काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका पूर्वउपसभापति गोपालमान श्रेष्ठलाई नेपाली कांग्रेसको ‘वरिष्ठ नेता’को सम्मान प्रदान गर्ने घोषणा गरेका छन्।
४४औँ बीपी स्मृति दिवस तथा ‘जरा अभियान’को समापन कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले लामो समयदेखि पार्टी र लोकतान्त्रिक आन्दोलनमा पुर्याएको योगदानको कदर गर्दै श्रेष्ठलाई उक्त सम्मान प्रदान गरिने जानकारी दिए।
क्यान्सर रोगसँग संघर्ष गरिरहेका श्रेष्ठ हाल करिब १० दिनदेखि आइसियुमा उपचाररत छन्। स्वास्थ्य प्रतिकूल हुँदाहुँदै पनि उनी गत पुसमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशनमा सक्रिय रूपमा सहभागी भएका थिए।
सभापति थापाले श्रेष्ठको राजनीतिक योगदान र पार्टीप्रतिको समर्पणलाई सम्मानस्वरूप उनलाई ‘वरिष्ठ नेता’को जिम्मेवारी तथा सम्मान प्रदान गर्ने घोषणा गरेका हुन्।
तपाईको प्रतिक्रिया



