तम्घास(गुल्मी), कात्तिक ९ गते । गुल्मीमा जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ ।
कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाका अनुसार जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नम्वर २, दमौखानीमा बी एए ०२२० नम्बरको जीप दुर्घटना हुँदा पाँच जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि लैजाँदै बाटोमै मृत्यु भएको हो ।
थापाका अनुसार हिलेसिद्धबाट दर्शन गरी फर्किँदै गरेको अवस्थामा जीप दुर्घटना भएको हो ।
जिल्ला प्रहरी कार्यालय, गुल्मीका प्रहरी नायब उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसार घटनास्थलमा प्रहरी चौकी, पूर्तिघाटको टोली जाँदै गरेको र घटनाको बारेमा विस्तृत विवरण आउन बाँकी रहेको छ ।
तपाईको प्रतिक्रिया


