फागुन २७ , काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा)का नेता रामसहाय प्रसाद यादवले उपराष्ट्रपति पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।उनलाई सत्ता गठबन्धनमा आबद्ध दलको समर्थन रहेको छ । गठबन्धका दलको प्रस्ताव र समर्थनमा उनले उम्मेदवारी दर्ता गराएका हुन् । प्रस्तावकमा अशोककुमार राई, प्रदीप यादव, किसान श्रेष्ठ, शक्ति बस्नेत र रमेशजंग रायमाझी छन् ।
समर्थकमा रेखा यादव, अम्बिका काफ्ले, प्रकाश ज्वाला, खिमलाल देवकोटा र भानुभक्त जोशी रहेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एस र जसपासहित चार दलको समर्थन रहेका उनलाई स्वतन्त्रका एक सांसदको पनि समर्थन रहेको छ ।
जसपाबाटै नेतृ प्रमिला यादवले पनि उम्मेदवारी दर्ता गर्दैछिन् । उपराष्ट्रपति निर्वाचन चैत ३ गते हुनेछ । एमाले नेतृ अष्टलक्ष्मी शाक्यले पनि उम्मेदवारी दर्ता गराइसकेकी छन् ।
तपाईको प्रतिक्रिया


