• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

मध्यपहाडी लोकमार्ग : हिउँदमा धुलो र बर्खामा हिलाम्य

  •   सोमबार, चैत २७, २०७९ मा प्रकाशित

चैत्र २७ ,ढोरपाटन। राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रायल खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्रे भएको छैन । हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

दुई खण्डमा कालोपत्रेका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्रे भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ खण्डको जिम्मा एपी एस सिएफ इसिसी जेवीले र तल्लो खण्डको जिम्मा भरत सिद्धिशाही जेवीले लिएको थियो । बिहुँ खण्डको आगामी असार ५ गते म्याद सकिँदै छ भने अक्षते खण्डको असार मसान्तसम्म छ । बिहुँ खण्डमा निर्माण कम्पनीले निकै सुस्त गतिमा काम गर्दा असार मसान्तसम्म नकिनेमा स्थानीयले शङ्का व्यक्त गरेका छन् । तल्लो खण्डमा तीव्र गतिमा काम भएको हुँदा स्थानीयमा आशा पलाएको छ ।

बागलुङदेखि खहरेसम्म केही महिना अगाडिनै कालोपत्रे भएको थियो भने अहिले खहरेदेखि अक्षतेसम्म तीव्र गतिमा काम भइरहेको छ । यस खण्डमा अहिले सडक चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । सडक कालोपत्रे हुन लागेपछि स्थानीय हिलो र धुलोबाट मुक्त हुने बताउँछन् । एक सातासम्म सडकको धुलो घरभित्रै आउने गरेकोमा अहिले कालोपत्रे गर्न थालेपछि कम भएको बागलुङ नगरपालिका–३ खहरेका स्थानीय जङ्गबहादुर कार्कीले बताउनुभयो ।

कार्की भन्नुहुन्छ, “आधा जीवन भारतीय सैनिकमा बिताएँ, आधा जीवन यही सडकमा पानी हाल्दाहाल्दै गयो, अब दिन दिनै उठेर सडकमा पानी लगाउनुपर्ने छैन, यो सडकले धेरैलाई सुविधा दियो तर सडक छेउछाउका क्षेत्रका मान्छेलाई साह्रै दुःख पनि भोग्नुप¥यो, करिब २५ वर्ष यो सडकमा पानी हालेरै बित्यो, पूर्व–पश्चिमबाट दैनिक दर्जनौँ गाडी धुलो उडाउँदै गुड्छन्, पानी नलगाएसम्म घर बाहिर निस्किन सकिँदैनथ्यो, अहिले धेरै सजियो भयो, धुलो पनि कम भएको छ ।”

तल्लो खण्डमा तीव्र गतिमा काम भएपछि माथिल्लो खण्डका स्थानीयले यहाँको कामलाई तीव्रता दिन माग गरी रहेका छन् तर निर्माण कम्पनीले धिमा गतिमा काम गरेको छ । यस खण्डको ठेकेदार समय–समयमा सम्पर्कविहीन हुने गरेको छ । सडक कालोपत्रेका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक पुग्नै लाग्यो । पटक–पटक म्याद थप गर्दा पनि निर्माण कम्पनीले अटेरी गर्दा अहिलेसम्म सडक कालोपत्रे हुन नसकेको स्थानीय वीरबहादुर विकले बताउनुभयो । विकले सडकको धुलो र हिलोले गर्दा स्थानीय बसाइँसराइ गर्न बाध्य भएको बताउनुभयो । सडक छेउका घर हिउँदमा धुलो र बर्खामा हिलोले पुरिने गरेको उहाँको भनाइ छ ।

“पहिले सडक आयो, सडयो, सडक आएपछि धेरैले सडक छेउछाउमा घर पनि बनाए तर वर्षौँसम्म सडक कालोपत्रे हुन नसक्दा विस्थापित हुन बाध्य भए, अहिले बिहान उठेदेखि राति नसुतुञ्जेलसम्म बाटोमा पानी हाल्ने काम गर्नु पर्छ”, उहाँले भन्नुभयो, “ठेकेदारले बेला बेलामा काम गर्लाजस्तो गर्छ, तर झारा टारेजस्तो मात्रै गर्छ, हामीहरू हैरान भयौँ, यहाँको समस्या कसैले बुझेन ।”

लोकमार्गको कूल एक हजार सात सय ७६ किलोमिटरमध्ये बागलुङ खण्डमा मात्रै एक सय ४२ किलोमिटर पर्छ । जिल्लाको दुर्गम मानिने निसीखोलामा भने दुई वर्ष अगाडिनै कालोपत्रे भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक भने एक दशक पहिलेनै कालोपत्रे भएको थियो । उक्त खण्डमा अहिले मर्मतसम्भार कार्य हुँदैछ । जिल्ला भर अब बाँकी करिब १३ किलोमिटर सडक कालोपत्रे गर्न बाँकी छ । लोकमार्गको सबै खण्ड असार मसान्तसम्म जसरी पनि सक्ने लोकमार्ग आयोजना कार्यालयले पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताउनुभयो ।

श्रेष्ठले निर्माण कम्पनीले असार मसान्तसम्म काम नसके ठेक्का सम्झौता तोड्ने बताउनुभयो । उहाँ भन्नुहुन्छ, “बागलुङ खण्डमा पर्ने धेरै खण्डमा काम सकिसकेको छ, अब धेरै काम बाँकी छैन, असार मसान्तसम्म सबै काम ‘कम्पिलिट’ हुन्छ, यस पटक काम नसकिएपछि जसरी पनि ठेक्का रद्द हुन्छ ।”

सोमबार, चैत २७, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • २.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ३.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ७.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ८.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.