• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप

  •   शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित

क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्म ‘नरसिंहाः अवतार’ मा कलाकारहरूको रोचक लाइनअप बनेको छ।

एक्सन तथा सोसल ड्रामामा बन्ने यो फिल्मका लागि अहिलेसम्म ६ जना मुख्य पात्रहरू फाइनल भइसकेका छन् । निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्न लागेको फिल्ममा महानायक राजेश हमाल, नीति शाह, सरोज खनाल, प्रशान्त ताम्राकार, नीर शाह, सनिशा भट्टराई र दीपा शाही अनुबन्धित भइसकेका छन् ।

कलाकाको बलियो लाइनअप तयार भएको फिल्ममा नायक राज कटुवाल जोडिएका छन् । कटुवाल शुक्रबार अनुबन्धित भएका हुन् । उनी ‘नरसिंहाः अवतार’ मा जोडिएसँगै फिल्मका मुख्य कलाकारहरूको लाइनअप पूरा भएको छ । निर्माणपक्षले यो फिल्ममा यी सबै जना कलाकारको के कस्तो भूमिका छ भन्ने विषयमा कुनै जानकारी खुलाइएको छैनन् ।

फिल्मको एक मुख्य पात्रमा राजलाई अनुबन्धित गराएसँगै निर्देशक भट्टराईले यस फिल्मबाट एक एउटा राम्रो नायकको जन्म हुने आशा व्यक्त गरे । कटुवालले यो फिल्ममा जोडिन पाउँदा अत्यन्तै खुसी रहेको व्यक्त गरे । ‘आफूले काम गर्दै आएको क्षेत्रमा कुनै पनि फिल्ममा जोडिन पाउनु नै एउटा कलाकारकोलागि महत्त्वपूर्ण कुरा हो’, उनले भने, ‘निर्देशकले मलाई ठूलो जिम्मेवारी दिनुभएको छ, साथै म आफैँले समेत धेरै मेहनत गर्नु पर्ने देखिएको । फिल्मकालागि गर्नु भएको विश्वास मैले पुरा गर्ने छु ।’

यही फिल्मबाट आठ वर्षपछि महानायक हमालले कम्ब्याक गर्दैछन् । धेरै समय पछि हमाल फिल्ममा फर्किने खबरले यतिबेला नेपाली फिल्मवृत तताएको छ । यो फिल्म उनीसँगै दर्शक दुवैका लागि विशेष हुने पक्का छ । जस कारण यो फिल्म प्रतीक्षित बन्ने निश्चित छ ।

यता, क्याप्टेनपछि निर्देशक भट्टराईको फिल्ममा अभिनेता सरोजले अभिनय गर्न लागेका छन् भने हमाल र खनाल ३० वर्षपछि सँगै एउटै फिल्ममा देखिन लागेका हुन् । उनीहरूले सन् १९९४ सेप्टेम्बर २७ मा रिलिज भएको फिल्म ‘सडक’मा सँगै काम गरेका थिए । तीर्थ थापाले निर्देशन गरेको उक्त फिल्मपछि यी दुईले सँगै काम गरेका छैनन् ।

यस्तै, निर्देशक भट्टराई र अभिनेता ताम्राकारले यस अघि ‘ऐश्वर्या’, ‘क्याप्टेन’ र ‘मायावी’मा पनि सहकार्य गरेका थिए ।

फिल्म यही भदौको अन्तिम साताबाट छायाङ्कनमा जाने तयारीमा रहेको छ । फिल्मको लगानी तीन करोडभन्दा माथि हुने बताइएको छ ।

निर्देशक भट्टराईको अर्को फिल्म ‘मायावी’ प्रदर्शनको तयारीमा छ । निर्देशक भट्टराईका अनुसार अब यो फिल्मको केही दिनमै प्रदर्शन मिति तय गरिने छ ।

शुक्रबार, भदौ ०७, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.