• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री

  •   बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताउनुभएको छ ।

मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा मन्त्री डा. तिमिल्सिनाले छोटो अवधिमा सबै क्षेत्रलाई एकैपटक व्यवस्थित गर्न चुनौतीपूर्ण भए पनि सरकारले प्राथमिकताका आधारमा काम गरिरहेको बताउनुभयो ।

उहाँले दूरसञ्चार सेवाको गुणस्तर सुधार, प्रतिस्पर्धा विस्तार तथा सञ्चार क्षेत्रलाई व्यवस्थित बनाउने दिशामा सरकार केन्द्रित रहेको उल्लेख गर्नुभयो ।

हाल तत्काल फोरजी सेवा बन्द गरेर फाइभजीमा जाने अवस्था नरहेको उल्लेख गर्दै उहाँले अहिलेलाई फोरजी सेवालाई अधिकतम प्रभावकारी बनाउने र त्यसपछि क्रमिक रूपमा फाइभजी कार्यान्वयन गरिने तयारी भइरहेको जानकारी दिनुभयो ।

फाइभजी सेवा सुरु गर्ने विषय सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै आवश्यक ‘फ्रिक्वेन्सी’ निर्धारण र वितरणसम्बन्धी तयारीसमेत अगाडि बढाइएको उहाँको भनाइ थियो ।

दूरसञ्चार क्षेत्रमा प्रतिस्पर्धा बढाउन थप मोबाइल ‘अपरेटर’ आवश्यक रहेको विषयमा पनि सरकारले अध्ययन गरिरहेको मन्त्री तिमिल्सिनाले बताउनुभयो ।

हाल दुई कम्पनीले मोबाइल सेवा प्रदान गरिरहेको अवस्थामा तेस्रो मोबाइल अपरेटरको आवश्यकता पहिचान तथा निर्धारणका सन्दर्भमा आवश्यक प्रक्रिया अगाडि बढाइएको जानकारी दिँदै उहाँले यसले दूरसञ्चार क्षेत्रलाई थप प्रभावकारी र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गर्नुभयो ।

सरकारले नेपाल टेलिकमलाई थप सुदृढ बनाउने, दूरसञ्चार पूर्वाधारलाई जनताको हितमा उपयोग गर्ने तथा समग्र दूरसञ्चार प्रणालीलाई मजबुत बनाउने नीति लिएको पनि उहाँले बताउनुभयो । यी विषयमा मन्त्रालयले नेपाल टेलिकम तथा नियामक नेपाल दूरसञ्चार प्राधिकरणसँग नियमित छलफलमा रहेको र आवश्यक सहयोग गर्न तयार रहेको सञ्चारमन्त्री तिमिल्सिनाले बताउनुभयो ।

दूरसञ्चार क्षेत्रका विद्यमान समस्या समाधानका लागि कानुन कार्यान्वयन गर्दै सुधार प्रक्रिया अघि बढाइएको उहाँको भनाइ छ । विशेषगरी नेपाल टेलिकमसँग सम्बन्धित बिलिङ बिलिङ प्रणाली तथा सेवा व्यवस्थापनका विषयमा सरकार गम्भीर रहेको उल्लेख गर्दै सञ्चारमन्त्रीले यी कार्यमा विद्यमान विधि विधानभित्र रहेर पारदर्शितालाई केन्द्रमा राखी कुनै विवाद सिर्जना नहुने गरी समाधान खोजिने बताउनुभयो ।

नेपाल टेलिकममा जनताको लगानी र सरकारी दायित्व दुवै जोडिएको उल्लेख गर्दै उहाँले कानुन र नियम अनुसार आवश्यक भूमिका निर्वाह गनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा ‘डेटा सेन्टर’ तथा डिजिटल पूर्वाधार विकासका विषयमा पनि सरकारले अध्ययन गरिरहेको सञ्चारमन्त्री डा. तिमिल्सिनाले बताउनुभयो । बहुराष्ट्रिय कम्पनीहरूको चासो, ‘डिजिटल फिजिबिलिटी’ तथा विदेशी लगानी आकर्षित गर्ने सम्भावनाबारे अध्ययन भइरहेको उल्लेख गर्नुहुँदै उहाँले नेपाललाई क्षेत्रीय ‘डेटा सेन्टर हब’का रूपमा विकास गर्न सकिने सम्भावनाबारे अध्ययन जारी रहेको जानकारी दिनुभयो ।

जनताको करबाट जोडिएका सम्पत्तिको दुरुपयोग तथा प्रणालीगत भ्रष्टाचार रोक्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै कुनै निकाय, संस्था वा कर्मचारीबाट गलत कार्य भएको सूचना प्राप्त भए सम्बन्धित राज्य संयन्त्र सक्रिय बनाइने उहाँले बताउनुभयो । त्यसका लागि आवश्यक सूचना प्रत्यक्ष रूपमा उपलब्ध गराउनसमेत उहाँले आग्रह गर्नुभयो ।

सञ्चारमन्त्री तिमिल्सिनाले लोकतन्त्रलाई बलियो बनाउन स्वतन्त्र र जिम्मेवार पत्रकारिता अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो । मिडिया क्षेत्र बलियो भएन भने लोकतन्त्र बलियो हुन नसक्ने उल्लेख गर्नुहुँदै उहाँले सरकार मिडियाको भूमिकाप्रति संवेदनशील रहेको बताउनुभयो ।

सञ्चारमाध्यमहरूले पनि जिम्मेवार र व्यावसायिक पत्रकारितामा जोड दिई आफ्नो छवि सुधार्नुपर्ने धारणा उहाँको थियो । विज्ञापन वितरण, सञ्चारमाध्यमको दिगोपन तथा पत्रकारहरूको हितका विषयमा अध्ययन गरेर नीतिगत सुधार गरिने जानकारी पनि उहाँले दिनुभयो ।

सरकारले सरकारी विज्ञापनका सन्दर्भमा सञ्चारमाध्यम र समाचार संस्थासँग सम्बन्धित समस्या समाधानका लागि मन्त्रालय तथा सम्बन्धित निकायमार्फत समन्वय गरिरहेको जनाएको छ ।

विज्ञापन वितरण तथा छनोट प्रक्रियालाई पारदर्शी बनाइएको उल्लेख गर्दै मन्त्रालयले निर्धारित प्रक्रियाबाहिर कुनै निर्णय नहुने स्पष्ट पारेको छ ।

बुधबार, बैशाख ३०, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न
‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री
चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल
‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश
फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २.
    ‘जलाकी’को अमेरिका र क्यानडाको प्रदर्शन अधिकार बिक्री

  • ३.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • ४.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ५.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ६.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ७.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ८.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.