• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बिहिबार, कार्तिक १९, २०८३
☰
बिहिबार, कार्तिक १९, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ५. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ६. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

  • ७. विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

  • ८. न्यायालय सुधारको मुद्दा संसदमा लैजाने रास्वपाको निर्णय, पत्रकारमाथिको धरपकडमा आपत्ति

  • ९. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

  • १०. तिहार र छठ लक्षित ट्राफिक प्रहरीको विशेष सुरक्षा योजना, एक हजार छ सय जनशक्ति परिचालन

चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  •   बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित

रसुवा- रोजगारीको खोजीमा विदेशिने युवाको सङ्ख्या बढिरहेका बेला रसुवाका एक युवा भने गाउँमै चौँरीपालनमा रमाइरहेका छन । आफ्नै गाउँमा मेहनत र परिश्रम गरे सफल हुन सकिन्छ भन्ने उदाहरण बन्नुभएको छ, गोसाइँकुण्ड गाउँपालिका–६ नागुङका ३४ वर्षीय पासाङ शेर्पा ।

तीन वर्ष मलेसियामा बिताउनुभएका पासाङले विदेशमा सोचेजस्तो आम्दानी गर्न नसकेपछि जन्मभूमि फर्केर पुख्र्यौली पेसालाई व्यावसायिक बनाउने निर्णय गर्नुभयो । हजुरबुबा र बुबाको पालादेखि हुँदै आएको चौँरीपालनलाई निरन्तरता दिने सोचसहित उहाँले परिवारको भागमा परेका १० वटा चौँरीबाट व्यवसाय सुरु गर्नुभयो ।

विदेशबाट फर्किएको निर्णयलाई सही साबित गर्न उहाँलाई धेरै समय लागेन । विगत ११ वर्षदेखि निरन्तर चौँरीपालनमा लाग्नुभएका पासाङसँग अहिले करिब रु ४५ लाख बराबरका ६० वटा चौँरी छन् । उहाँले उत्पादन गरेको दूध तथा दुग्धजन्य पदार्थ काठमाडौँस्थित दुग्ध विकास संस्थान (डिडिसी) मा बिक्री हुँदै आएको छ ।

पासाङका अनुसार चौँरीले वर्षमा छ महिना मात्र दूध दिन्छन । दूध दिने अवधिमा करिब रु ११ लाख बराबरको कारोबार हुन्छ । अन्य छ महिना चौँरी चरन क्षेत्रमा घाँस खाएर बस्छन् । वार्षिक खर्च कटाएर करिब रु पाँच लाख खुद आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।

गोसाइँकुण्ड गाउँपालिकाबाट तीन वर्षअघि प्राप्त रु सात लाख अनुदानले व्यवसायलाई थप व्यवस्थित र विस्तार गर्न सहयोग पुगेको पासाङको भनाइ छ । आफ्नै मेहनतले चौँरी फार्मलाई रु ४५ लाख बराबरको सम्पत्तिमा रूपान्तरण गर्न सफल उहाँ पुख्र्यौली पेसालाई नयाँ पुस्तासम्म पुर्याउन चाहनुहुन्छ । “अरूको देशमा पसिना बगाउनुभन्दा आफ्नै गाउँमा दुःख गरेअनुसारको प्रतिफल पाइन्छ,” पासाङ भन्नुहुन्छ, “हाम्रा पुर्खाहरू दुःखमा परेका कारण हामीले धेरै पढ्न पाएनौँ, तर आज अनुभवकै बलमा यहाँसम्म आइपुगेका छौँ ।”

हजुरबुबाको पालादेखि चल्दै आएको चौँरीपालनलाई उहाँ नयाँ पुस्ताका लागि पनि प्रेरणाको स्रोत मान्नुहुन्छ । त्यसैले व्यवसायलाई थप व्यवस्थित बनाउन नागुङमा १३ रोपनी जग्गामा चौँरीका लागि गोठ निर्माण गर्नुभएको छ । विदेश जान युवाको लर्को लागिरहेका बेला पासाङले गाउँमै गरेको यो मेहनतले स्थानीयस्तरमा रोजगारी र आम्दानीको सम्भावना देखाएको छ । परम्परागत पेसालाई व्यावसायिक रूप दिन सके गाउँमै बसेर पनि राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उहाँको सफलताले पुष्टि गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिकाका अध्यक्ष कैसाङनुर्पु तामाङ पासाङको मेहनत र लगनशीलताको प्रशंसा गर्नुहुन्छ । उहाँका अनुसार पासाङ गाउँपालिकाकै उदाहरणीय र नमूना किसान हुनुहुन्छ ।

त्यस्तै, वडा नं ६ का वडाध्यक्ष कर्मा दावा सिदार वाइबा पनि पासाङको व्यावसायिक सफलताले गाउँका अन्य युवालाई आफ्नै ठाउँमा उद्यम गर्न प्रेरित गरेको बताउनुहुन्छ । “विदेशी भूमिमा पसिना बगाउनुभन्दा स्वदेशमै यस्ता व्यवसाय गर्न सके गाउँघर खाली हुने अवस्था आउने थिएन,” उहाँ भन्नुहुन्छ ।

परिवारको पुर्ख्यौली पेसालाई व्यावसायिक रूप दिँदै पासाङले देखाएको सफलताले गाउँमै सम्भावना खोज्ने हो भने विदेशिनु नै एकमात्र विकल्प होइन भन्ने सन्देश दिएको छ ।

बिहिबार, कार्तिक १९, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते
पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक
अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत
आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल
इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने
‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

Namaste Chitwan

लोकप्रिय

  • १.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ४.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

  • ५.
    ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ

  • ६.
    ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा,

भर्खरै

  • १.
    बैतडीमा जिप दुर्घटनाः एकको मृत्यु, छ जना घाइते

  • २.
    पुरानो परिवेशमा अनमोल र प्रिन्सीको प्रेमकथा, ‘बाटुलो जून’को ट्रेलर सार्वजनिक

  • ३.
    चौँरीगोठमै भेटियो पासाङलाई विदेशभन्दा राम्रो अवसर

  • ४.
    अमेरिकाको मध्यावधि निर्वाचनमा दुवै सदनमा डेमोक्रेटिकको बहुमत

  • ५.
    आज कार्तिक १९ गते बिहिबारको तपाइको राशिफल

  • ६.
    इन्द्रदेव सिनेमामा टिकटको मूल्य घट्यो, अब ७५ रुपैयाँमै फिल्म हेर्न पाइने

  • ७.
    ‘जलाकी’को ट्रेलरले तान्यो दर्शकको ध्यान, युट्युबमा छैटौँ स्थानमा

  • ८.
    जलबिरे झरनाबाट फर्किने क्रममा कार खोलामा खस्यो, भारतीय नागरिकको मृत्यु

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.