काठमाडौं , मधेस प्रदेशका स्थापित पत्रकार तथा विजयपथ डट कम का प्रधान सम्पादक विजय कुसवाह नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गर्नुभएको छ। उहाँ माघ १७ गते पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा औपचारिक रूपमा पार्टीमा आबद्ध हुनुभएको हो।
नेपाली काँग्रेस निकट प्रेस युनियनका केन्द्रीय सदस्य, मधेस प्रदेश अध्यक्ष तथा जनता टिभी र हिमालय टिभीका मधेस ब्यूरो प्रमुखका रूपमा काम गरिसक्नुभएका कुसवाहलाई नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा स्वागत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै पार्टी नेतृत्वले कुसवाहको पत्रकारिता अनुभव, मधेससँगको गहिरो सम्बन्ध र राजनीतिक चेतनाले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
तपाईको प्रतिक्रिया


