• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शनिबार, कार्तिक १४, २०८३
☰
शनिबार, कार्तिक १४, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’ सार्वजनिक, कात्तिक २० देखि प्रदर्शनमा आउने

  • ३. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ४. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५. अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ६. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ७. विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ८. गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ९. ‘आ बाट आमा २’को कमाइ ४ करोड पार, ‘छ माया छपक्कै २’ले कमायो २.७६ करोड

  • १०. आज कार्तिक ०९ गते सोमबारको तपाइको राशिफल

हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  •   शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित

काठमाडौं । चलचित्र ‘चिरञ्जीवी भवः’को पहिलो झलक सार्वजनिक भएको छ । निर्माण टिमले शनिबार चलचित्रका दुईवटा पोस्टर सार्वजनिक गर्दै मुख्य पात्रहरूको लुक्स सार्वजनिक गरेको हो ।

सार्वजनिक पोस्टरमा अभिनेता हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीलाई देख्न सकिन्छ । एउटा पोस्टरमा हरिवंश गम्भीर मुद्रामा प्रस्तुत भएका छन् भने आशीर्वाद र प्रशंसा हँसिलो र उत्साहित देखिएका छन् ।

क्याजुअल पहिरनमा रहेका आशीर्वाद कसैलाई हेरेर मुस्कुराइरहेका छन् । बुट्टे चोली र सारीमा सजिएकी प्रशंसाको हँसिलो मुहारले उनको चञ्चल स्वभाव झल्काउँछ । पोस्टरको केन्द्रमा भने सेतै फुलेको कपाल र जुँगा, नयाँ ढाका टोपी तथा आकर्षक पहिरनमा हरिवंश देखिएका छन् । उनको व्यक्तित्वले कुनै खानदानी परिवारको घरमूलीको झल्को दिन्छ । पृष्ठभूमिमा देखिएको मन्दिर र चलचित्रको शीर्षकसँगै राखिएको खामले धार्मिक आस्था तथा समयको भावलाई संकेत गरेको देखिन्छ ।

अर्को पोस्टरमा हरिवंश र आशीर्वादलाई प्रस्तुत गरिएको छ । परम्परागत दौरा सुरुवाल र इस्टकोटमा देखिएका हरिवंशले क्याजुअल पहिरनमा रहेका आशीर्वादलाई आशीर्वाद दिइरहेको दृश्य पोस्टरमा समेटिएको छ । यसले चलचित्रको शीर्षक ‘चिरञ्जीवी भवः’लाई समेत सार्थक बनाउने प्रयास गरेको देखिन्छ । पोस्टर हेर्दा उनीहरू बुवा र छोराको भूमिकामा रहेको अनुमान गर्न सकिन्छ ।

चलचित्रमा हरिवंश आचार्य ‘चिरञ्जीवी बाजे’को भूमिकामा देखिँदैछन् ।

ब्लकबस्टर चलचित्र ‘परान’का निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको यो चलचित्र आगामी माघ १ गतेदेखि देशभरका सिनेमा हलमा प्रदर्शनमा आउनेछ । जिग्री इन्टरटेनमेन्ट र प्रिमियर प्रोडक्सनको प्रस्तुतिमा निर्माण भइरहेको चलचित्र हाल पोस्ट प्रोडक्सनको चरणमा छ ।

गत वर्ष निर्देशक आचार्यकै निर्देशनमा बनेको चलचित्र ‘परान’ वर्षकै सर्वाधिक ग्रस कलेक्सन गर्ने नेपाली चलचित्र बनेको थियो । उनको निर्देशनमा बन्न लागेको दोस्रो चलचित्र भएकाले पनि ‘चिरञ्जीवी भवः’लाई दर्शकले प्रतीक्षाका साथ हेरिरहेका छन् ।

चलचित्रको कथा कुमार कट्टेल ‘जिग्री ब्रो’ले तयार पारेका हुन् भने निर्देशन दीपकप्रसाद आचार्यले गरेका छन् । कथाको लेखनमा सविन अधिकारी र वसन्त न्यौपानेले सहकार्य गरेका छन् ।

चलचित्रमा हरिवंश आचार्य, आशीर्वाद क्षेत्री र प्रशंसा रायमाझीसँगै करिश्मा मानन्धर, मिश्री थापा, कमलमणि नेपाल, अभय बराल, सुमन कार्की, सुवर्ण थापा, तुलसी घिमिरे, सरोज अर्याल, हरिस निरौला (कक्रोज), गीता अधिकारी र सुस्मिता कुँवरलगायत कलाकारको अभिनय रहेको छ ।

सोसल ड्रामा विधामा निर्माण भएको ‘चिरञ्जीवी भवः’ले दुई पुस्ताबीचको वैचारिक भिन्नता र उनीहरूबीचको सम्बन्धलाई मुख्य विषयवस्तु बनाएको छ ।

उमेशकुमार बराल र चिरन केसी चलचित्रका निर्माता हुन् भने गजित विष्ट र शैलेश खत्री कार्यकारी निर्माताका रूपमा रहेका छन् ।

चलचित्रका गीतमा निर्देशक दीपक आचार्य स्वयंको शब्द रहेको छ भने हर्क साउदको पनि सहकार्य रहनेछ । यसैगरी रञ्जित गजमेरको संगीतमा समेत चलचित्रमा गीत समावेश गरिएको छ ।

चलचित्रमा शिवराम श्रेष्ठको छायांकन र मित्र डी. गुरुङको सम्पादन रहेको छ । बाबु गिरी, सुशान्त गौतम, निरञ्जन थापा र समीर खरेलले संगीत दिएका छन् । गम्भीर विष्ट र किरण थापाले नृत्य निर्देशन गरेका छन् ।

रामबाबु खड्का प्रमुख सहायक निर्देशक रहेको चलचित्रमा सागर बोहोरा, नेत्रबहादुर राउत र लक्ष्मी पौडेल सहायक निर्देशकका रूपमा छन् । सुवास राज काफ्ले प्रोजेक्ट म्यानेजर तथा विशाल न्यौपाने प्रोडक्सन डिजाइनर रहेका छन् ।

त्यस्तै, मेकअपमा विक्रम गौतम, स्टिल तथा बीटीएसमा सन्तोष क्षेत्री, प्रोडक्सनमा विष्णुप्रसाद मैनाली र अनिश लामिछाने तथा पब्लिसिटी डिजाइनमा टाउवा स्टुडियो (विजय बस्याल) रहेका छन् ।

ओएसआर डिजिटल डिजिटल पार्टनर रहेको चलचित्रलाई रोहित कट्टेल र रत्न श्रेष्ठको आरआर फिल्म्सले देशव्यापी वितरण गर्नेछ । चलचित्र आगामी माघ १ गते (१५ जनवरी) देखि देशभरका हलमा प्रदर्शनमा आउनेछ ।

शनिबार, कार्तिक १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति
चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना
आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण
निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…
आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल
समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    ‘पाँच पाण्डव’को गीत ‘दाजुभाइ जस्ता हुँदैनन् अरू’

  • ३.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग,

  • ४.
    गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

  • ५.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो

  • ६.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

भर्खरै

  • १.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३.
    चक्रवात ‘अर्नब’को प्रभाव घट्दै, आज पनि विभिन्न प्रदेशमा वर्षा र हिमपातको सम्भावना

  • ४.
    आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

  • ५.
    निरन्तर वर्षाले खेतमा पाकेको धान ढलेपछि…

  • ६.
    आज कार्तिक १४ गते शनिबारको तपाइको राशिफल

  • ७.
    समाचार कक्षबाटै पत्रकार पक्राउ गर्ने कार्य तत्काल बन्द गर्न महासंघको माग

  • ८.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.