• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ७. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

चलचित्र राम नाम सत्य’को शुभमुहुर्त

  •   बिहिबार, साउन २९, २०८२ मा प्रकाशित

काठमाडौं , साउन २९
माइकल इन्टरटेन्मेन्ट हाउसको व्यानरमा निर्माणमा हुन लागेको फिल्म ‘राम नाम सत्य’को आज शुभसाइत गरिएको छ । ललितपुरको बंगलामुखी मन्दिरमा क्यामेरा पुजा गर्दै फिल्मको शुभसाइत गरिएको हो । फिल्मको छायांकन केही दिनमा काठमाडौंमा सुरु हुनेछ । निर्माणपक्षले चितवनमा पनि फिल्मको छायांकन गर्नेछ ।

माइकल चन्दको निर्देशनमा बन्न लागेको यो फिल्मको प्रदर्शन मिति समेत घोषणा गरिएको छ । यो फिल्मलाई चैत्रको २७ गतेबाट नयाँ वर्षको छेको पारेर रिलिजमा ल्याउन लागिएको हो ।

निर्माणपक्षले शुभसाइतसँगै नायक विराज भट्टको लुक्स सार्वजनिक गर्दै प्रदर्शन मिति तय गरेको हो । सार्वजनिक पोष्टरमा नायक विराज भट्ट एङ्ग्री अवतारमा देखिएका छन् । भट्टको एक्सन छवि पोष्टरमा पनि प्रष्ट झल्किएको छ ।

फिल्म ‘राम नाम सत्य’मा विराज भट्टको साथमा सुशिल श्रेष्ठ, आयुष सिंह ठकुरी, सुपुष्पा भट्ट, दिव्या रायमाझी, खुशी कार्की, सुनिल थापा, अर्पण थापा, कनिज कोइराला, रवि गिरी र दिनेश डीसीको मुख्य भूमिका छ । उपेन्द्र शाही र स्वेता विमलीको निर्माणमा तयार हुन लागेको फिल्ममा किशोर भट्ट र डाक्टर डी आर उपाध्याय कार्यकारी निर्माताको रुपमा छन् ।

माइकल चन्दकै कथा तथा पटकथा रहेको फिल्ममा संजय लामाको डीओपी, श्री श्रेष्ठको एक्सन, अर्जुन पोखरेल, बाबुल गिरी, एसडी योगी र नवाज अन्सारीको संगीत, विक्रम स्वाँर र सियोन श्रेष्ठको कोरियोग्राफी रहनेछ ।

निरज ठकुरी क्रियटिभ निर्देशक रहेको फिल्ममा नविन जंग शाही कास्टिङ डिरेक्टरको रुपमा छन् । राजेन्द्र मोक्तानको कलर रहने फिल्ममा विवेक बस्यालको पोस्टर फोटो, विजय बस्यालको पोष्टर डिजाइन छ ।

मोती कार्की क्रियटिभ निर्माता रहेको फिल्ममा राजेन्द्र आचार्य लाइन प्रोड्युसरको रुपमा छन् । अभिमन्यू निरवी र समय थापा फिल्मका स्क्रिप्ट कन्सलट्यान्ट रहेको फिल्ममा विदुसी थापा प्रोडक्सन डिजाइनर, तेज विक्रम केसी प्रोडक्सन म्यानेजर, संझना राइको मेकअप रहनेछ ।बंगलामुखी मन्दिरमा क्यामेरा पूजा गरेपछि बोल्दै निर्देशक माइकल चन्दले ‘राम नाम सत्य’लाई आफ्नो सपनाको फिल्म बताए । उनी बोल्दै गर्दा भावुक सुनिएका थिए ।

नायक विराज भट्टले ‘१२ गाउँ’पछि आफूले यो फिल्ममा काम गर्न लागेको बताउँदै कथावस्तु पावरफूल रहेको सुनाए । यस्तै, नायक सुशिल श्रेष्ठले पनि फिल्मको कथावस्तु उत्कृृष्ट रहेको सुनाउँदै सबैको साथको अपेक्षा रहेको बताए ।

बिहिबार, साउन २९, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

भर्खरै

  • १.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • २.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ६.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ७.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ८.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.