• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, साउन २०, २०८३
☰
बुधबार, साउन २०, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

पहिराले विद्यालय भवन बगायो

भक्तपुरमा आमा हजुरआमाले गरे एसईई उत्तीर्ण

लोकप्रिय समाचार

  • १. ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो उत्सुकता

  • २. बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट उच्च प्रशंसा

  • ३. ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ४. बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को छायांकन, अनमोल–सुहानाको तेस्रो सहकार्य

  • ५. भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर सेवा दिन बाध्य

  • ६. ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ७. निर्मल पुर्जा सहित आरोहीको निधनप्रति प्रधानमन्त्री शाहद्वारा दुःख व्यक्त

  • ८. नेपाल शोकमा: हिमपहिरोमा परेका निर्मल पुर्जाको निधन पुष्टि

  • ९. ‘गजनी’का चर्चित खलनायक प्रदीप रावतको निधन, नेपाली फिल्म उद्योग पनि शोकमा

  • १०. ‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

‘तीन तीघ्रे क्या बिग्रे’को नयाँ अभ्यास, प्राविधिकलाई हप्तामा एक दिन अनिवार्य बिदा

  •   शनिबार, साउन १६, २०८३ मा प्रकाशित

काठमाडौं। नेपाली चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार र हप्तामा एक दिन नियमित बिदाको विषय बेला–बेलामा उठ्ने गरे पनि यसलाई औपचारिक रूपमा कार्यान्वयन गर्ने अभ्यास भने विरलै देखिएको छ। छायांकनको व्यस्त तालिका, लामो कार्यसमय र पारिश्रमिकका मुद्दाबीच प्राविधिकहरूको आराम र पारिवारिक समयको आवश्यकता प्रायः ओझेलमा पर्ने गरेको छ।

यही अवस्थालाई मध्यनजर गर्दै रघुजी फिल्म्सको ब्यानरमा निर्माणाधीन नेपाली कथानक चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ ले चलचित्र प्राविधिकका लागि हप्तामा एक दिन अनिवार्य बिदा दिने निर्णय गरेको छ। हाल काठमाडौंमा धमाधम छायांकन भइरहेको चलचित्रको ३०–४० दिनसम्म निरन्तर चल्ने छायांकन तालिकाबीच प्राविधिकहरूले शारीरिक तथा मानसिक रूपमा विश्राम पाउनुपर्ने आवश्यकतालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको निर्माण पक्षले जनाएको छ।

चलचित्रका निर्माता रघुनाथ सापकोटाका अनुसार प्राविधिकहरू महिनौंसम्म लगातार छायांकनमा व्यस्त रहने भएकाले उनीहरूले परिवारसँग समय बिताउने अवसरसमेत पाउन सक्दैनन्। “प्राविधिकहरू नै चलचित्र निर्माणका आधारस्तम्भ हुन्। उनीहरूको स्वास्थ्य, आराम र पारिवारिक जीवनलाई सम्मान गर्दै हप्तामा एक दिन बिदा दिने निर्णय गरेका हौं,” उनले बताए।

चलचित्रका लेखक तथा निर्देशक अमर दीप सापकोटाले पनि यस निर्णयमा पूर्ण सहमति जनाउँदै स्वस्थ कार्य वातावरणले राम्रो सिर्जना गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनका अनुसार प्राविधिकहरूलाई पर्याप्त विश्राम उपलब्ध गराउँदा कामको गुणस्तर र कार्यक्षमता दुवैमा सकारात्मक प्रभाव पर्नेछ।

नेपाल चलचित्र प्राविधिक संघ (NEFTA) का पूर्व उपाध्यक्ष गणेश सापकोटाले पनि चलचित्र प्राविधिकलाई नियमित बिदा उपलब्ध गराउनु समयको आवश्यकता भएको बताए। उनका अनुसार यो अभ्यास एउटा प्रोडक्सन हाउसबाट मात्र सीमित नरही सम्पूर्ण चलचित्र उद्योगले अपनाउनुपर्ने विषय हो। उनले लामो समयदेखि उठ्दै आएको यस एजेन्डालाई व्यवहारमा उतार्ने पहलको सुरुवात भएको भन्दै अन्य निर्माण कम्पनीहरूलाई पनि यस्तो अभ्यास अनुसरण गर्न आग्रह गरे।

चलचित्र क्षेत्रमा प्राविधिकहरूको श्रम अधिकार, कार्य–जीवन सन्तुलन र स्वस्थ कार्य वातावरणको पक्षमा ‘तीन तीघ्रे क्या बिग्रे’ ले थालेको यो कदम नेपाली चलचित्र उद्योगका लागि सकारात्मक उदाहरण बन्न सक्ने अपेक्षा गरिएको छ।

 

शनिबार, साउन १६, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान
मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त
खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन
‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट
‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता
सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कमला मिस’को ट्रेलर सार्वजनिक, भावनात्मक कथाले बढायो

  • २.
    बालमनोविज्ञानमा आधारित ‘कमला मिस’को भव्य प्रिमियर, दर्शकबाट

  • ३.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार

  • ४.
    बडीमालिकाबाट सुरु हुँदै ‘ए मेरो हजुर ५’को

  • ५.
    भरतपुर अस्पतालमा प्रसूति शय्या अभाव, म्याट्रेसमै राखेर

  • ६.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री,

भर्खरै

  • १.
    चितवनदेखि डडेलधुरासम्मका भूमिहीनलाई जग्गाधनी पुर्जा प्रदान

  • २.
    मन्त्रीपरिषद्का सात निर्णय : लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा उक्याव नियुक्त

  • ३.
    खाना पकाउने ग्यासको आपूर्ति सहज बनाउन संसदीय समितिको सरकारलाई निर्देशन

  • ४.
    ‘झिँगेदाउ २’को टिजर सार्वजनिक, पारिवारिक कथामा रहस्य र नयाँ ट्विस्ट

  • ५.
    ‘म मदनकृष्ण’मा हरिवंश आचार्य बन्दै अरुण क्षेत्री, दुई बायोपिकका लागि एकैपटक सम्झौता

  • ६.
    सौराहाको मध्यवर्ती क्षेत्रमा नयाँ जङ्गली हात्ती

  • ७.
    ‘मन बिनाको धन–२’मा मदनकृष्णदेखि विपिन कार्कीसम्म, स्टार कलाकारको दमदार जमघट

  • ८.
    मनसुनी वायुको प्रभाव : चार प्रदेशमा भारी वर्षा

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.