• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
सोमबार, कार्तिक २३, २०८३
☰
सोमबार, कार्तिक २३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ३. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ४. ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ५. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ६. प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष तयारी

  • ७. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ८. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • ९. आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. ‘पाँच पाण्डव’को दोस्रो ट्रेलर सार्वजनिक, हरिवंशको वरिपरि घुम्यो कथा

पाँच भाषामा प्रदर्शन हुने ‘मोनालिसा ब्लडी लभ’को फर्स्टलुक सार्वजनिक

  •   सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित

काठमाडौं । नेपाल र भारतका चलचित्रकर्मी तथा प्रतिष्ठित निर्माण संस्थाहरूको सहकार्यमा निर्माण हुन लागेको चलचित्र ‘मोनालिसा ब्लडी लभ’को फर्स्टलुक मोसन पोस्टर सार्वजनिक गरिएको छ । तिहारको अवसर पारेर निर्माण पक्षले ‘वल्र्ड अफ मोनालिसा’ शीर्षकमा चलचित्रको पहिलो झलकसहितको चलायमान पोस्टर सार्वजनिक गरेको हो ।

पीजी स्टुडियोको प्रस्तुतिमा प्रशान्त गिरीले निर्माण गर्न लागेको यस चलचित्रलाई अन्तर्राष्ट्रिय स्तरको ठूलो क्यानभासमा तयार पार्ने लक्ष्य राखिएको छ । चलचित्रको लेखन तथा निर्देशन किङ योगीले गर्नेछन् भने चलचित्र पत्रकारसमेत रहेका सचित खड्का कार्यकारी निर्माताका रूपमा रहनेछन् ।

नेपाल र भारतको संयुक्त सहकार्यमा निर्माण हुन लागेको चलचित्रको पूर्वनिर्माण अर्थात् तयारीको काम हाल भारतको हैदराबाद र बैंगलोरमा भइरहेको निर्माण पक्षले जनाएको छ । चलचित्रको छायांकन आगामी असार महिनादेखि सुरु गर्ने तयारी गरिएको छ । चलचित्रको करिब ३० प्रतिशत छायांकन नेपालमा र बाँकी ७० प्रतिशत भारतमा गरिनेछ । भारतको चर्चित रामोजी फिल्म सिटीमा समेत चलचित्रका महत्त्वपूर्ण दृश्यहरू छायांकन गर्ने योजना रहेको छ ।

चलचित्रमा नेपाल र भारत दुवै देशका कलाकारहरूको अभिनय रहनेछ । भारतका केही चर्चित कलाकारसँगै नेपाली कलाकारहरूको पनि महत्त्वपूर्ण भूमिका रहने भए पनि कलाकारहरूको नाम भने औपचारिक रूपमा सार्वजनिक गरिएको छैन ।

ठूलो बजेट र अन्तर्राष्ट्रिय स्तरको प्राविधिक मापदण्डलाई ध्यानमा राखेर निर्माण गर्न लागिएको चलचित्रको सम्पादन, रङ संयोजन, ध्वनि डिजाइन, दृश्य प्रभाव, डिजिटल इन्टरमिडियट तथा प्रचार सामग्रीको डिजाइनलगायतका अधिकांश काम भारतका प्रतिष्ठित कम्पनी र अनुभवी प्राविधिक टोलीसँगको सहकार्यमा गरिने निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई नेपाली र हिन्दी भाषासहित पाँचवटा भाषामा प्रदर्शन गर्ने तयारीसमेत भइरहेको छ । अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउने उद्देश्यसहित विश्वका अग्रणी ओटीटी अर्थात् डिजिटल स्ट्रिमिङ प्लेटफर्महरूसँग वितरण तथा प्रदर्शनका विषयमा छलफल भइरहेको पनि निर्माण पक्षले जानकारी दिएको छ । यससम्बन्धी अन्तिम निर्णय भने छिट्टै सार्वजनिक गरिने बताइएको छ ।

पहिलो झलक सार्वजनिक भएसँगै चलचित्रको कथावस्तु, कलाकार, निर्माण पक्ष र अन्तर्राष्ट्रिय प्रदर्शन योजनाबारे दर्शकमा उत्सुकता बढ्ने अपेक्षा गरिएको छ । नेपाल र भारतका चलचित्र उद्योगबीचको सहकार्यलाई थप विस्तार गर्ने लक्ष्य राखिएको ‘मोनालिसा ब्लडी लभ’लाई नेपाली चलचित्र क्षेत्रको महत्त्वाकांक्षी अन्तर्राष्ट्रिय परियोजनाका रूपमा हेरिएको छ ।

सोमबार, कार्तिक २३, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बक्स अफिसमा सात नेपाली फिल्मको कमाइ सार्वजनिक, पहिलोमा ‘गौँथली’
पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध
तिहारको चौथो दिन गाईपूजा गरिँदै
आज कार्तिक २३ गते सोमबारको तपाइको राशिफल
‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ३.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ४.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया

  • ५.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

  • ६.
    प्रधानमन्त्रीको आसन्न भारत भ्रमण : भारतमा विशेष

भर्खरै

  • १.
    बक्स अफिसमा सात नेपाली फिल्मको कमाइ सार्वजनिक, पहिलोमा ‘गौँथली’

  • २.
    पाँच भाषामा प्रदर्शन हुने ‘मोनालिसा ब्लडी लभ’को फर्स्टलुक सार्वजनिक

  • ३.
    पृथ्वी राजमार्गको घोप्टेभिरमा सुक्खा पहिरो, दुईतर्फी सडक अवरुद्ध

  • ४.
    तिहारको चौथो दिन गाईपूजा गरिँदै

  • ५.
    आज कार्तिक २३ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • ७.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ८.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.