• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ५. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ६. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ७. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ८. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ९. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

  • १०. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

सहरी क्षेत्रमै ‘सिङ्कहोल’ को खतरा

  •   बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित

काठमाडौँ, जेठ ७  । कास्कीको पोखरा महानगरपालिका–१६ स्थित अर्मलासहित विभिन्न क्षेत्रमा २०७० साल यता सिङ्कहोल अर्थात् जमिन  भासिने र गहिरो खाल्डो पर्ने सिलसिला चलिरहेको छ । कतिपय आवासीय क्षेत्रमै पनि खाल्डो परेपछि स्थानीयवासी त्रसित छन् ।

पोखरा मात्रै होइन, काठमाडौँकै टोखा नगरपालिका–११ स्थित वनदेवीमा २०८१ साउनमा जमिनको भित्री भाग भासिएपछि छ वटा घर जोखिममा परेका थिए तर सामान्य मर्मत र सडक छेउमा पर्खाल लगाएर स्थानीयवासी घरमा पुनः फर्किएका छन् । पोखरा महानगरपालिका–१६ का अध्यक्ष अमृत शर्मा तिमिल्सिनाका अनुसार जमिन भासिने क्रम तत्कालका लागि समस्या समाधान भएको छ । उहाँले कालीखोलामा तटबन्ध निर्माण गरेपछि केही नियन्त्रण भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “तर पहिले बढी प्रभाव परेको दक्षिणतर्फको भागमा आंशिक समस्या देखियो । बस्ती केही पर छ । त्यतिबेला भौगर्भिक अध्ययन र परीक्षण गर्न सकिएन तर काली खोलामा तटबन्ध लगाए जस्तै धार्नी खोलामा पनि पाँच वटा ‘ड्याम’ बनाउने योजना छ । बस्ती थोरै भए पनि स्थानीय त्रसित छन् ।”

उहाँका अनुसार महानगरले जमिन भासिएको क्षेत्रमा के गर्ने भन्ने विषयमा निर्णय लिन र कानुनी एवं नीतिगत व्यवस्था गरेर त्यो क्षेत्रलाई अधीनमा राख्ने काम गरेको छैन ।

त्यसै गरी टोखा नगरपालिका–११ का अध्यक्ष घनश्याम खड्काले वनदेवीमार्गमा बालुवा र माटो बग्दै गएपछि गत वर्ष साउनमा उक्त स्थानको भित्री सतह खोक्रो भएको बताउनुभयो । उहाँले पाँच वटा घरमा सामान्य क्षति भएको बताउँदै अहिले पनि एउटा बरन्डामा रहेको सिङ्कहोलबाट मुनि पानी बगेको आवाज सुनिने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुनि कहाँबाट पानी जान्छ, थाहा छैन तर आवाज सुनिन्छ । अहिले समस्या छैन । सबै घरधनी आआफ्नो घरमा फर्किनुभएको छ तर अब आवासीय क्षेत्र निर्माण गर्दा अध्ययन गर्नुपर्ने देखियो ।”

अध्ययन आवश्यक : विज्ञ

वैशाख १९ गते मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१६, गैरीगाउँमा सडकमा गुडिरहेको गाडी जमिनमा भासिएको थियो । गाडी नै दलदलमा फसे पनि चर्चामा रहेको यो विषयले आवासीय क्षेत्र विस्तार गर्दा र अन्य संरचना निर्माण गर्दा भौगर्भिक अध्ययन गर्न सचेत गराइएको छ ।

वरिष्ठ भूगर्भविद् प्राडा मेघराज धिताल र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत खानी तथा भूगर्भ विभागका महानिर्देशक मोनिका झाले खतरापूर्ण क्षेत्रमा भौगर्भिक अध्ययनबिना निर्माण कार्य गरिए परिणाम घातक हुने बताउनुभयो ।

झापाका भद्रपुर र दमक, मोरङको विराटनगर, सुनसरीको धरान, सिन्धुली, धनुषाको जनकपुरधाम, महोत्तरीको बर्दीबास र जलेश्वर, पर्साको वीरगन्ज, मकवानपुरको हेटौँडा, काठमाडौँ र नुवाकोटमा जमिन भासिने जोखिमयुक्त भौगर्भिक संरचनाको अध्ययन सम्पन्न भइसकेको छ ।

त्यसै गरी चितवनको भरतपुर, कास्कीको पोखरा, तनहुँको दमौली, रुपन्देहीका बुटवल र भैरहवा, दाङको तुलसीपुर, बाँकेको नेपालगन्ज, बर्दियाको गुलरिया, सुर्खेत, कैलालीका टीकापुर र धनगढी र कञ्चनपुरको महेन्द्रनगरमा पनि जमिन भासिने खतराबारे अध्ययन पूरा भएको छ ।

प्राडा धितालले जमिन भासिने समस्या देशका धेरै ठाउँमा रहेको प्रस्ट पार्दै जोखिम नभएका ठाउँमा बस्ती विस्तार गर्ने गरी सरकारको नीति बन्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “पोखराको अर्मला क्षेत्रमा बस्ती छ । काठमाडौँमै पनि जमिन भासिने खतरा छ । त्यसैले भौगर्भिक अध्ययन गरेर मात्रै भौतिक संरचना निर्माण गर्नु पर्छ । खतरापूर्ण क्षेत्रको पहिचान गर्नु पर्छ । यदि अध्ययनबिना निर्माण गरिए त्यसले भविष्यमा गम्भीर परिस्थिति निम्तिन्छ ।”गोरखापत्रबाट साभार

बुधबार, जेठ ०७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने
‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया
त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ५.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

  • ६.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

भर्खरै

  • १.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • २.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ३.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

  • ४.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • ५.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ६.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ७.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ८.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.