• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ७. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. दसैँमा निकुञ्ज घुम्ने पर्यटक २० हजार बढी

महिला उद्यमीका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छः प्रधानमन्त्री शाह

  •   बिहिबार, असार ३२, २०८३ मा प्रकाशित

काठमाडौँ- प्रधानमन्त्री वालेन्द्र शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकासका लागि हरसम्भव सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज महिला उद्यमी महासङ्घ नेपालका पदाधिकारीसँग भएको छलफलमा उहाँले महिला उद्यमीका समाधान गर्न सरकार सक्रिय रहेको तथा उनीहरूले उत्पादन गरेका वस्तुको पर्यटकीय स्थलहरूमा प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने बताउनुभयो ।

छलफलमा महासङ्घका प्रतिनिधिले व्यवसायमैत्री वातावरण सुनिश्चित गर्न, वस्तु तथा सेवालाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय बजारमा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, ‘बिजनेस–टु–बिजने म्याचिङ’ र निर्यात प्रवद्र्धनका कार्यक्रममा अनिवार्य सहभागी हुन आग्रह गर्नुभयो ।

महासङ्घले विकास गरेको ‘म उद्यमी ट्रेडमार्क’लाई स्थापित गर्न भएको आग्रहप्रति प्रधानमन्त्री शाहले सकारात्मक जवाफ दिँदै उक्त ट्रेडमार्कलाई शीघ्र बजारमा ल्याउन सुझाउनुभयो ।

छलफलका क्रममा महासङ्घको वार्षिक अन्तरराष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्यको माग पनि गरिएको थियो । साथै, सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक व्यवस्था गरी महिला उद्यमीलाई सार्वजनिक खरिद प्रक्रियामा प्राथमिकता दिन तथा सरकारी कार्यालय र शैक्षिक संस्थाले महिला उद्यमीका वस्तु तथा सेवा खरिद गर्नुपर्ने व्यवस्था लागू गर्न अनुरोध गरिएको थियो ।

महिला उद्यमीहरूले वित्तीय सहुलियत वास्तविक उद्योगीसम्म पुग्न नसकेको गुनासो गर्दै उक्त सुविधा गाउँ–गाउँसम्म विस्तार गर्न, पहुँच बढाउन तथा पुँजी अभावका कारण उद्यम रोकिन नदिन धितोको वैकल्पिक व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो ।

महिला उद्यमीहरूको छाता संस्था महासङ्घलाई सरकारका नीति निर्माण तथा निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने माग गर्दै उहाँहरूले स्थानीय तहमा सीपमूलक तालिम सञ्चालनका लागि महासङ्घले दक्ष स्रोत व्यक्ति उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आफ्ना समस्या गम्भीरपूर्वक सुनेर तत्काल पहल सुरु गरिदिनुभएकामा उहाँहरूले प्रधानमन्त्री शाह समक्ष कृतज्ञता समेत व्यक्त गर्नुभयो ।

“प्रधानमन्त्रीले हामीलाई सुन्नु मात्र भएन उहाँले समस्याको समाधानका लागि तत्काल पहल अघि बढाउनेदेखि आवश्यक सबै किसिमका सहकार्य गर्न तत्परता देखाउनुभयो”, महासङ्घका अध्यक्ष दर्शना श्रेष्ठले भन्नुभयो, “ एक्सन ओरिएन्टेट प्रधानमन्त्रीसँगको संवादले महिला उद्यमशीलताको प्रवद्र्धनमा मद्दत हुने हाम्रो विश्वास छ ।”

महिला उद्यमशीलताको प्रवद्र्धन, लगानी तथा वित्तीय पहुँच विस्तार, उद्यममैत्री नीतिगत सुधार, सीप तथा क्षमता विकास, नवप्रवर्तन, डिजिटल उद्यमशीलता तथा महिला नेतृत्वमा आधारित उद्यमहरुको दिगो विकाससम्बन्धमा छलफल भएको थियो ।

छलफलमा महासङ्घका प्रथम उपाध्यक्ष सुनिता वैद्य , महासचिव सविता सुवेदी, सचिव डिकीला लामा तृतीय, उपाध्यक्ष महालक्ष्मी श्रेष्ठलगायत सहभागी हुनुहुन्थ्यो ।

बिहिबार, असार ३२, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ६.
    ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक,

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.