काठमाडौं ,साउन ०२
नेकपा एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेकपा एकता राष्ट्रिय अभियानबिच एकता भएको छ । शुक्रबार राष्ट्रिय सभागृहमा भएको समारोह गरी दुई पार्टीबिच एकता भएको घोषणा गरेको हो । समारोहमा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष गौतमले एकीकृत समाजवादीमा समाहित भएको घोषणा गरेका थिए ।
पार्टी एकीकरण हुँदा ज्यादै खुसी भएको बताए । पार्टी कार्यालय स्वयम्भूबाट एकीकृत पार्टीको कार्यालयसम्म आउन चार वर्ष लागेको बताए ।
गौतम एकीकृत समाजवादीमा प्रवेश गरेको घोषणा गर्दा उपस्थिति नेता तथा कार्यकर्ताहरू निकैबेर हुटिङ गरेका थिए । उनलाई एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, सम्मानित नेता लगायत नेताहरूले स्वागत गरेका थिए ।
विसं २०७७ मा तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट अलग भएका दुवै पार्टीले छुट्टाछुट्टै राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका थिए ।लामो समयदेखि दुवै पार्टीका नेताबीच पार्टी एकीकरणका लागि औपचारिक तथा अनौपचारिक छलफलमा गरिएको थियो । एकता हुन लागेको उक्त पार्टीको पार्टी अध्यक्ष नेपाल, सम्मानित नेता खनालपछि नेता गौतमको मर्यादाक्रम व्यवस्थापन गरिएको छ ।


