• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ८. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  •   मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित

चितवन, कात्तिक १० गते । भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालाको काममा ढिलाइ भएको छ ।

आगामी पुस २७ गतेसम्म निर्माण सम्पन्न गर्नुपर्नेमा हालसम्म प्रगति ६५ प्रतिशत मात्रै भएको छ । भरतपुर महानगरपालिकाका इन्जिनियर आदर्श पोखरेलका अनुसार बजेट निकासामा केही ढिलाइ हुँदा निर्माण कम्पनीले बीचको समयमा काम रोकेकाले सम्झौता मितिअनुसार काममा ढिलाइ भएको हो ।

रङ्गशाला निर्माणका लागि महानगरपालिकाले ७० प्रतिशत बागमती प्रदेशबाट भुक्तानी हुने गरी सम्झौता गरेको थियो । प्रदेशको बजेट निकासा हुन ढिलो भएकाले काम प्रभावित भएको उहाँले बताउनुभयो ।

निर्माण कम्पनीले समेत काममा ढिलाइ गरेकाले पुस मसान्तसम्ममा काम सम्पन्न हुने अवस्था नदेखिएको उहाँको भनाइ छ । यस्तै निर्माण सामग्रीको मूल्यवृद्धि, मौसम परिवर्तन र पुराना संरचनामा निर्माण गर्नुपर्नेलगायतका कारणले समयमै निर्माणको काम गर्न नसकिएको निर्माण कम्पनी व्यवस्थापक सम्राट सिलवालले बताउनुभयो ।

उहाँले पुरानो संरचनामा निर्माण कार्य गरिएकाले प्राविधिक निर्णयहरू एकापसमा बाँझिदा निर्माणमा पनि समस्या आएको बताउनुभयो ।

अहिले मुख्यगरी मैदानको काममा ढिलाइ हुँदा समयमै निर्माण सम्पन्न नहुने निश्चितजस्तै छ । त्यसैकारण निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग निर्माणको काम सक्न म्याद थप माग्ने तयारी गरेको छ । सम्झौता सकिनु ३५ दिन अघि म्याद थपका लागि निवेदन दिनुपर्ने हुन्छ ।

निर्माण अवधि सकिनै लाग्दा रङ्गशालाको पहिलो भेरिएसन अर्डर (भिओ) असोज २८ मा स्वीकृत भएको छ । सुरुवाती चरणमा ७८ करोड ५० लाख ९१ हजार रुपियाँ (भ्याटसहित)मा ठेक्का सम्झौता भएकोमा अब लागत बढेर ८६ करोड २४ लाख ८४ हजार रुपियाँ पुगेको छ ।

यसले लागत मात्रै वृद्धि नभई निर्माणको काम पनि थपिएको छ । त्यसकारण पनि सम्झौताअनुसारको समयमा निर्माण सम्पन्न नहुने निर्माण कम्पनीले जनाएको छ ।

भरतपुर महानगरका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार मुख्य रुपमा मैदानको काम बाँकी छ । मैदानमा चार तह माटो राखेर त्यसभित्र पाइप हाल्न बाँकी छ ।

त्यसमाथि नरम माटो राखेर बरुणा नामको घाँस रोपिने छ । यसका अतिरिक्त दुई वटा टावरको काम अन्तिम चरणमा पुगेको छ । चार वटा प्यारापिटमध्ये दुई वटा सकिएको छ भने तेस्रो ९० प्रतिशत र चौथो ७० प्रतिशत प्रगति भएको छ ।

विद्युत् जडानको काम बाँकी छ । निर्माण कम्पनीले नियमित रुपमा काम गरेमा धेरै समय नलाग्ने आचार्य बताउनुहुन्छ । अहिले दैनिक ८० जना हाराहारीले काम गरिरहेको उहाँले जानकारी दिनुभयो । दसैँको समयमा समेत काम भइरहेको उहाँको भनाइ छ ।

भरतपुर महानगरपालिकाले बागमती प्रदेश सरकारसँग मिलेर विसं २०८१ असार २४ गते हिमालयन–कालिञ्चोक बिबीआर जेभीसँग सम्झौता गरी रङ्गशाला निर्माणको काम अघि बढाएको थियो ।

धुर्मुस–सुन्तली फाउन्डेसनले आर्थिक अभावका कारण काम गर्न नसक्ने जनाउँदै महानगरलाई दायित्व सुम्पिएपछि महानगरले बागमती प्रदेश सरकारको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानी सुनिश्चित गरी अलपत्र अवस्थामा परेको रङ्गशालाको निर्माण अघि बढाएको थियो ।

चितवनमा राष्ट्रियस्तरको क्रिकेट क्लब चितवन राईनोज समेत रहेकाले र पछिल्लो समय एनपिएलको क्रेज बढेकाले अन्तरराष्ट्रियस्तरका खेल चितवनमा खेलाउन यो रङ्गशाला छिटो सम्पन्न गर्न दबाब छ ।

भरतपुर महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले निर्माण कम्पनीलाई महानगरको तर्फबाट गर्नुपर्ने सबै सहयोग गर्न तयार रहेको भन्दै उहाँले छिटो काम सम्पन्न गर्न आग्रह गर्दै आएको बताउनुभयो । गत आर्थिक वर्षमा भुक्तानीमा केही ढिला भए पनि अन्य सबै काममा महानगरले सहजीकरण गरेको उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “रङ्गशाला छिटो सम्पन्न गर्न हामीले निर्माण कम्पनीलाई भनिरहेका छौँ, अब धेरै ढिलो हुँदैन ।” देशभर क्रिकेट खेलको लोकप्रियता बढिरहेकाले छिटो रङ्गशाला सम्पन्न गरी राष्ट्रिय र अन्तरराष्ट्रिय खेल भरतपुरमा गर्न महानगर आतुर रहेको अधिकारीको भनाइ छ ।

मङ्गलबार, कार्तिक १०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या
एनपिएलले क्रिकेटप्रेमी उत्साहित

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • २.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ३.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ४.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ५.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • ६.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ७.
    एनपिएलले क्रिकेटप्रेमी उत्साहित

  • ८.
    आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.