काठमाडौं ,भाद्र २
कलाकार तथा निर्माता गणेश गिरी र सामाजिक व्यक्तित्व एकराज गिरीलाई मातृशोक परेको छ। गणेश गिरीको आमा कलावती गिरीको ८१ बर्षको उमेरमा पोखरामा रहेको नेपाल मणिपाल कलेजमा उपचारकोक्रममा निधन भएको हो ।
केहि समय देखि बिरामी हुनु भएको आमाको साउन ३१ गते निधन भएको हो ।कलाकार तथा निर्माता गिरीले आमाको नाममा रहेको कलावती फिल्मको ब्यानरमा पंचायत र कोपिला फिल्म निर्माण गरेका थिए ।

गणेश गिरीलेआगो २ ,बर्बाद ,सम्झीराख है ,म यस्तो गीत गाउछु २ ,पंचायत ,कोपिला लगायत दर्जन बढी चलचित्र तथा दुई दर्जन बढी म्युजिक भिडियोमा अभिनय गरेका छन् ।यस्तै एकराज गिरी अन्तर्राष्ट्रिय बागलुङ समाजका निवर्तमान अध्यक्ष एवं बागलुङ समाज स्पेनका संरक्षक , लुम्बिनी गार्डेन फाउन्डेसन सपेनका संस्थापक सचिव तथा लुम्बिनी गार्डेन फाउन्डेसन नेपालका संस्थापक अध्यक्ष हुन् ।
तपाईको प्रतिक्रिया


