काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्याल र चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष दिनेशराज दाहाल (दिनेश डिसी) बीच आर्थिक बर्ष २०८१।०८२ को लागि कार्य सम्पादन सम्झौता भएको छ ।
मन्त्रालयका आईतबार एक कार्यक्रममा बीच सञ्चार सचिव अर्यालले चलचित्र विकास बोर्डका कार्यकारी अध्यक्ष लगायत मन्त्रालय मातहतका विभिन्न निकायका प्रमुखहरूसँग कार्य सम्पादन सम्झौता गर्नु भएको हो ।

चलचित्र विकास बोर्डको कार्यकारी अध्यक्ष दिनेश राज दाहाल (दिनेश डिसी)सँग भएको सम्झौतामा चालु आर्थिक वर्षभित्र सम्पादन गर्नुपर्ने मुख्य कामहरूलाई कार्यसम्पादन सूचक कायम गरि छुट्टा-छुट्टै अङ्कभार निर्धारण गरि कार्यसम्पादन सम्झौता गरिएको हो ।
तपाईको प्रतिक्रिया


