चल विश्वविद्यालयको दीक्षान्त समारोहमा पियूका उपकुलपति प्राडा यादवराज कोइरालाले निकट भविष्यमा विश्वविद्यालयले एमबीबीएस शैक्षिक कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी गराउनुभयो । उहाँले ‘पूर्वाञ्चल विश्वविद्यालय अब समुदायमा’ भन्ने नाराका साथ स्थानीय सरकारद्वारा सञ्चालित केही सामुदायिक शैक्षिक संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनको अनुमति दिई विश्वविद्यालयलाई स्थानीयस्तरमा विस्तार गर्दै लैजाने योजना कार्यान्वयनका लागि आवश्यक नीतिगत व्यवस्था गरिएको उल्लेख गर्नुभयो ।

दीक्षान्त समारोहमा कला सङ्कायमा स्नातकतर्फ ९२, स्नातकोत्तर तर्फ ४३ जनालाई दीक्षान्त उपाधि प्रदान गरिएको छ । साथै कानुन सङ्कायतर्फ स्नातकतर्फ एक सय ९९, स्नातकोत्तर एक सय सात, शिक्षा शास्त्र सङ्कायतर्फ स्नातक तह तीन सय ५४ र स्नातकोत्तरतर्फ एक सय ४८, व्यवस्थापन सङ्कायमा स्नातक तहतर्फ एक हजार दुई सय ४२, स्नातकोत्तरतर्फ छ सय १४ र एम फिलतर्फ छ जनालाई उपाधि प्रदान गरियो ।

विज्ञान तथा प्रविधि सङ्कायका स्नातकतर्फ एक हजार दुई सय ६१, स्नातकोत्तरतर्फ एक सय २३ जनालाई दीक्षित गरियो । साथै चिकित्सा शास्त्र स्नातकतर्फ दुई हजार तीन सय १४, स्नातकोत्तर तहमा १० जना गरी जम्मा छ हजार हजार पाँच सय १३ जनालाई उपाधि प्रदान गरिएको छ ।

आइतबार, चैत १९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • २.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ३.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ७.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ८.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.