• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ४. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ५. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ९. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • १०. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

सरकारको प्राथमिकता स्थायी शान्ति कायम गर्ने हो : उपप्रधानमन्त्री खड्का

  •   शनिबार, चैत १८, २०७९ मा प्रकाशित

चैत्र १८,पाटन । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सरकारले मुलुकको रक्षा, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्ने बताउनुभएको छ ।

आज ललितपुरको बाँडेगाउँस्थित भट्टराई आश्रमको अवलोकन एवं निरीक्षण गर्दै उहाँले भन्नुभयो, “निर्वाचनपछि एक खालको दुर्घटना भयो, प्राकृतिक रुपमा जुन गठबन्धनको सरकार बन्नुपर्थ्यो, बन्न सकेन, त्यसपछि विकसित घटनाक्रमले अहिले यो सरकार बनेको छ, हिजो निर्वाचनका बेला जनतासामु जे जे एजेन्डा लिएर गएका थियौँ, ती एजेन्डामा सहमत हुने दल एक ठाउँमा आइपुगेका छौँ ।”

उहाँले अहिलेको सरकारको प्राथमिकता मुलुकको रक्षा र सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सुदृढीकरण गर्दै स्थायी शान्ति कायम गर्नु, शान्ति प्रक्रियाका बाँकी कामलाई पूर्णता दिनु, स्थायी शान्तिको जगमा आर्थिक समृद्धि हासिल गर्नु रहेको बताउनुभयो ।

उहाँले नेपाल राष्ट्र र नेपाली जनताको आर्थिक वृद्धि गर्दै निश्चित वर्षभित्रै नेपाललाई विकसित राष्ट्रका रुपमा पुर्‍याउनु वर्तमान सरकारको प्राथमिकता भएको बताउनुभयो ।

उपप्रधानमन्त्री खड्काले संसद्मा रहेका सबै दल र संसद् बाहिर रहेका दललाई समेत समेटेर एकताबद्ध गराउँदै न्यूनतम साझा कार्यक्रमभित्र समेटेर मुलुकको स्वाभिमान, सुरक्षा, नेपाली जनताको हितमा एकताको भाव बोकेर वर्तमान सरकार अगाडि बढ्नेमा जोड दिनुभयो ।

उहाँले आश्रममा रहेको नेपाली कांग्रेसका संस्थापक नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको पूर्णकदको सालिक अगाडि दीप प्रज्वलन गर्दै सालिकमा माल्यार्पण गर्नुभयो ।

सो अवसरमा उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका अमिता कपाली, नेपाली कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठ, प्रतिनिधिसभा सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य उदयशम्शेर राणा, प्रदेशसभा सदस्य मीनकृष्ण महर्जनलगायतले स्वागत गर्नुभएको थियो । उपप्रधानमन्त्री खड्कालाई आश्रमका सञ्चालिका कपालीले आश्रमको गतिविधिबारे जानकारी गराउनुभएको थियो ।

शनिबार, चैत १८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने
अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!
सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना
तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!
कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ४.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ५.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ६.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

भर्खरै

  • १.
    एनपिएलको पुरस्कार राशि घोषणा, विजेताले डेढ करोड पाउने

  • २.
    अनमोल–प्रिन्सीको ‘अल्लारे ठिटो आयो है’ सार्वजनिक, ‘बाटुलो जून’को गीतमा यस्तो केमेस्ट्री!

  • ३.
    सप्तकोशीमा जेट बोट दुर्घटना, तीन जनाको मृत्यु

  • ४.
    राष्ट्रपति पौडेलद्वारा नवदुर्गा भवानीको पूजाअर्चना

  • ५.
    तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • ६.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • ७.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ८.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.