• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

देशभर विद्युत् आपूर्ति प्रभावित

  •   आइतबार, असोज १३, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज १३

बिहीबारदेखि सुरु भएको निरन्तरको अविरल वर्षाका कारण मुलुकका विभिन्न स्थानमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ । पानीको उच्च बहावका कारण अधिकांश जलविद्युत् आयोजना बन्द हुँदा आधाभन्दा धेरै विद्युत् आपूर्ति प्रभावित भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषका अनुसार विद्युत् प्रणालीमा २८ सय मेगावाट प्रवाह हुनुपर्नेमा शनिबार साँझको पिक समयमा एक हजार ३७० मेगावाट मात्र विद्युत् आपूर्ति हुन सकेको छ । काठमाडौँ उपत्यकामा चार सय मेगावाट आपूर्ति गर्नुपर्नेमा तीन सय मेगावाट मात्रै आपूर्ति गर्न सकिएको छ । नदीमा जलसतह खतराको अवस्थामा पुग्दा सुरक्षाका लागि अधिकांश आयोजना बन्द भएका हुन् । खास गरी सोलु खोला कोरीडोरका विद्युत् आयोजना, माथिल्लो तामाकोशी, चिलिमे, त्रिशूली खोला देवीघाट जलविद्युत् आयोजना पनि बन्द छन् । माथिल्लो त्रिशूली थ्री ए मर्मत नै भइरहेकाले विद्युत् उत्पादन छैन ।

अविरल वर्षाका कारण आएको पहिरोले दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवक्र्स) मा क्षति पुर्‍याएको छ । पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ भने चार जना बेपत्ता छन् । आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार दुई जना आयोजनाका कर्मचारी र दुई जना नेपाली सेनाका जवान सम्पर्कविहीन छन् ।

गौतमले बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र नहर (कल्भर्ट) मा क्षति पुगेको छ । बाढीका कारण निजी क्षेत्रका दुई वटा जलविद्युत् आयोजनामा क्षति पुगेको छ । बागमतीको बाढी र कुलेखानी जलविद्युत् आयोजनाबाट निकास भएको पानीसमेत थपिँदा २२ मेगावाटको माण्डु हाइड्रोको विद्युत् गृहमा ठुलो क्षति भएको जनाइएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) का महासचिव बलराम खतिवडाका अनुसार २१ मेगावाटको तल्लो हेवाखोला जलविद्युत् आयोजनाको हेडवक्र्स र पावरहाउसमा क्षति पुगेको छ । गत वर्ष वाढीले क्षति पुर्‍याएको १२ मेगावाटको माथिल्लो हेवाखोला जलविद्युत् आयोजनामा पुन क्षति पुगेको छ । आयोजना मर्मत सम्पन्न गरी शनिबारदेखि नै सञ्चालनमा ल्याउने तयारी थियो ।

प्रसारण लाइन पनि अवरुद्ध

प्रसारण लाइनका टावरहरू ढल्दा पूर्वी नेपाल र काठमाडौँ उपत्यकाको विद्युत् आपूर्तिमा समस्या भएको प्रवक्ता घोषले जानकारी दिनुभयो । दमक १३२ प्रसारण लाइनको ५१ नम्बरको टावर ढलेकाले इलामसहित ताप्लेजुङ, पाँचथरलगायतका जिल्लाका अधिकांश स्थान विद्युत्विहीन छन् । काठमाडौँ उपत्यकामा विद्युत् आपूर्ति गर्ने लामोसाँघु खिम्ती प्रसारण लाइनको सात नम्बर टावर ढल्दा उपत्यकामा विद्युत् आपूर्ति प्रभावित भएको छ । यसले गर्दा उपत्यकाको विद्युत् आपूर्ति प्रभावित भएको उहाँले बताउनुभयो । वर्षा जारी रहेकाले यी टावर पुनः निर्माण गर्न केही समय लाग्ने उहाँले जानकारी दिनुभयो ।

उपत्यकामा शनिबार दिउँसो आधाभन्दा धेरै विद्युत् आपूर्ति बन्द भएको थियो । बानेश्वर सबस्टेसनबाट ललितपुरको गोदावरी, इमाडोल, लुभु च्यासल क्षेत्रमा विद्युत् आपूर्ति भएका फिडहरू प्रभावित भएका थिए । भक्तपुर सबस्टेसनबाट खोपासी, नलिनचोक र बोडे खानेपानीलाई विद्युत् आपूर्ति दिइएका फिडर बन्द छन् । त्यस्तै पाटन सबस्टेसनबाट विद्युत् आपूर्ति दिइएका खुमलटार, इमाडोल, सातदोबाटो, गोदावरी, हात्तीवन, चापागाउँ, खोकना, चक्रपथ, हरिसिद्धी, रेडियो नेपाल र लुभु फिडर बन्द गरिएको थियो ।

आइतबार, असोज १३, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.