• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ४. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ५. पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

  • ८. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ९. आज कार्तिक १६ गते सोमबारको तपाइको राशिफल

  • १०. सामूहिक प्रयासमा फूलखेती

समृद्धिको आधार पूर्वाधार विकास

  •   शनिबार, माघ १७, २०८२ मा प्रकाशित

निजगढ (बारा), माघ १७ गते । मकवानपुरको लेनडाँडा र धेन्द्रेडाँडाको बिचमा रहेको जितपुरखोलामा धरहराभन्दा अग्ला ८२ मिटरका भीमकाय टावरले ठडिएका अत्याधुनिक ‘बक्स ब्रिज’ हेर्दा विकसित मुलुकमा भएको आधुनिक विकास पूर्वाधारको झल्को दिन्छ ।

दक्षिण एसियाकै नमुना विकास पूर्वाधार मानिने नेपालको बहुप्रतीक्षित राष्ट्रिय गौरवको आयोजना काठमाडौँ–तराई/मधेश दु्रतमार्ग (फास्ट ट्र्याक) मा दुई पहाड जोड्न बन्दै गरेका ८९ वटा आधुनिक पुल र पहाड छेडेर बन्दै गरेका सात वटा विशाल सुरुङले मुलुक आधुनिक विकासको युगतर्फ अघि बढेको प्रस्ट हुन्छ । मुलुकको सङ्घीय राजधानी काठमाडौँदेखि तराईसम्म कठिन र जोखिम यात्रालाई फास्ट ट्र्याकले एक घण्टामै सीमित गर्ने भएपछि सहज ढुवानी र आवतजावतका कारण मुलुकको समग्र अर्थतन्त्रमै ठुलो योगदान पुग्ने अपेक्षा गरिएको छ ।

विसं २०७४ वैशाख २१ गते सरकाले यस आयोजना निर्माणको जिम्मा नेपाली सेनालाई दिने निर्णय गरेको थियो । सेनाको व्यवस्थापनमा निर्माणाधीन द्रुतमार्गको ४५.१६ प्रतिशत भौतिक काम सम्पन्न भएको छ । दुई खर्ब १३ अर्ब लागत रहेको आयोजनाको वित्तीय प्रगति ४५.३३ प्रतिशत पुगेको काठमाडौँ–तराई/मधेश द्रुतमार्ग सडक आयोजनाले जनाएको छ ।

आधाभन्दा बढी सकियो सुरुङ खन्ने काम

सुरुङ र पुलैपुलको आयोजनाका रूपमा रहेको यस द्रुतमार्गको कुल लम्बाइ (७०.९७७ किमी) रहेको छ । यसको करिब एक तिहाइ (३३.६२ प्रतिशत) खण्डमा सुरुङ र पुल निर्माण भइरहेका छन् । सुरुङ र पुलको कुल लम्बाइ २३. ८६४ किलोमिटर छ । त्यसमध्ये पुलहरूको कुल लम्बाइ १०.९७९ किलोमिटर र सुरुङको कुल लम्बाइ १२.८८५ किलोमिटर छ । जम्मा ८९ वटा पुल निर्माण भइरहेका छन् । आयोजनाको कुल लम्बाइमध्ये १८.१५ प्रतिशत पुलको लम्बाइ छ । आयोजनाका अनुसार मकवानपुरको धेन्द्रे एक हजार ६९१ मिटरको सुरुङ र लेनडाँडाका (दुईतर्फी) एक हजार ६२३ मिटर लामो चार वटा सुरुङ छिचोलिइसकेका (ब्रेक थ्रु) छन् ।

सबैभन्दा लामो तीन हजार ४५५ मिटर महादेवडाँडा सुरुङ ‘बे्रक थ्रु’ हुने गरी काम अघि बढाइएको छ । त्यस्तै चन्द्रामभिर, देवीचौर, सिसौटार र मौरीभिरसहित सात स्थानमा बन्ने सुरुङमध्ये पाँच स्थानका सुरुङ निर्माणको काम पनि अन्तिम चरणमा पुगेको छ । ललितपुरको खोकनादेखि सुरु भई काठमाडौँ, मकवानपुर हुँदै बाराको निजगढस्थित पूर्वपश्चिम राजमार्गमा जोडिने यो फास्ट ट्र्याकको कुल लम्बाइ ७०.९७७ किमी रहेको छ भने चौडाइ पहाडी क्षेत्रमा २५ मिटर र तराई क्षेत्रमा २७ मिटर रहने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ ।

आयोजना अन्तर्गत ललितपुरमा नौ, काठमाडौँमा ४.६, मकवानपुरमा ४९.७ र बारामा ७.६ किलोमिटर सडक निर्माण हुँदै छ । हालसम्म विशेष प्रकृतिका अग्ला १३ स्थानका पुल निर्माण सम्पन्न भइसकेका छन् । ८५ स्थानमा रहेका पुलको पनि निर्माणकार्य तीव्र रूपमा भइरहेको नेपाली सेनाले जनाएको छ । नेपाली सेनाका प्रवक्ता सहायक रथी राजाराम बस्नेतले झन्डै ११ किमी सुरुङमार्गमध्ये लेनडाँडा र धेन्द्रेको ‘ब्रेक थ्रु’ भइसकेको र महादेवटार सुरुङको पनि करिब ७० प्रतिशत काम पूरा भएको बताउनुभयो ।

द्रुतमार्गमा बन्ने ८९ वटा पुलमध्ये ८५ वटाको ठेक्का भई काम अघि बढिरहेको बताउँदै प्रवक्ता बस्नेतले भन्नुभयो, “सरकारले राष्ट्रिय गौरवको द्रुतमार्ग निर्माणमा सहयोग र समन्वय गर्दै आएको छ । हामीले पनि २०८३ चैतसम्मको समयसीमाभित्र आयोजना सम्पन्न गर्ने गरी तीव्र रूपमा काम गरिरहेका छौँ ।” उहाँले आयोजनाको प्रस्थानबिन्दु ललितपुरको खोकना क्षेत्रमा मुआब्जा विवादबारे पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानका विज्ञबाट अध्ययन पनि भइरहेको बताउँदै खोकना विवाद समाधानका लागि विभिन्न विकल्पको खोजी गरिने बताउनुभयो ।

आयोजना निर्माण गर्दा काटिएका ५४ हजार रुखको सट्टामा सात लाख ५० हजार नयाँ बिरुवा रोपिएको र तीमध्ये एक लाख ५० हजार सामुदायिक वनलाई हस्तान्तरण गरिएको आयोजनाले जनाएको छ । यसै गरी आयोजना अन्तर्गत चार वटा पुल बन्ने स्थानको जग्गा अधिग्रहण भइनसकेको र निर्माणाधीन पुलमध्ये ५४ वटाको फाउन्डेसन र ३४ स्थानका पुलको सबस्ट्रक्चर तयार भइसकेको आयाजनाले जनाएको छ ।

हाल चिनियाँ, कोरियन र नेपाली कम्पनीले विशिष्ट प्रकृतिका त्यस्ता पुल निर्माणलाई तीव्रता दिएको र यही आर्थिक वर्षमा भौतिक र आर्थिक प्रगति उल्लेख्य बढ्ने पनि आयोजनाले जनाएको छ ।  चालु आवको अन्त्यसम्म १५ स्थानका पुल निर्माण सम्पन्न हुने जनाइएको छ । आयोजना अन्तर्गत ११ किमी सडकको सब वे तथा सर्भिस लेनमा पाँच किलोमिटर सडक कालोपत्रे निर्माण सम्पन्न भइसकेको छ ।

द्रुतमार्ग अन्तर्गत निजगढतर्फको प्र्रस्थानबिन्दुमा टोल प्लाजा भवन र इन्टरचेन्ज निर्माण तीव्र रूपमा अघि बढेको छ । यस्तो इन्टरचेन्ज खोकना, बुदुने र निजगढमा रहने पनि आयोजनाले जनाएको छ । आयोजना निर्माणमा अधिग्रहण गर्नुपर्ने १५ हजार ४१६ रोपनीमध्ये खोकना क्षेत्रमा झन्डै ३५० रोपनी जग्गा अधिग्रहण हुन बाँकी छ ।

बयासी अर्ब खर्च, पैँतालिस प्रतिशत काम

नेपाली सेनाका अनुसार पुस मसान्तसम्म सो आयोजना अन्तर्गत कुल ८२ अर्ब ९७ करोड रुपियाँ खर्च भइसकेको छ; जुन आयोजनाको समष्टिगत वित्तीय प्रगतिको ४५.३३ प्रतिशत हो । अहिलेसम्म वित्तीय प्रगति ४५.३३ प्रतिशत हुँदासम्म आयोजनाको ४५ प्रतिशत काम सम्पन्न भएको हो ।

सैनिक प्रवक्ता बस्नेतका अनुसार सो रकममध्ये एक अर्ब ६५ करोड जग्गा खरिद, ८२.३७ करोड निर्माण व्यवसायी र ९.८१ करोड विद्युत् प्राधिकरणलाई पेस्की दिइएको छ । आयोजनाको प्रारम्भिक लागत एक खर्ब ७५ अर्ब रुपियाँ रहेकामा अहिले दुई खर्ब ११ अर्ब ९३ करोड रुपियाँ पुगेको छ ।

पछिल्लो समय बढ्यो गति 

सात वर्षको अवधिमा निकै सुस्त रहेको सो आयोजना निर्माणले चालु आव २०८२÷८३ मा गति लिएको हो । चालु आवको दोस्रो चौमासिकमै यस आयोजनाको भौतिक प्रगति ३.०३ प्रतिशत भएको सो आयोजनाले जनाएको छ । यसअघि सो आयोजनाको भौतिक प्रगति वार्षिक करिब पाँच प्रतिशतसम्म सीमित रहँदै आएको थियो । सहायक रथी एवं प्रवक्ता बस्नेतका अनुसार गत आव २०८१/८२ को मसान्तसम्म आयोजनाको भौतिक प्रगति ४२.१३ प्रतिशत रहेकोमा चालु आवको छ महिनामै आयोजनाले थप ३.०३ प्रतिशत प्रगति हासिल गरेको हो ।

दक्षिण एसियाकै नमुना आयोजना मानिने फास्ट ट्र्याक निर्माणमा हालसम्म प्राप्त प्रगति अवलोकन गर्न आउने जोकोही पनि उत्साही हुने गरेका छन् । मुलुकको एउटा रूपान्तरणकारी आयोजनाका रूपमा हेरिएको यो निर्माण कार्यले मुलुकमा केही भएन भन्ने निराशालाई पनि चिर्दै छ । आयोजना निर्माणलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ । गत मङ्गलबार प्रधानमन्त्री सुशीला कार्कीले आयोजनाको समग्र स्थलगत निरीक्षण गरी निर्माण कार्यलाई थप तीव्रता दिन निर्देशन दिनुभएको थियो ।

शनिबार, माघ १७, २०८२ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’
‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत
बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ४.
    न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय,

  • ५.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    रवि लामिछानेको अभिव्यक्तिपछि बालेनको कडा टिप्पणी : ‘देश जोगाउने र पार्टी जोगाउनेमा फरक हुन्छ’

  • २.
    ‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलोसँगै थ्रिलर संकेत

  • ३.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • ४.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ५.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ६.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ७.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ८.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.