काठमाडौं । नवीन पन्तको लेखन तथा निर्देशनमा बन्न लागेको नेपाली फिल्म ‘बाकस’को छायांकन सुरु भएको छ। फिल्मको छायांकन कास्कीको धम्पुसबाट सुरु गरिएको हो।
फिल्ममा विपना थापा, वर्षा राउत, महेश त्रिपाठी, भोलाराज सापकोटा, हिउँवाला गौतम, ध्रुव गौतम, पुष्कर राउत, विक्रम बुढाथोकी, रोहित श्रेष्ठ र विमल यादवको अभिनय रहनेछ। त्यस्तै, बाल कलाकार सुपला सापकोटा, सनाज चौलागाईं, अविरल चौलागाईं, रेखा भण्डारी र सगुन खड्कालगायत कलाकार पनि फिल्ममा देखिनेछन्।

मणि तामाङ मुख्य सहायक निर्देशक रहेको फिल्ममा सावन शर्मा, सिर्जना भुजेल र मनिष चौलागाईं सहायक निर्देशकका रूपमा छन्। फिल्मको द्वन्द्व निर्देशन किरण दाहालले गर्नेछन् भने शृङ्गारको जिम्मेवारी उर्मिला लामा र हेयरको जिम्मेवारी अस्मिता सापकोटाले सम्हाल्नेछन्। फिल्मको स्टिल फोटोग्राफी लक्ष्मण पाण्डेले गर्नेछन्।
फिल्ममा दीपक शर्मा र सनम पुरुष राईको संगीत रहनेछ। धिरेन्द्र पन्त (धिरुभाइ) कार्यकारी निर्माता रहेको फिल्ममा सुजिता चौलागाईं निर्माता तथा राजन सिंह केसी र छत्रबहादुर खड्का सह–निर्माताका रूपमा रहेका छन्।

महेश पौडेलले छायांकन गर्ने फिल्मको पोस्टर डिजाइन आईडलले गर्नेछ। त्यस्तै, निर्मल न्यौपाने प्रोडक्सन म्यानेजर, ज्योति केसी र निराजन घिमिरे कस्ट्युम डिजाइनर तथा सियोन श्रेष्ठ कोरियोग्राफरका रूपमा रहेका छन्।
पीके इन्टरटेन्मेन्ट प्रालिको ब्यानरमा निर्माण भइरहेको ‘बाकस’को छायांकन कास्कीको धम्पुसबाट सुरु भएसँगै फिल्मप्रति दर्शकको चासो बढ्ने अपेक्षा गरिएको छ।


