• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन १३, २०८३
☰
बुधबार, साउन १३, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • २. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ३. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

  • ५. सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ६. पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

  • ७. सरकारसँगको वार्तापछि सोनम वाङ्चुकले अन्त्य गरे आमरण अनसन

  • ८. चितवनमा ग्यास सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एकको अवस्था गम्भीर

  • ९. शिक्षामन्त्रीको राजीनामा पछि सीजेपीको आन्दोलन फिर्ता

  • १०. वर्षा र पहिरोले एक दर्जन सडक प्रभावित, नौ राजमार्ग पूर्ण रूपमा अवरुद्ध

बाढीपहिरोमा १७० जनाको मृत्यु ४२ जना बेपत्ता चार हजारको उद्धार

  •   सोमबार, असोज १४, २०८१ मा प्रकाशित

काठमाडौं ,असोज १४
बिहीबार रातिदेखि परेको अविरल घनघोर वर्षापछिको बाढीपहिरो र डुबानमा परी देशभर १७० जनाको मृत्यु भएको छ । ४२ जना अझै बेपत्ता छन् । १११ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

गृह मन्त्रालयका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी तथा स्थानीयको संयुक्त प्रयासमा झन्डै चार हजारको सकुशल उद्धार गरिएको छ । मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार काभ्रेपलाञ्चोक, सिन्धुली र ललितपुरबाट १६२ जनाको नेपाली सेनाले हेलिकोप्टरमार्फत उद्धार गरेको छ ।

सबैभन्दा बढी काठमाडौँ उपत्यकामा

७४ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता दानबहादुर कार्कीले जानकारी दिनुभयो । काठमाडौँमा मात्र ४७ जनाको मृत्यु तथा छ जना बेपत्ता छन् । यसै गरी भक्तपुरमा पाँच र ललितपुरमा २२ जनाको मृत्यु भएको छ । त्रिभुवन राजमार्ग अन्तर्गत चन्द्रागिरि नगरपालिका–२ र धादिङको धुनीबेँसी–९, झ्याप्लेखोलामा पहिरोले तीन वटा यात्रुवाहक बस पुरिँदा हालसम्म ३५ जनाको शव फेला परेको छ । सोही स्थानमा अझै बेपत्ता १९ जना छन् । यसै गरी काभ्रेपलाञ्चोकमा हालसम्म २९ जनाको शव फेला परेको छ, १९ जना बेपत्ता छन् । मकवानपुरमा सात जनाको मृत्यु भएको छ ।

कोशी प्रदेशमा हालसम्म १७ जनाको मृत्यु भएको छ भने थप आठ जना बेपत्ता छन् । पाँचथरमा पाँच जनाको मृत्यु र पाँच जना बेपत्ता, सोलुखुम्बुमा पाँच, धनकुटामा तीन जनाको मृत्यु भएको छ । सुनसरी र उदयपुरमा एक/एक जनाको मृत्यु भएको छ । झापामा दुई जनाको मृत्यु भएको र तीन जना बेपत्ता छन् ।

सिन्धुपाल्चोकमा नौ जनाको मृत्यु र तीन जना बेपत्ता छन् । महोत्तरीमा दुई जनाको मृत्यु र सर्लाहीमा एक जना बेपत्ता छन् । दोलखामा तीन, नुवाकोट र रामेछापमा एक/एक जनाको मृत्यु भएको छ । रुपन्देहीमा दुई जना बेपत्ता छन् ।

खोज तथा उद्धार जारी

प्राकृतिक विपत्बाट प्रभावितको खोज तथा उद्धारलाई तदारुकता दिँदै सरकारले नेपाली सेनाको हेलिकोप्टरसहित ठुलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ । सेनाले देशभरका विभिन्न १६० स्थानबाट चार हजार पाँच सय जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरेको छ ।

नेपाल प्रहरीले सम्पूर्ण जनशक्तिलाई नै देशभर खोज तथा उद्धारमा खटाएको छ । बिदामा रहेका प्रहरीलाई समेत फिर्ता बोलाएर खोज तथा उद्धारमा परिचालन गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । सशस्त्रले प्रभावित क्षेत्रमा सात हजार ४३३ जना सुरक्षा फौज परिचालन गरेको छ ।

सोमबार, असोज १४, २०८१ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ
कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ
मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)
अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक
‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज
रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

Namaste Chitwan

लोकप्रिय

  • १.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • २.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

  • ३.
    छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • ४.
    अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार

  • ५.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली

  • ६.
    पारस–दिव्याको केमेस्ट्रीसहित ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ सार्वजनिक

भर्खरै

  • १.
    सुनसरी घटनाबारे प्रधानमन्त्रीद्वारा सुरक्षा निकायका प्रमुखसँग बिफ्रिङ

  • २.
    कर्णालीमा नवनियुक्त मुख्यमन्त्री शाहीको शपथ

  • ३.
    मन्त्रीपरिषद् बैठकका पाँच निर्णय (सूचीसहित)

  • ४.
    अस्ट्रेलियामा ‘मालती मंगले’को भव्य रेड कार्पेट प्रिमियर, सिड्नीमा हाउसफुलसँगै ओभरफ्लो दर्शक

  • ५.
    ‘बेहुली’को ‘दिलमा ठाउँ छ’ डिजिटलमा सुपरहिट, ४ दिनमै १३ लाख भ्युज

  • ६.
    रहस्यमय थिम पोस्टरसहित ‘पञ्चमी’को घोषणा, निर्देशनमा सौगात बस्नेतको डेब्यु

  • ७.
    ‘ककाकिकी’को थिम गीत सार्वजनिक, नयाँ कथाको झल्को

  • ८.
    ‘पार्वती’को टिजर सार्वजनिक, अटिजम भएकी दिदी र भाइको भावुक कथाले बढायो उत्सुकता

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.