• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ७. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

परिस्थिति शान्त पार्न प्रधानमन्त्री सक्रिय

  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन १६ गते । प्रधानमन्त्री वालेन्द्र शाहले पछिल्ला केही दिनमा देखिएको तनाव समाधानका सन्दर्भमा चरणबद्ध परामर्शमा जुट्नुभएको छ । प्रधानमन्त्री शाहले मधेशकेन्द्रित राजनीतिक दलका शीर्षनेता र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तराई/मधेशबाट प्रतिनिधित्व गर्ने सांसदसँग हाल कोशी र मधेश प्रदेशमा भइरहेको प्रदर्शनबारे छलफल गर्नुभएको छ ।

रास्वपा सांसदसँगको छलफलमा प्रधानमन्त्री शाहले सुनसरीसहित विभिन्न जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई समाधान गर्न, नागरिकको जिउधनको पूर्ण सुरक्षा गर्न र सामाजिक सद्भाव सुदृढ बनाउन सरकार निरन्तर एवं योजनाबद्ध रूपमा लागिपरेको स्पष्ट पार्नुभयो । उहाँले राज्य संयन्त्रका सम्पूर्ण अङ्ग उच्च सतर्कतासाथ परिचालित भइसकेकाले नागरिकलाई विचलित नहुन र संयम अपनाउन आग्रह गर्नुभयो । उहाँले सरकारको प्राथमिक ध्यान प्रभावित नागरिकसम्म पुग्नु, उहाँहरूलाई सुरक्षाको प्रत्याभूति गराउनु र घटनाको निष्पक्ष छानबिन गर्नु नै रहेको प्रस्ट पार्नुभयो । उहाँले शान्ति सुरक्षालाई सुदृढ राख्न र परिस्थिति थप बिग्रन नदिन सरकारले बहुपक्षीय रणनीति अपनाएको बताउनुभयो ।

प्रधानमन्त्री शाहले सबै सांसदलाई आत्मविश्वाससाथ आ–आफ्ना निर्वाचन क्षेत्रमा पुगेर नागरिक र राज्यबिच सद्भावको बलियो पुल बन्न आह्वान गर्नुभयो । अप्ठ्यारो र आपत्कालीन परिस्थितिमा जनताको घरदैलोमा पुगेर उहाँहरूको दुःखसुखमा उभिनु नै सांसदको वास्तविक दायित्व भएको उहाँले स्मरण गराउनुभएको छ । सांसदले पनि प्रधानमन्त्री शाहको अनुरोधलाई सकारात्मक रूपमा लिँदै आफूहरू तत्कालै आ–आफ्ना निर्वाचन क्षेत्रमा खटिने प्रतिबद्धता जनाउनुभयो ।

सांसदले स्थानीयस्तरमा दीर्घकालीन शान्ति र भ्रातृत्व कायम राख्नका लागि दुवै पक्षका धार्मिक गुरु, नागरिक समाज, बुद्धिजीवी र स्थानीय राजनीतिक दलका प्रतिनिधिसँग सघन संवादको शृङ्खलालाई निरन्तरता दिनुपर्ने सुझाव सांसदहरूले प्रस्तुत गर्नुभयो । उहाँहरूले तनावग्रस्त तथा आसपासका क्षेत्रमा धार्मिक तथा सामाजिक सौहार्द कायम राख्ने गरी निरन्तर सकारात्मक र ऐक्यबद्धताको सन्देश प्रवाह गर्नुपर्ने तथा सामाजिक सञ्जालका भ्रम र अफवाहबाट युवा वर्गलाई जोगाउन स्थानीयस्तरमा जनचेतनामूलक अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

दलसँग सुझाव माग

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग संवाद गर्दै प्रधानमन्त्रीले सुनसरीसहित मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे सुझाव लिनुभयो । उहाँले आपसी सद्भाव कायम राख्ने विषयमा संवाद गर्न त्यस क्षेत्रका नेतालाई बोलाउनुभएको हो ।

छलफलमा प्रधानमन्त्रीले सरकार प्रदेशको सशक्तीकरण र अधिकारसम्पन्नतालाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको उहाँको सचिवालयले जनाएको छ । प्रधानमन्त्री शाहले संविधानको पूर्ण र प्रभावकारी कार्यान्वयनबाट मात्रै सबै प्रदेश पूर्ण रूपमा सशक्त बन्ने यथार्थ औँल्याउनुभयो । संविधान जारी भएपछि सङ्घीयताको अभ्यास निरन्तर भइरहेको उल्लेख गर्दै उहाँले प्रदेशलाई केन्द्रबाट आफ्ना अधिकार सुम्पन र स्थानीय तहसम्म अधिकारको सहज प्रत्यायोजन गर्न सक्षम बनाउन वर्तमान सरकार पूर्ण प्रतिबद्धतासाथ क्रियाशील रहेको प्रस्ट पार्नुभयो । वर्तमान संवेदनशील परिस्थितिमा देशको संविधानले अङ्गीकार गरेका आधारभूत मूल्य, लोकतान्त्रिक प्रणाली, विधिको शासन तथा राष्ट्रिय एकतामाथि कुनै पनि प्रकारको सम्झौता हुन नसक्ने उहाँको जोड थियो ।

बैठकमा उहाँहरूले तराई/मधेश क्षेत्रका विविध समसामयिक समस्या, सुरक्षा चुनौती, सुशासनको प्रत्याभूति र सङ्घीयताको मजबुतीका सम्बन्धमा आफ्ना माग, विश्लेषण तथा सुझाव प्रस्तुत गर्नुभएको थियो । छलफलमा उपस्थित नेताले समस्या समाधान गर्न भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभएको थियो ।

छलफलमा सहभागी जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले प्रधानमन्त्री शाहले पहिलो पटक मधेशकेन्द्रित राजनीतिक दलसँग छलफल गर्नु धेरै सकारात्मक कदम भएको बताउनुभयो । पूर्वमन्त्री राजेन्द्र महतोले विगतका सरकारले मधेशसँग गरेका सम्झौता कार्यान्वयन गर्न पनि सुझाव दिएको बताउनुभयो । उहाँले मधेशमा देखिएको समस्या समाधानका लागि सरकारको सक्रियता अझ बढाउन पनि प्रधानमन्त्री शाहसँग आग्रह गरेको जानकारी दिनुभयो । उहाँले सुनसरीमा भएको घटना सम्बन्धमा छानबिन गर्न र समयमै समस्या समाधानका लागि आग्रह गरिएको बताउनुभयो । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरसँगै नेताहरू लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, डा. अमरेशकुमार सिंह, शरत्सिंह भण्डारी, जयकान्त राउतलगायत सहभागी हुनुहुन्थ्यो ।

थापा पनि संवादमा

यसैबिच नेपाली कांग्रेस सभापति गगनकुमार थापाले पनि नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा उपलब्ध पदाधिकारी, केन्द्रीय सदस्य र जुममार्फत कोशी र मधेश प्रदेश सरकार, स्थानीय सरकारसँगै जिल्ला, पालिकाका प्रतिनिधिसँग छलफल गर्नुभएको छ ।

शनिबार, साउन १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.