काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ।
उहाँको ललितपुरस्थित हेलिअस अस्पताल, जावलाखेलमा उपचारका क्रममा आज निधन भएको नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्।
नेपाली कांग्रेसका अनुसार स्वर्गीय श्रेष्ठको पार्थिव शरीर भोलि (बुधबार) पार्टी केन्द्रीय कार्यालय सानेपामा अन्तिम श्रद्धाञ्जलीका लागि राखिनेछ। त्यसपछि शवयात्रासहित पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
गोपालमान श्रेष्ठ नेपाली कांग्रेसका प्रभावशाली नेतामध्ये एक हुनुहुन्थ्यो। उहाँले उपप्रधानमन्त्रीसहित विभिन्न सार्वजनिक जिम्मेवारी सम्हाल्दै नेपाली राजनीतिमा लामो समय योगदान पुर्याउनुभएको थियो।
तपाईको प्रतिक्रिया


