• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

पाँचथरका छ वटा विद्यालयको नतिजा शून्य

लोकप्रिय समाचार

  • १. ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार पुनरागमन

  • २. निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त सिवाकोटी स्वर

  • ३. निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत ‘तिमी मेरो संजीवनी’ सार्वजनिक

  • ४. ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका दर्शकले हेर्न मिल्ने

  • ५. मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा चम्किँदै सम्पदा अम्गाईं

  • ६. मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको मृत्यु

  • ७. चितवनमा सवारी दुर्घटनामा आयाे कमी

  • ८. शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको समता कर हट्यो

  • ९. छाउप्रथाको यथार्थ बोकेको ‘हली’को ट्रेलर सार्वजनिक

  • १०. अन्तर्राष्ट्रिय बजारमा ‘पार्वती’को सफलता, अमेरिका प्रदर्शन अधिकार बिक्री

कोशी ब्यारेज जीर्ण हुँदा जोखिम

  •   मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन ५ गते । कोशी ब्यारेजको पुल आफ्नो आयु पूरा भएसँगै जीर्ण बन्दै गएको छ । बढ्दो सवारी चाप र बाढीका कारण यस पुलमाथि निरन्तर जोखिम बढिरहेको छ । पानीको बहाव बढेसँगै केही दिनयता कोशी ब्यारेजको पुलमा एकतर्फी सवारीसाधन सञ्चालन गरिएको छ ।

निर्धारित आयुभन्दा डेढ दशकभन्दा बढी समय सञ्चालनमा आइसकेको यस पुलबाट दैनिक हजारौँ भारी सवारीसाधन गुड्छन्, जसले गर्दा यसको संरचनामा बढी दबाब पर्ने गरेको छ । वर्षायाममा पानीसँगै आउने बालुवा र ढुङ्गा/माटो (गेग्रान) ले समेत नदीको सतह बढाउँदै लगेको छ, जसले पुलको संरचनालाई थप खतरामा पारेको छ ।

सन् १९६२ मा निर्माण सम्पन्न गरिएको कोशी ब्यारेजको आयु ५० वर्ष तोकिएको थियो तर पुलको आयु ६४ वर्ष नाघिसकेको छ । कोलकाताको जोसेफ एन्ड कम्पनी लिमिटेडले कोशी ब्यारेज निर्माण गरेको थियो ।

कोशी ब्यारेजको निर्धारित आयु समाप्त भइसकेकाले कुनै पनि समय नदीको बहावले ब्यारेजमा क्षति पुगी जनधनको ठुलो क्षति हुन सक्छ । यसको जोखिम अत्यन्तै संवेदनशील र गम्भीर हुन सक्छ । यसले नेपालका पूर्वी जिल्लाहरू र भारतको बिहार राज्यका ठुला भूभागलाई सिधै असर पार्न सक्छ । तैपनि यस ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माण प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

सडक विभागका अनुसार कोशी ब्यारेजको विकल्पमा नयाँ पुल र सडक निर्माणका लागि अध्ययन र डिजाइनसमेत सम्पन्न भइसकेको छ । प्रस्तावित नयाँ पुलको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) समेत तयार भए पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको हो । एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा छ वर्षअघि कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुल निर्माणको डिपिआर तयार गरिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय, सडक विभाग अन्तर्गतको आयोजना निर्देशनालय (एडिबी) का प्रमुख (आयोजना निर्देशक) चूडाराज ढकालले एडिबीको सहयोगमा सडक र पुल निर्माणका लागि तयार गरिएको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल सरकारद्वारा स्वीकृत भएर पनि कोशीटप्पु वन्यजन्तु आरक्ष कार्यालयले अनुमति नदिँदा निर्माण प्रक्रिया अगाडि बढ्न नसकेको बताउनुभयो ।

निर्देशक ढकालका अनुसार प्रस्ताव गरिएको सडकको चौडाइ चार लेन र सडकको कुल लम्बाइ ४४.२ किलोमिटर हुने छ । त्यसै गरी नयाँ पुलको लम्बाइ दुई हजार ८६० मिटरको हुने छ । नयाँ

‘एलाइनमेन्ट’ अनुसार वैकल्पिक सडकमा सानाठुला गरी ३४ वटा पुल पर्छन् । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले कोशी ब्यारेजको विकल्पमा प्रस्तावित नयाँ सडक र पुलबारे अहिलेसम्म राजनीतिक तह र मन्त्रालयस्तरमा नै सहमति हुन नसकेको बताउनुभयो । उहाँका अनुसार अहिलेको ब्यारेजसँगै वा ब्यारेजभन्दा माथि भएर नयाँ सडक र पुल निर्माण गर्ने विषय मुख्य सहमतिमा पुग्न नसकेको हो । यसअघि नै मन्त्रीपरिषद्को बैठकले अहिलेको ब्यारेजको माथिबाट नै सडक र पुल निर्माण गर्ने निर्णय गरिसकेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य तथा सडक विभागका पूर्वमहानिर्देशक अर्जुनजङ्ग थापाले प्रस्तावित नयाँ सडक र पुल निर्माणले राजमार्गको मार्ग (एलाइनमेन्ट) समेत सिधा हुने र दुरीसमेत कम हुने बताउनुभयो । अहिले कोशी नदीक्षेत्रमा पूर्व–पश्चिम राजमार्गको रेखाङ्कन (एलाइनमेन्ट) नेपाल–भारत सिमाना हुँदै गएको छ ।

प्रस्तावित नयाँ सडक सप्तरीको कञ्चनपुर हुँदै कालिन्चोक, रामपुर, बुद्धनगर, मानपुरजोरा, एकराही, तीनकुने, राजबास, कोशी, भागलपुर, गल्फेरिया, तपेश्वरी, त्रियुगा, मालेट, धरमपुर र सुनसरीको पकलीमा जोडिन्छ । तराई भूभागमा एक सय किलोमिटर प्रतिघण्टा र पहाडी क्षेत्रमा ६० किलोमिटर प्रतिघण्टा सवारी गुड्न सक्ने गरी डिजाइन गरिएको छ ।

एक दशकअघिदेखि सामान्य मर्मत गरेर चलिरहेको कोशी ब्यारेज पुलको ५५ र ५६ नम्बर ढोका खण्ड केही भासिएको छ । सप्तरीतर्फको सडक र पुलको भाग १५ मिटरसम्म साबिकको भन्दा भासिएकाले दुर्घटनाको जोखिम बढेपछि एकतर्फी रूपमा आलोपालो गरेर सवारीसाधन गुडिरहेका छन् भने दैनिक हजारौँ यात्रु जोखिमपूर्ण यात्रा गर्न बाध्य भएका स्थानीय पत्रकार देवराज यादवले बताउनुभयो । यसपालि सप्तरीबाट प्रवेश गर्ने बिन्दुमै ५५ र ५६ नम्बर ढोका खण्डमा पुल आंशिक भासिएको उहाँले उल्लेख गर्नुभयो । प्रहरीले दुर्घटना जोखिमलाई ध्यानमा राखेर सवारीसाधन एकतर्फी गरेको छ । एउटा गाडी जाँदा मोटरसाइकल र पैदल यात्रुलाई समेत हिँड्न समस्या रहेकाले सरोकारवाला निकायले तत्काल मर्मत गर्नुपर्ने यादवको भनाइ छ ।

ठुला ठुला सवारी साधनदेखि मोटरसाइकलसम्मका हजारौँ गाडी र यात्रु कोशी ब्यारेज पुल खण्डबाट दिनहुँ आवतजावत गर्दै आएकोमा मर्मत नहुँदा जोखिम मोलेर यात्रा गर्न बाध्य भएको सवारीचालक सतीश पोदारले गुनासो गर्नुभयो । कोशी सम्झौता अनुसार ब्यारेज तथा यस क्षेत्रको मर्मतसम्भारको जिम्मेवारी कोशी आयोजना (बिहार जल संसाधन विभाग भारत सरकार) अन्तर्गत पर्ने भए पनि मर्मत नभएको स्थानीयवासीको गुनासो छ । यात्रुको सुरक्षासँग जोडिएको सडकको अवस्था, पुल र सडक जीर्ण बन्दै गएको विषयमा भारतीय अधिकारीलाई जानकारी गराएको सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिनुभयो ।

प्रजिअ घिमिरेले सुनसरी खण्डमा कोशी ब्यारेज पुल तथा कमजोर तटबन्धको मर्मत गरिएको जानकारी दिँदै ठुलो बाढीका कारण कुनै स्थानमा कटान वा तटबन्धमा क्षति पुगेमा सम्बन्धित आयोजना, जिल्ला प्रशासन र सुरक्षा निकाय तत्काल परिचालन हुने गरी तयारी अवस्थामा रहेको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशवकुमार थेबे, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय सुनसरीका उपअनुसन्धान निर्देशक विमल घिमिरेलगायत सुरक्षा निकायका प्रतिनिधिहरूले हालै कोशी ब्यारेजको अनुगमन गर्नुभएको थियो ।

अध्ययन अनुसार कोशी पुल निर्माणका लागि २१ अर्ब ७४ करोड र सडक निर्माणका लागि २० अर्ब ६३ करोड रुपियाँ खर्च हुने छ । सो वैकल्पिक पुल र सडक निर्माणका लागि एसियाली विकास बैङ्क (एडिबी) को सहयोगमा निर्माण गरिने छ । यसअघि एडिबीकै सहयोगमा प्रस्तावित सडक र पुलको डिपिआर गरिएको थियो ।

मङ्गलबार, साउन ०५, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो
रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त
आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल
सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो
बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा
‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘म हुँ सृष्टिको फक्ताङलुङ’मा मौसमी मल्लको दमदार

  • २.
    निर शाहको ‘प्रिन्स’मा शान्तिश्री परियार र प्रशान्त

  • ३.
    निर शाह निर्देशित ‘कमला मिस’को मार्मिक गीत

  • ४.
    ‘कमला मिस’ले पायो युनिभर्सल सर्टिफिकेट, सबै उमेरका

  • ५.
    मोडलिङदेखि चलचित्रसम्म: ‘आ बाट आमा २’ मा

  • ६.
    मुगुमा घरमाथि पहिरो खस्दा ३ वर्षीय बालकको

भर्खरै

  • १.
    सरकार र डा.केसीबीच ७ बुँदे सहमति, पाँचौँ दिनमा अनसन तोडियो

  • २.
    रोमाञ्चक खेलमा नामिबियासँग ३ रनले पराजित नेपाल, विश्वकप छनोटको सम्भावना लगभग समाप्त

  • ३.
    आज साउन १२ गते मङ्गलबारको तपाइको राशिफल

  • ४.
    सुनसरीका प्रजिअसहित सुरक्षा निकायका प्रमुखलाई फिर्ता बोलाइयो

  • ५.
    बुद्धिसागरको कथा, सौरभ चौधरीको निर्देशनमा ‘द राइज अफ साम्राज्य’ निर्माण घोषणा

  • ६.
    ‘गौंथली’ले जित्यो दर्शकको मन, १० दिनमै ७ करोडभन्दा बढी कमाइ

  • ७.
    सुनसरीमा बोलबम यात्राको तयारीका क्रममा हिंसा, गोली लागेर एकको मृत्यु

  • ८.
    देशभर विपद्का ४१ घटना : तीन जनाको मृत्यु, १९ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.