• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ५. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ६. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ७. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ८. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ९. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • १०. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

सन् २०२५ को विश्व प्रेस फोटो अफ द इयर

  •   शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित

काठमाडौं- गाजामा इजरायली आक्रमणमा दुवै हात गुमाएका एक युवा प्यालेस्टिनी बालकको तस्बिरलाई वर्ल्ड प्रेस फोटो अफ द इयरका रूपमा सम्मानित गरिएको छ ।

द न्युयोर्क टाइम्सका लागि कतारस्थित प्यालेस्टिनी फोटोग्राफर समर अबु इलुफले खिचेको फोटोमा नौ वर्षीय महमुद अजजोरको हात दुवै काँधमुनि हराइरहेको देखाइएको छ ।

“महमुदकी आमाले मलाई बताएकी सबैभन्दा कठिन कुरामध्ये एउटा के थियो भने जब महमुदलाई पहिलो पटक आफ्नो हात काटिएको महसुस भयो, उनले आमालाई भनेको पहिलो वाक्य थियो, ‘म तपाईंलाई कसरी अँगालो हाल्न सक्छु ?’”, विश्व प्रेस फोटो सङ्गठनले जारी गरेको विज्ञप्तिमा अबु इलुफले भन्नुभएको छ ।

प्रतिष्ठित फोटो पत्रकारिताको ६८औँ संस्करणको विजेता एक सय ४१ देशका तीन हजार सात सय ७८ फोटोग्राफरले पेस गरेको ५९ हजार तीन सय २० प्रविष्टिबाट चयन गरिएको थियो ।

“यो एउटा शान्त फोटो हो जसले चर्को स्वरमा बोल्छ । यसले एउटा केटाको कथा बताउँछ, तर व्यापक युद्धको पनि जसले पुस्तौँसम्म प्रभाव पार्नेछ”, वर्ल्ड प्रेस फोटोका कार्यकारी निर्देशक जौमाना एल जेइन खोरीले भन्नुभयो ।

सन् २०२४ मार्चमा इजरायली आक्रमणबाट भाग्दा अजजोर घाइते भएको सङ्गठनले एक विज्ञप्तिमा जनाएको छ ।

“उनी आफ्नो परिवारलाई अगाडि बढ्न आग्रह गर्न फर्किएपछि, एउटा विस्फोटले उनको एउटा हात काटिदियो र अर्कोलाई क्षतविक्षत पारिदियो”, वर्ल्ड प्रेस फोटो साइटेशनले भनेको छ ।

“यस युवा बालकको जीवन बुझिने योग्य छ र यो तस्बिरले महान फोटोपत्रकारिताले के गर्न सक्छ भन्ने देखाउँछ : एक जटिल कथामा तहगत प्रवेश विन्दु प्रदान गर्ने र त्यो कथासँगको भेटलाई लम्ब्याउने प्रोत्साहन”, निर्णायक समितिकी अध्यक्ष लुसी कोन्टिसेल्लोले भन्नुभयो । कोन्टिसेल्लो फ्रान्सेली पत्रिका ले मोन्डेको साप्ताहिक पत्रिकाकी फोटोग्राफी निर्देशक हुनुहुन्छ ।

विजेता फोटोग्राफर अबु इलुफलाई सन् २०२३ डिसेम्बरमा गाजाबाट निकालिएको थियो र उहाँ अहिले कतारको राजधानी दोहामा अजजोर बस्ने उही अपार्टमेन्ट कम्प्लेक्समा बस्नुहुन्छ ।

इजरायलले हमासको सन् २०२३ अक्टोबर ७ को आक्रमणपछि गाजामा विनाशकारी आक्रमण सुरु गरेको थियो । अक्टोबर ७ मा हजारौँ लडाकूले गाजाबाट दक्षिणी इजरायलमा आक्रमण गरेका थिए ।

आक्रमणमा अधिकांश सर्वसाधारणहित करिब एक हजार दुई सय मानिस मारिएका थिए भने लडाकूहरूले दुई सय ५१ जनालाई अपहरण गरेका थिए ।

गाजाको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले इजरायली आक्रमणमा ५१ हजारभन्दा बढी प्यालेस्टिनी मारिएको बताएको छ । यसले नागरिक र उग्रवादीहरू बीचको भिन्नता देखाउँदैन तर मृतकहरूमध्ये आधाभन्दा बढी महिला र बालबालिका थिए । तिनमा कम्तीमा एक वर्षमुनिका आठ सय ७६ शिशु थिए । मन्त्रालयले एक लाख १६ हजारभन्दा बढी मानिस घाइते भएको बताएको छ ।

हमासले आवासीय क्षेत्र र नागरिक भवनहरूबाट आक्रमण र अन्य सैन्य गतिविधिहरू गरेको भन्दै इजरायलले भारी नागरिक क्षतिका लागि हमासलाई दोष दिन्छ ।

प्रतियोगिताका आयोजकहरूले आप्रवासन र जलवायु परिवर्तनका मुद्दाहरूलाई प्रकाश पार्ने दुई वर्ल्ड प्रेस फोटो फाइनलिस्टहरूको नाम पनि राखेका छन् ।

गेट्टी इमेजेजका लागि जोन मुरद्वारा खिचिएको कालो फोटोमा चिनियाँ आप्रवासीहरूले अमेरिका-मेक्सिको सीमा पार गरेपछि आफूलाई तताइरहेको देखाइएको छ भने मुसुक नोल्टेको पानोस पिक्चर्स, बर्था फाउन्डेसनका लागि खिचेको एक तस्बिरले ब्राजिलको अमेजन बेसिन क्षेत्रमा सुकेको नदी किनारामा खाना बोकिरहेको एक युवकलाई देखाइएको छ ।

वर्ल्ड प्रेस फोटो फाउन्डेसनले पहिले घोषणा गरेको क्षेत्रीय परिणामहरूमा एसोसिएटेड प्रेस एसिया–प्रशान्त र ओसिनिया क्षेत्रका विजेताहरूमध्ये एक थियो ।

फोटोग्राफर जे सी हङले कोरिया एडपसन फ्रड शीर्षकको तस्बिरका साथ एकल वर्गमा जित हासिल गर्नुभएको थियो भने नोएल सेलिसले फिलिपिन्सबाट फोर स्टर्म, १२ डेज शीर्षकको फोटोका लागि स्टोरिज वर्गमा जित हासिल गर्नुभयो ।

शुक्रबार, बैशाख ०५, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने
‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया
त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

  • ५.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

  • ६.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

भर्खरै

  • १.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • २.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ३.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

  • ४.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • ५.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ६.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ७.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ८.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.