काठमाडौँ । कीर्तिपुर नगरपालिकाको ट्याङ्लाफाँट क्षेत्रमा मंगलबार बिहान एउटा निजी कारमा भीषण आगलागी हुँदा चालकको ज्यान गएको छ।
चाँदनीचोक नजिकै बा ५ च ३०३८ नम्बरको कारमा अचानक आगो लागेको थियो। आगलागीपछि चालकले बाहिर निस्कने अवसर नै नपाउँदा कारभित्रै जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी नरेशराज सुवेदीका अनुसार चालक सिट बेल्ट बाँधेकै अवस्थामा मृत फेला परेका थिए। आगो तीव्र रूपमा फैलिएकाले उनको उद्धार गर्न सम्भव नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
मृतकको पहिचान अझै खुल्न सकेको छैन। प्रहरीले शवलाई पोस्टमार्टमका लागि पठाएको छ भने आगलागीको कारणबारे विस्तृत अनुसन्धान अघि बढाइएको जनाएको छ।
तपाईको प्रतिक्रिया



