• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

सूचना प्रविधिको प्रयोग सामाजिक रूपान्तरणका लागि : मन्त्री शर्मा

  •   बुधबार, फागुन २४, २०७९ मा प्रकाशित

फागुन २४ , काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधिको सदुपयोगबाट राजनीतिक, सामाजिक र सांस्कृतिक रूपान्तरण गर्ने समय आएको बताउनुभएको छ ।

११३औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा सूचना प्रविधिमा महिला (डब्ल्युआइआइटी)ले आयोजना गरेको सूचना प्रविधि महिला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले विज्ञानमा आएको परिवर्तनले समाज रूपान्तरणमा योगदान गर्नुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘समयको गतिसँगै विज्ञान प्रविधिमा आएको परिवर्तनलाई नेपालमा सबैखाले विभेद अन्त्यमा प्रयोग गर्नुपर्छ ।’

उहाँले पछिल्लो समयमा यो क्षेत्रमा महिलाको उत्साहजनक सहभागिता बढेकामा खुसी व्यक्त गर्नुभयो । सञ्चार तथा सूचना प्रविधि क्षेत्रमा भएका नीतिगत व्यवस्थाले सूचना सञ्चारको क्षेत्रमा भइरहेको तीव्र विकासको उपयोग गरी डिजिटल नेपाल फ्रेमवर्क २०७६ ले परिकल्पना गरेको राष्ट्रिय लक्ष्य हासिल गर्न महिलाले सक्रिय भूमिका खेल्न सक्ने कुरामा आधार बढ्दै गएको उहाँको भनाइ थियो ।

विगतको जनयुद्धमा बन्दुक र बच्चा साथसाथै बोकेर महिलाले गणतन्त्र ल्याएको स्मरण गराउँदै माओवादी केन्द्रका नेतासमेत रहेका मन्त्री शर्माले भन्नुभयो, ‘अब संविधान र कानूनले सुनिश्चित गरेका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्ने बेला आएको छ ।’ आफूले मन्त्रालय सम्हालेपछि राजनीतिक र कानुनी साक्षरताका लागि प्रविधिको प्रयोगलाई प्राथमिकता दिने नीति लिएको उल्लेख गर्दै उहाँले आगामी बजेटमार्फत यसलाई कार्यक्रमिक रूप दिने बताउनुभयो ।

प्रविधिको प्रयोगले महिलाको जीवन सहज बन्दै गएको उल्लेख गर्दै उहाँले प्रविधिकै दुरुपयोगबाट महिलाले आफ्नो जीवन गुमाउने अवस्था पनि कायमै रहेकाले प्रविधिको सदुपयोग र साइबर नैतिकतामा जोड दिनुपर्ने बताउनुभयो ।

मन्त्री शर्माले पितृसत्तात्मक सोचका कारण संविधान र कानुनमा व्यवस्था गरिएका अधिकारलाई व्यवहारमा कार्यान्वयन गर्न चुनौती भएको बताउनुभयो । उहाँले भन्नुभन्यो, ‘महिला हामी आफैँले पैतृक सम्पत्ति लिन हिचकिचाउँछौँ । छोरीहरू पैतृक सम्पत्ति लिने कि माइती रोज्ने भन्ने बाध्यतामा पर्छन् । त्यसैले पनि महिला अधिकारलाई व्यावहारिक कार्यान्वयन गर्न सोहीअनुसारको कार्यक्रम ल्याउन आवश्यक छ ।’

सो क्रममा मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रमा योगदान गरेका एक सय एक जना महिलाको सफलताको कथा समेटिएको पुस्तक विमोचन गर्नुभएको थियो । कार्यक्रममा सूचना प्रविधिमा योगदान गर्ने एक सय एक महिलालाई सम्मान पनि गरिएको थियो ।

बुधबार, फागुन २४, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

भर्खरै

  • १.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • २.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ३.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ४.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ५.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ८.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.