• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ५. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ७. ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ८. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

संविधान संशोधन, सुशासन प्रवर्द्धनमा सरकार गम्भीर बन्न सांसदहरुको जोड

  •   मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
काठमाडौँ–  प्रतिनिधिसभाको आजको बैठकमा सत्तारूढ दलका सांसदहरुले सरकार गठनको एक वर्षको अवधिमा जनतामा आशाजनक काम भएको बताउनुभएको छ । विपक्षी दलका सांसदहरुले भने सुशासन प्रवर्द्धन र जनताको दैनिक जनजीवनमा सकारात्मक परिवर्तन आउन नसकेको टिप्पणी गर्नुभएको छ ।
प्रतिनिधिसभा बैठकको विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद दीपा शर्माले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार गठनको एक वर्षको अवधिमा आशाजनक काम भएको बताउनुभयो । उहाँले सरकारको एकवर्षे कार्यकालमा विकासका कामले तीव्रता लिएको, नागरिकको सेवाप्रवाहमा सरलता ल्याउन र महत्वपूर्ण कानुन संशोधन भएको तथा ‘डिजिटल’मैत्री सेवा प्रवाहमा चालिएका कदम प्रभावकारी बनेको बताउनुभयो । सांसद शर्माले सुरुङमार्गलगायत ठूला पूर्वाधार निर्माणले गति लिएको, कूटनीतिक सम्बन्ध बलियो बनेको र अर्थतन्त्रका सबै सूचकहरु सकारात्मक देखिँदै गएको बताउनुभयो ।
नेपाली कांग्रेसका सांसद प्रतिमा गौतमले देशभर बाढी, पहिरोलगायत विपद्जन्य घटनाबाट ठूलो क्षति पुगेको, अधिकांश राजमार्ग अवरुद्ध भएका, नागरिकको दैनिक जनजीवन कष्टकर बनिरहेको भन्दै विपद् व्यवस्थापनको पूर्वतयारी र राहत वितरणलाई प्रभावकारी बनाउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले यस वर्ष बढी वर्षा हुने मौसमविद्को पूर्वानुमान रहेकाले सोही अनुरुप सम्भावित विपद्को जोखिम नियन्त्रणका लागि आवश्यक तयारी गर्न तथा किसानलाई बीउ र मलखादको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभयो ।
नेकपा (एकीकृत समाजवादी) का सांसद मेटमणि चौधरीले, संविधान संशोधन, सुशासन प्रवद्र्धन आदि विषयमा सरकार गम्भीर हुनुपर्ने धारणा राख्नुभयो । उहाँले गभर्नर नियुक्ति, प्रहरी सरुवा–बढुवालगायत विषयमा पारदर्शिता कामय हुननसकेको जिकिर गर्नुभयो ।
जनता समाजवादी पार्टीका सांसद सुशीला श्रेष्ठले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बिमासम्बन्धी सेवा दिँदै आएकामा स्वास्थ्य बिमा बोर्डको यही असार १० गतेको निर्णयले उक्त प्रतिष्ठानले स्वास्थ्य बिमासम्बन्धी सेवा दिननसक्ने भएको भन्दै प्रथम सेवा केन्द्रमार्फत मात्र स्वास्थ्य बिमा उपलब्ध हुने निर्णयले धरानका जनता सेवाबाट वञ्चित हुने खतरा रहेकाले सेवाको सुनिश्चितताका लागि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।
जनमत पार्टीका सांसद अब्दुल खानले संविधानमा व्यवस्था भएको, उपभोक्ताको हकअनुरुप उपभोक्ता हित संरक्षण हुन नसकेको र जनता विषादीयुक्त खानपान गर्न बाध्य भएको भन्दै तीन तहका सरकारले उपभोक्त शिक्षालाई अभियानकै रुपमा सञ्चालन गर्न र विद्यालयका पाठ्यक्रममा उपभोक्ता हिक्षाको व्यवस्था गर्न सरकारसमक्ष माग गर्नुभयो ।
जनता समाजवादी पार्टी (जसपा) नेपालका सांसद रेखा यादवले काठमाडौँ महानागरिपालिकाले कबाड व्यवसायीमाथि अमानवीय व्यवहार गरिरहेको र उनीहरुको पेसागत हकको हनन भइरहेको भन्दै दोषीउपर कानुनी कारबाही गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो । साथै उहाँले किसानलाई बीउ र मलखादको व्यवस्था मिलाउन सरकारसमक्ष माग गर्नुभयो ।
लोकतान्त्रिक समजवादी पार्टी (लोसपा) का सांसद सर्वेन्द्रनाथ शुक्लाले मौसम पूर्वानुमान महाशाखाले मौसम पूर्वानुमानसम्बन्धी सूचना स्थानीयतहसम्म प्रवाह गर्न नसकेको भन्दै पछिल्लो रसुवालगायत स्थानमा भएका बाढीको यथार्थ विवरण बाहिर ल्याउन सभामुख मार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले कूटनीतिक सन्तुलन कायम गर्दै राष्ट्रहितको पक्षमा काम गरिनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सिँचाइ अभावले तराईका जनताले धान रोपाइँ गर्न नपाएको र खानेपानीको समेत समस्या भोगिरहेको भन्दै उनीहरुको समस्याप्रति गम्भीर बन्न सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले सामाजिक कुरीति र कुसंस्कारका रुपमा जकडिएको छाउपडी प्रथाको उन्मूलनका लागि नीतिगत सुधार जरुरी भएको उल्लेख गर्नुभयो ।
आम जनमत पार्टीका सांसद प्रभु साहले देशका महत्वपूर्ण राजमार्गको निर्माण कार्य सुस्त रहेको र आवश्यक सडक निर्माण हुन नसकेको भन्दै सडक निर्माण आयोजना समयमा नै सम्पन्न नहुने परिपाटी सदाका लागि अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
स्वतन्त्र सांसद डा अमरेशकुमार सिंहले देशको मेरुदण्डका रुपमा रहेका कृषि, पर्यटन र ऊर्जाको प्रवद्र्धनमा सरकारको ध्यान केन्द्रित हुनुपर्ने धारणा राख्नुभयो । स्वतन्त्र सांसद योगेन्द्र मण्डलले गरिबका छोराछोरी अध्ययन गर्ने देशभरका सरकारी विद्यालयका शिक्षक कर्मचारीको पेसागत सुरक्षासम्बन्धी माग सम्बोधन गर्न र विद्यालय शिक्षासम्बन्धी ऐन चाँडो टुङ्ग्याउन सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउनुभयो ।

मङ्गलबार, असार ३१, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने
‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया
त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

  • ५.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६.
    तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष

भर्खरै

  • १.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • २.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ३.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

  • ४.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • ५.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ६.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ७.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ८.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.