• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १०, २०८३
☰
मङ्गलबार, कार्तिक १०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ७. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. विभिन्न देशमा बडादसैँको टीकाको साइत सार्वजनिक : कुन देशमा कति बजे?

  • १०. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

सुशासन र भ्रष्टाचार नियन्त्रणमा सरकार कठोर भएकाे छ : सञ्चारमन्त्री शर्मा

  •   शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित

जनकपुरधाम । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले वर्तमान सरकार मुलुकमा सुशासन स्थापना गर्नका लागि भ्रष्टाचारको विरुद्धमा कठोर रुपमा अगाडि बढेको बताउँदै भ्रष्टाचार भएको प्रमाण भेटाए जस्तो सुकै ओहदाका मान्छेहरू पनि सजायको भागीदार बन्ने बताउनुभयो ।

सञ्चारमन्त्री शर्माले नेपाल टेलिकमको प्रादेशिक निर्देशनालयद्वारा आज जनकपुरधाममा “टेलिकमको सेवा”को विषयमा जानकारी दिने उद्देश्यले आयोजना गरिइएको अन्तरक्रिया कार्यक्रममा बोल्दै साे कुरा बताउनुभएकाे हाे ।

उहाँले वर्तमान सरकारले वर्षौँ देखि मधेशमा रहेको जन्मसिद्धका सन्तानको नागरिकता समस्याको समाधान गर्नका लागि नागरिकता विधेयक ल्याएको बताउँदै सामन्तको अवशेषको रुपमा रहेको मिटर व्याज पीडितको समस्याहरू सम्बोधन हुने गरि सरकार अगाडी बढेको बताउनु भयो ।

कार्यक्रममा बोल्दै मन्त्री शर्माले टेलिकमको सेवाको अधिकतम उपयोग गरेर लाभ लिनका लागि आम जनतासँग आग्रह गर्नु भयो ।

मन्त्री शर्माले सूचना सञ्चार प्रविधिको अधिकतम प्रयोग गरेर मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउनका लागि नेपाल टेलिकमको महत्पूर्ण भूमिका रहेको बताउनु भएको छ ।

उहाँले जहाँ जनसङ्ख्या त्यहाँ सञ्चार भन्ने मान्यता सहित मधेश प्रदेशमा नेपाल टेलिकमको सेवामा पहुँचको समस्या भए त्यसको समाधानका लागि मन्त्रालयले गर्नु पर्ने सबै कामहरू गर्नका लागि तयार भएको पनि बताउनु भयो । उहाँले मधेश प्रदेशले धेरै राजश्व पनि दिने गरेकाले यस प्रदेशका जनताले गुणस्तरीय दूरसञ्चार सेवा पनि पाउनु पर्ने धारणा राख्नु भयो ।

सञ्चारमन्त्री शर्माले प्रदेशका दुई पालिकालाई नेपाल टेलिकमको सबै सेवा र सुविधाको प्रयोग एवं विस्तार भएको नमूना पालिकाको रुपमा हेर्न चाहेको बताउँदै यस्ता प्रकारको अन्तरक्रिया कार्यक्रमले टेलिकमको समस्याको पहिचान तथा समाधानको उपायहरू पत्ता लगाउनमा मद्दत पुग्ने बताउनु भयो ।

सञ्चारमन्त्री शर्माले वर्तमान सरकार देश र जनताको पक्षमा उभिएको बताउँदै जनताको साथ र सहयोग सरकारलाई निरन्तर रुपमा प्राप्त भइरहेकोमा खुशी व्यक्त गर्नु भयो ।

नेपाल दूरसञ्चार कम्पनीका महाप्रबन्धक सुनिल पोखरेलको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाल टेलिकमले प्रदान गर्दै आएको सेवा तथा सुविधाको विषयमा कम्पनीका वरिष्ठ इन्जिनियर बन्टी श्रेष्ठ र नेपाल टेलिकम जनकपुरधामका कार्यालय प्रमुख दीपेन्द्र साहले पनि बोल्नु भएको थियो ।

शुक्रबार, साउन ०५, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते
गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त
विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु
एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ
बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

Namaste Chitwan

लोकप्रिय

  • १.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ४.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु,

भर्खरै

  • १.
    चितवनको कुरिनटारमा तीन सवारीसाधन एकआपसमा ठोक्किए, १० जना घाइते

  • २.
    गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

  • ३.
    विपना थापा र वर्षा राउतको अभिनय रहने फिल्म ‘बाकस’को छायांकन सुरु

  • ४.
    एनपीएलमा आज दुई खेल हुँदै, चितवन–विराटनगर र जनकपुर–कर्णाली भिड्दै

  • ५.
    भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

  • ६.
    बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

  • ७.
    एनपिएलले क्रिकेटप्रेमी उत्साहित

  • ८.
    आज कार्तिक १० गते मङ्गलबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.