• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ६. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

राउटे सहजै स्विकार्छन् ‘मृत्यु’

  •   शनिबार, असोज ०५, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज ५
दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका २२ वर्षीय राउटे किशोर वृषबहादुर शाहीको बिहीबार मृत्यु भयो । सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार गराउँदै गर्दा शाहीको मृत्यु भएको हो ।

बेलैमा उपचार गर्न नमानेपछि शाहीको स्वास्थ्य गम्भीर भएपछि मात्रै अस्पताल ल्याइएको थियो । चेकजाँचका क्रममा क्षयरोग लागेको देखिएको थियो । क्यान्सरको आशङ्का गरी थप उपचार गर्न चिकित्सकको सल्लाह नमानेपछि शाहीलाई बस्ती ल्याउँदै गर्दा ज्यान गुमेको हो ।

गत वर्ष मात्रै आठ जना राउटेको मृत्यु भयो । २०८० जेठ २३ गते कर्णबहादुर शाही, असोज ८ गते तुलसी शाही र सिस्नेरी शाही, कात्तिक १९ गते महिनबहादुर शाही, मङ्सिर २७ गते सिमल शाही, पुस ९ गते भद्रबहादुर शाही, माघ २७ गते बालकुमारी शाही र माघ २८ गते भैरव शाहीको मृत्यु भएको राउटे समुदायमा काम गर्दै आएको दैलेखको सोसेक संस्थाको राउटे परियोजनाले जनाएको छ ।

परियोजनाका जोडी शिक्षक लालबहादुर खत्रीले २०७५ सालयता मात्रै ४३ जना राउटेको मृत्यु भएको बताउनुभयो । धेरै जसो राउटे बस्ने गरेको दैलेखको गुराँस गाउँपालिकामा २०७५ असारदेखि राउटे परियोजना लागु गरिएपछि राख्न थालिएको तथ्याङ्क अनुसार हालसम्ममा ४३ जनाको मृत्यु भएको हो ।

औषधी र खोप लगाउँदैनन्

छ वर्षको अवधिमा मृत्यु भएका ४३ जना राउटेमा धेरै जसो पुरुष छन् । त्यसमा पनि धेरैले अकालमै ज्यान गुमाएका छन् । कोही बिरामले, कोही सिकार खेल्ने क्रममा र कोही अधिक रक्सी पिएर राउटेको मृत्यु भएको पाइन्छ । त्यसै गरी पोषिलो खानेकुराको अभावले राउटे समुदायका बालबालिकाको मृत्यु हुने गरेको जोडी शिक्षक खत्रीले बताउनुभयो । बिरामी भए उपचारका लागि उनीहरूलाई अस्पताल लान पनि निकै कठिन हुन्छ । उहाँले बरु मृत्यु सहजै स्विकार्ने राउटेलाई उपचार गर्न मनाउन साह्रै कठिन हुने गरेको जनाउनुभयो । उहाँ भन्नुहुन्छ, “औषधी खान र सुई लगाउन त राउटे मान्दै मान्दैनन् ।” उहाँका अनुसार बिहीबार ज्यान गुमाएका राउटे किशोर वृषबहादुर शाही बिरामी हुँदा बारम्बार उपचार गर्न आग्रह गरिएको थियो । उहाँले भन्नुभयो, “बारम्बार उपचार गर्न आग्रह गर्दा पनि राउटेहरूले बरु मर्छौं तर उपचार गर्दैनौँ भनेकाले ढिला भयो । बल्लतल्ल उपचार गर्न माने पनि ढिलो भएको हुँदा शाहीको मृत्यु भयो ।”

शोकपछि बसाइँ सराइ

२०७५ यता राउटे ९४ ठाउँमा बसाइँ सरेका छन् । राउटे समुदायका कुनै सदस्यको मृत्यु भएमा उनीहरू तत्कालै बसाइँ सर्छन् । जोडी शिक्षक खत्रीले छ वर्षको अवधिमा राउटे ९४ ठाउँमा बसाइँ सरेको जानकारी दिनुभयो ।

राउटे समुदाय अहिले दैलेखको गुराँस गाउँपालिका–१, सिमसालमा बस्दै आएका छन् । राउटेहरू धेरै जसो सुर्खेत, दैलेख, अछाम, जाजरकोट, दाङका जङ्गलहरूमा घुम्दै बस्ने गर्छन् । परिवारका कुनै सदस्यको मृत्यु हुनुका साथै पानी र बस्तीनजिक भएको ठाउँसमेत उनीहरूको रोजाइ बन्छ ।

राउटेहरू जति ठाउँमा बसाइँ सर्छन्, आफूहरू पनि उनीहरूसँग जानुपर्ने जोडी शिक्षक खत्रीले बताउनुभयो । उहाँले आफूहरू राउटे बस्तीनजिकको गाउँमा भाडामा बस्ने गरेको बताउनुभयो ।

परियोजनामा चार जना कर्मचारी छन् । उहाँले दुई जना स्वास्थ्यकर्मीसहित आफूहरू दुई जना शिक्षक रहेको बताउनुभयो । अहिले राउटेको सङ्ख्या १३४ मा झरेको छ ।

वृषबहादुर शाहीको मृत्यु भएपछि राउटेको सङ्ख्या १३४ मा झरेको हो । सङ्घीय सरकार तथा कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायलाई सामाजिक सुरक्षा भत्ता दिने गरेको छ । नागरिकता नबनाउने उनीहरूलाई दैलेखको गुराँस गाउँपालिकाले परिचयपत्र बनाएर सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ ।गोरखापत्र बाट साभार

शनिबार, असोज ०५, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ५.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ६.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.