काठमाडौं , चैत्र ११
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले उनलाई पदमुक्त गरेसगै नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो सामाजिक संजाल मार्फत दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गरेका छन् ।
प्रचण्ड लेखछन् :
देशमा जनताले चरम लोडसेडिङको मार खेपिरहेका बेला एउटा उर्जा विज्ञका रुपमा मेरो नेतृत्वको सरकारले कुलमान घिसिङलाई विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। उनको विज्ञता र क्षमता अनि हाम्रो नेतृत्वको संयुक्त प्रयासबाट उज्यालो नेपाल निर्माण गर्न सफल भएको जन–जनमा जानकारी छ। उनै कुलमान घिसिङलाई बाँकि बक्यौता जनताको पैसा हो उठाउनुपर्छ भनेको कारणले लामो समय देखि पदबाट हटाउने उद्देश्यका साथ पटक–पटक स्पष्टीकरण सोधेर अन्याय गर्दै आएको थियो तर आज भने सरकारले मन्त्रीपरिषद् बैठकबाट कुलमानलाई बर्खास्त नै गरेको भन्ने खबर संचारमाध्यमबाट थाह हुन आएको छ, आशा गरौं यो खबर असत्य सावित होस्, यदि सत्य रहेछ भने सरकारको यो कदम बिल्कुल गलत र आपत्तिजनक छ, दुई तिहाई बहुमतको दम्भमा गरिएको यो निर्णय प्रति घोर निन्दा गर्दछु।



