• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक २२, २०८३
☰
आइतबार, कार्तिक २२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३. ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र गायत्रीको रोमान्टिक नृत्य

  • ४. रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • ५. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६. ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ९. जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

  • १०. भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

यातायात व्यवस्थापन सहज बनाउन निर्देशन, नागढुङ्गा सुरुङमार्गबाट यात्रुवाहक सवारीसाधन बाहिरिन पाउने

  •   शनिबार, असोज ०४, २०८२ मा प्रकाशित

काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले चाडबाड लक्षित यातायात व्यवस्थापन सहज बनाउन र सडक सुरक्षाका विषयमा आज सरोकारवालासँग छलफल गर्नुभएको छ ।

छलफलपछि मन्त्री घिसिङले चौबिसै घण्टा यात्रुलाई सडक अवस्थाबारे जानकारी दिन र गुनासो सुन्न तथा त्यसको व्यवस्थापनका लागि निर्देशन दिनुभयो । त्यसैगरी बाढी पहिरोले अवरुद्ध सडकहरू तत्काल सञ्चालनमा ल्याउन पनि निर्देशन दिनुभएको छ ।

बैठकमा काठमाडौँ उपत्यकाबाट बाहिर जाने सवारीसाधनहरूमध्ये सार्वजनिक सवारीसाधनहरू नागढुङ्गा–सिस्नेरी–सुरुङमार्गबाट बाहिर जाने व्यवस्था मिलाउने र दसैँपछि त्यस्ता सवारीसाधनहरू प्रवेशसमेत गर्न पाउने व्यवस्था मिलाउन छलफल भएको घिसिङको सचिवालयले जनाएको छ ।

काठमाडौँ उपत्यकाको नयाँ बसपार्क तथा मुलुकका विभिन्न राजमार्गमा सुरक्षा व्यवस्था चुस्त–दुरुस्त बनाउन प्रहरी गस्ती तथा प्रहरी सङ्ख्या थप गराउन नेपाल प्रहरीलाई निर्देशन दिन गृह मन्त्रालयलाई अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

राजमार्गहरूको कमजोर अवस्था तथा यात्रुवाहक सवारीसाधनहरूको आवागमनलाई प्राथमिकता दिनुपर्ने भएकाले बुटवल–नारायणघाट सडकको दाउन्ने खण्डमा दसैँ अवधिभर लागू हुनेगरी ठूला भारबहन सवारीसाधनहरू ९१२ चक्के र सोभन्दा माथि० सञ्चालन नगर्न÷नगराउन अनुरोध गर्ने निर्णय गरिएको छ । उक्त सडकखण्डका लागि खाद्यान्नलगायतका अत्यावश्यक सामग्रीहरु ढुवानी गर्ने सवारीसाधनहरूलाई निरन्तर आवागमनको व्यवस्था मिलाउन भनिएको छ ।

मुलुकभरका मुख्य सडकहरूलाई चुस्त–दुरुस्त राख्न, सुधार गर्न/गराउन, पहिरोजन्य विपद्हरूको व्यवस्थापन गर्न आवश्यक सामग्री तथा यन्त्रहरूको व्यवस्थापन गर्न, बुटवल–नारायणगढ सडकको दाउने खण्डमा २४सै घण्टा दुईतर्फी यातायात सञ्चालन गर्न, नारायणगढ मुग्लिन सडक खण्डको तुइन खोलामा भएको अवरोध (पहिरो) हटाई तत्काल यातायात सञ्चालनमा ल्याउन र तातोपानी नाकालाई जोड्ने मुख्य सडक दसैँअगाडि सञ्चालनमा ल्याउने गरी आवश्यक कार्य गर्न र गराउन बैठकले सडक विभागलाई निर्देशन दिएको छ ।

आम नागरिकहरूलाई मौसम र सडकको अवस्था बुझेर मात्र यात्रा गर्न हुन अनुरोध गर्दै सार्वजनिक सूचना जारी गर्ने निर्णयसमेत भएको छ । मुलुकभरिको सडकहरूको अवस्था र सुरक्षालाई व्यवस्थित गर्न २४ घण्टा नै सञ्चालन हुनेगरी ‘फोकल पर्सन’ समेतको व्यवस्थापन गर्न र गराउन सडक विभागलाई निर्देशन दिइएको छ ।

आजको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, यातायात व्यवस्था विभागका महानिर्देशक, सडक विभागका महानिर्देशक, नेपाल प्रहरी, नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका पदाधिकारीको उपस्थिति थियो ।

शनिबार, असोज ०४, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने
‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया
त्यो लक्ष्मीपूजा, यो उज्यालो
पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै
तिहारमा मिठाई र बत्तीको व्यापार

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ३.
    ‘सारथी’को प्रेमिल गीत ‘मयाली’ सार्वजनिक, गिरी र

  • ४.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी :

  • ५.
    आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • ६.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया

भर्खरै

  • १.
    ‘तिरिमिरी झ्याइँ’को पोस्टर सार्वजनिक, धिरेन शाक्यदेखि ‘दले दाइ’सम्म

  • २.
    ‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्दै, अस्ट्रेलिया र जुम्लामा छायांकन हुने

  • ३.
    ‘पाँच पाण्डव’ले दर्शकको मन जित्दै, हरिवंशले पाए सकारात्मक प्रतिक्रिया

  • ४.
    त्यो लक्ष्मीपूजा, यो उज्यालो

  • ५.
    पाँचधारेमा बौद्ध स्तुपा निर्माणसँगै पर्यटकीय आकर्षण बढ्दै

  • ६.
    तिहारमा मिठाई र बत्तीको व्यापार

  • ७.
    आज कुकुरतिहार र लक्ष्मीपूजा

  • ८.
    आज कार्तिक २१ गते आइतबारको तपाइको राशिफल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.