• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
शुक्रबार, कार्तिक ०६, २०८३
☰
शुक्रबार, कार्तिक ०६, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला शृङ्खलाभन्दा अझ मनोरञ्जक हुने दाबी

  • २. जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३. बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि देशभरका हलमा

  • ४. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५. ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम र उपासनाको रोमान्टिक जोडी

  • ६. शक्तिपीठमा भक्तजनको घुइँचो

  • ७. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ८. आज असोज ३१ गते शनिबारको तपाइको राशिफल

  • ९. राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना

  • १०. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै

कांग्रेसकी पुष्पा भुसालले आज उपसभामुखमा उम्मेदवारी दिँदै

  •   बिहिबार, असार ३०, २०७९ मा प्रकाशित

असार ३०, काठमाडौं । प्रतिनिधि सभाका उपसभामुख चयनको प्रक्रिया अघि बढाइएको छ । प्रतिनिधिसभा सचिवालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार बिहीबार बिहान ११ देखि अपराह्न १ बजेसम्म मनोनयनको समय तोकिएको छ । यस्तै उम्मेदवारको नामावली प्रकाशन बिहीबारै हुने छ ।

शुक्रबार अपराह्न ३ बजेको बैठकमा उपसभामुख चयनको प्रस्तावमाथि मतदान हुनेछ । पद रिक्त भएको २९ महिनापछि पदपूर्ति हुन लागेको हो । २०७६ माघ ६ गते तत्कालीन उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि पद रिक्त थियो ।

तत्कालीन सत्तारूढ दल नेकपाले सभामुखमा अग्निप्रसाद सापकोटालाई उम्मेदवार बनाउने निर्णय गरेसँगै तुम्बाहाङ्फेले राजीनामा दिएकी थिइन् । प्रतिनिधि सभाको सभामुख तथा उपसभामुख फरक दल र लिङ्गको हुनुपर्ने संवैधानिक व्यवस्था छ ।

सो अनुसार अब नेकपा माओवादी केन्द्र बाहेकका दलबाट महिला नै उपसभामुखको उम्मेदवार हुने छन् । सत्ता गठबन्धनले काँग्रेस सचेतक पुष्पा भुसाललाई उपसभामुख पदमा उम्मेदवार बनाउने भएको छ । कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेसले उपसभामुख पाउने सहमति भएपछि आज भुसालले उम्मेदवार मनोनयन गर्ने छिन् ।

यसअघि पनि कांग्रेसले भुसाललाई उपसभामुखको उम्मेदवार बनाएको थियो भने । उनी तत्कालीन नेकपा एमालेकी शिवमाया तुम्बाहाङ्फेसँग पराजित बनेकी थिइन् । ०७४ चैतमा भएको उपसभामुखको निर्वाचनमा तुम्वाहाङ्फे २०१ मतका साथ विजयी हुँदा भुसाल ५८ मत प्राप्त गरेर पराजित भएकी थिइन् । यसपटक गठबन्धन उम्मेदवारले जित्ने पक्का जस्तै छ ।

प्रतिनिधिसभामा एमालेको ९८, कांग्रेस ६१ (दुई निलम्बित), माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१, लोसपाका १३ र अन्य साना दल र स्वतन्त्र ४ जना सांसद छन् ।

पाँच दलीय गठबन्धनसँग कांग्रेस ६१, माओवादी केन्द्रको ४९, एकीकृत समाजवादी २३, जनता समाजवादी पार्टीका २१ र राष्ट्रिय जनमोर्चाको १ गरी १५५ मत छ । लोसपा पनि सत्ता गठबन्धनसँगै नजिक छ । लोसपाले एमालेलाई साथ दिएपनि गठबन्धनकै पल्लाभारी देखिन्छ । यता एमालेले उपसभामुखमा उम्मेदवारी दिने नदिनेबारे टुंगो लगाइ नसकेको बुझिएको छ ।

बिहिबार, असार ३०, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल
बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन
साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु
विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता
दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’ ले पायो ‘यू’ सर्टिफिकेट, अघिल्ला

  • २.
    जग्गा भाडामा लिएर सयपत्री खेती

  • ३.
    बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’ आजदेखि

  • ४.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • ५.
    ‘जलाकी’को तेस्रो गीत ‘कलेजीको छेऊ’ सार्वजनिक, सोनम

  • ६.
    शक्तिपीठमा भक्तजनको घुइँचो

भर्खरै

  • १.
    ‘कबड्डी ५’ रिलिजसँगै देशभरका अधिकांश हल हाउसफुल

  • २.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ५.
    दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ६.
    काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम घट्यो, बिहान १३.५ डिग्री सेल्सियस मापन

  • ७.
    राष्ट्रपति पौडेलद्वारा दसैंको टीका र जमरा ग्रहण

  • ८.
    विजयादशमीले नेपालीलाई एकै सूत्रमा बाँध्छः प्रधानमन्त्री

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.