काठमाडौं । नेपाली चलचित्रहरूको पछिल्लो बक्स अफिस रिपोर्ट सार्वजनिक भएको छ । आइतबार राति ११ः५९ बजेसम्मको तथ्याङ्कअनुसार प्रदर्शनरत चलचित्रमध्ये ‘गौँथली’ले बक्स अफिसमा सर्वाधिक कमाइ गर्दै पहिलो स्थान कायम गरेको छ ।
सार्वजनिक विवरणअनुसार ‘गौँथली’ले टिकट बिक्री र आम्दानी दुवैमा अन्य चलचित्रलाई पछाडि पारेको छ । चलचित्रले हालसम्म ९ लाख ५३ हजार ८१७ टिकट बिक्री गर्दै २६ करोड २७ लाख ४९ हजार ७३६ रुपैयाँ ७० पैसा ग्रस कलेक्सन गरेको छ ।
बक्स अफिसको दोस्रो स्थानमा ‘कबड्डी ५–आफ्टर द फाइनल म्याच’ रहेको छ । चलचित्रले ८ लाख ४ हजार ८८४ टिकट बिक्रीबाट १२ करोड ३९ लाख ९२ हजार २५४ रुपैयाँ ५० पैसा कमाएको छ ।
त्यस्तै, तेस्रो स्थानमा रहेको ‘पेन्सन पट्टा’ले १० करोड ३३ लाख ७४ हजार ७८० रुपैयाँ व्यापार गरेको छ । चौथो स्थानमा रहेको ‘आ बाट आमा २’को कमाइ ६ करोड ८१ लाख ७ हजार ४१३ रुपैयाँ ५० पैसा पुगेको छ ।
पाँचौँ स्थानमा रहेको ‘बाः एक योद्धा’ले ३ करोड ५६ लाख ८ हजार १८९ रुपैयाँ ८० पैसा कमाएको छ भने छैटौँ स्थानमा रहेको ‘छ माया छपक्कै २’ले ३ करोड ४२ लाख २५ हजार ९४६ रुपैयाँ ९० पैसा व्यापार गरेको छ ।
यसैगरी, सूचीको सातौँ स्थानमा रहेको ‘१२ गाउँ २’ले २ करोड ३१ लाख ४० हजार ६७१ रुपैयाँ २० पैसा कमाएको छ ।
सार्वजनिक तथ्याङ्कअनुसार ‘गौँथली’ र दोस्रो स्थानको ‘कबड्डी ५’बीचको कमाइ अन्तर १३ करोड ८७ लाख रुपैयाँभन्दा बढी रहेको छ ।


