काठमाडौं ,वैशाख ३१
काठमाडौँ महानगरपालिका–२४ मखनटोलमा ग्यास चुहिएर आगलागी हुँदा एक जना महिलाको मृत्यु भएको छ ।जिल्ला प्रहरी परिसर प्रवक्ता अपिलराज बोहराका अनुसार दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहिएर आगलागी हुँदा एक जनाको मृत्यु भएको हो ।
मृतकको पहिचान खुलेको छैन । उहाँले भन्नुभयो, “ग्यास लिक हुँदा आगलागी भएको छ । मृतकको शव फेलापरेको छ । सनाखत हुन बाँकी छ । आगो निभाउने प्रयास जारी छ ।”आगलागी भएको श्रेष्ठको घरसँगैको रुकेश श्रेष्ठको पाँचतले घर पनि आगो सल्केको छ ।
आगो नियन्त्रणका लागि काठमाडौँ उपत्यकाका ६ वटा दमकल प्रयोग भएका छन् । उक्त स्थानमा प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दको कमान्डमा २० जनाको प्रहरी टोली, नेपाल आर्मी र सशस्त्र प्रहरी बलको टोली आगो नियन्त्रणमा खटिएको छ ।
तपाईको प्रतिक्रिया


