• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
मङ्गलबार, कार्तिक १७, २०८३
☰
मङ्गलबार, कार्तिक १७, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन सम्पन्न

  • २. हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी भवः’को दुई पोस्टर

  • ३. ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ४. आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ५. फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ६. मनास्लुको स्याउ गोदाममै थन्कियो

  • ७. ‘पाँच पाण्डव’को ‘राजा चाहिया छ’ गीत सार्वजनिक, इभा गिरीको बोल्ड नृत्य

  • ८. ‘परान’ निर्देशक दीपक आचार्यको ‘चिरञ्जीवी भवः’को डबिङ सुरु

  • ९. ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • १०. ‘पाँच पाण्डव’मा दीपाश्री निरौला फाइटर लेडीको भूमिकामा, ‘सितर्नी’ बनेर दर्शकमाझ आउँदै

बढ्दै बाघ, थपिँदै चुनौती

  •   बिहिबार, साउन १४, २०८३ मा प्रकाशित

काठमाडौँ, साउन १४ गते । पाटेबाघ संरक्षणका लागि नेपाल अब्बल भूमि साबित भएको छ । पाटेबाघको सङ्ख्या फेरि बढेसँगै नेपाल पाटेबाघ संरक्षणका लागि अब्बल साबित भएको हो । नेपालमा पाटेबाघको सङ्ख्या वृद्धि हुँदै ४२९ पुगेको छ ।

सन् २०२२ को गणनामा नेपालमा ३५५ वटा पाटेबाघ थिए । बाघ बढेसँगै संरक्षण र व्यवस्थापन चुनौती पनि बढेको छ । गत वर्ष पुसदेखि छ महिनासम्म क्यामरा ट्र्यापिङ विधिबाट नेपालमा पाटेबाघ गणना भएको थियो । जस अनुसार चार वर्षको अन्तरालमा ७४ वटा बाघ थपिएको हो । विश्व बाघ दिवसका अवसर पारेर सरकारले गत वर्ष भएको बाघ गणनाको नतिजा बुधबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको नेतृत्वमा भएको गणना अनुसार संरक्षण क्षेत्रमा बाघको वर्चस्व राम्रो रहेको पाइए पनि बाघको जनसङ्ख्या वृद्धिदर भने निकै कम देखिएको विभागका महानिर्देशक डा. बुद्धिसागर पौडेलले बताउनुभयो । उहाँका अनुसार सन् २०२२ अर्थात् २०७८ सालमा ५१ प्रतिशत रहेको बाघको सङ्ख्या वृद्धिदर यस पटक घटेर २१ प्रतिशतमा झरेको हो ।

तथापि बाघ हस्तान्तरण गरिएका स्थानमा भने वृद्धिदर सन्तोषजनक देखिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा १४५, त्यसपछि बर्दिया राष्ट्रिय निकुञ्जमा ११२, पर्सा राष्ट्रिय निकुञ्जमा ७१, बाँके राष्ट्रिय निकुञ्जमा ५१ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५० वटा बाघ फेला परेका छन् । विगतमा अन्यत्र बाघको सङ्ख्या बढाउनकै लागि चितवनबाट जोहीसहित बाँके र शुक्लाफाँटामा बाघ स्थानान्तरण गराइएको थियो । ढकालले भन्नुभयो, “जसले यस पटक ती क्षेत्र र कमजोर मानिएको पर्सामा समेत बाघ बढेको पाइएको हो ।”

किन घट्यो वृद्धिदर ?

बाघको वृद्धिदर घट्नुमा आहरा प्रजाति, बासस्थान, मानव अतिक्रमण बाघको उमेरजन्य अवस्था कारक रहेको अनुमान महानिर्देशक पौडेल गर्नु हुन्छ ।

उहाँले भन्नुभयो, “आहरा प्रजाति बढ्दा बाघको सङ्ख्या बढ्ने गर्छ भने अर्कोतर्फ घटेको आहराकै आँकडाले फेरि बाघको वृद्धि सङ्ख्या कमजोेर बनाउन सघाइरहेको हुन्छ, यो प्रकृतिको नियमै हो, जसलाई सन्तुलित पारिस्थितिक प्रणालीका रूपमा हेर्नु पर्छ ।” बाघ बढेका क्षेत्रमा प्रमुख संरक्षण क्षेत्रभन्दा बाहिर ३६ वटा बाघ विचरण गरिरहेको भेटिएको छ । जसले मध्यवर्ती क्षेत्रमा मानव र बाघबिचको द्वन्द्व भविष्यमा उच्च हुने सङ्केत पनि गरेको उहाँहरूले औँल्याउनुभयो । त्यसअघि २०७४ को गणनाले नेपालमा २३५ र २०७४ मा १९८ र त्यसअघि १२१ बाघ रहेको पाइएको थियो ।

अब बाघ व्यवस्थापनमा जोड दिऊँ 

कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले अब बढेका बाघ व्यवस्थापन गर्नुपर्ने बेला आएको बताउनुभयो । विश्व बाघ दिवसका अवसरमा बाघ गणना नतिजा सार्वजनिक समारोहमा बुधबार बोल्दै मन्त्री चौधरीले भन्नुभयो, “हालको प्राथमिकता बाघको सङ्ख्या वृद्धि मात्र नभई यसको व्यवस्थापन पनि हो, बढ्दो बाघ सङ्ख्यासँगै मानव–बाघ द्वन्द्वका घटना बढेका छन् ।”

सरकारले समस्याग्रस्त बाघको उद्धार, नियन्त्रण र होल्डिङ सेन्टरमा व्यवस्थापन गर्दै, पीडित परिवारलाई राहत उपलब्ध गराउँदै आएको जानकारी दिँदै उहाँले दीर्घकालीन व्यवस्थापनका लागि चिडियाखाना र बाघ संरक्षण क्षेत्रलगायतका विकल्प अध्ययन भइरहेको जानकारी दिनुभयो । कार्यक्रममा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले गणनाको नयाँ तथ्य अनुसार भविष्यको संरक्षणका लागि नीति र योजनाका लागि थप अध्ययन गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “संरक्षणलाई कसरी देशको आर्थिक वृद्धि र विकाससँग जोड्न सकिन्छ, त्यसतर्फ अघि बढ्ने बेला आएको छ ।”

राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव डा. चिरञ्जीवी पोखरेलले बाघ संरक्षणलाई बहुआयामिक पक्षबाट नियाल्नुपर्नेमा जोड दिनुभयो । त्यस्तै अन्य संरक्षणकर्मीले बाघ बढेसँगै मानव–बाघ द्वन्द्वको सम्भावना बढेकाले न्यूनीकरणका लागि बेलैमा नयाँ उपाय खोजी गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

बिहिबार, साउन १४, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते
फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश
दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय
पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन
आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल
करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

Namaste Chitwan

लोकप्रिय

  • १.
    दयाहाङ राई अभिनीत चलचित्र ‘बुकी फूल’को छायांकन

  • २.
    हरिवंशको ‘चिरञ्जीवी बाजे’ अवतार, सार्वजनिक भयो ‘चिरञ्जीवी

  • ३.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७

  • ४.
    आज कार्तिक १२ गते बिहिबारको तपाइको राशिफल

  • ५.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ६.
    मनास्लुको स्याउ गोदाममै थन्कियो

भर्खरै

  • १.
    सोलुखुम्बुमा हेलिकप्टर दुर्घटना हुँदा एक जनाको मृत्यु, एक जना घाइते

  • २.
    फूलखेतीमा रमाउँदै कृषक, तिहारमा बजारको आश

  • ३.
    दीपावली र छठः माटो बेचेर पर्व खर्च जुटाउँदै स्थानीय

  • ४.
    पाँच विकेटले चितवनलाई हराउँदै सुदूरपश्चिमको पुनरागमन

  • ५.
    आज कार्तिक १७ गते मङ्गलबारको तपाइको राशिफल

  • ६.
    करण केसीको आक्रामक ब्याटिङमा काठमाडौं गोर्खाजको पहिलो जित

  • ७.
    पूजा र कविता अनुबन्धित ‘एक्का तीन’मा सुशीलको प्रवेश

  • ८.
    भिमादमा सयपत्री फूलखेतीप्रति बढ्दो आकर्षण

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.