माघ १९ ,काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले तत्काल सरकार नछाड्ने भएको छ । आज बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले दुई दिन पर्खिने तथा सरकारलाई मार्गदर्शन गर्न बनेको उच्चस्तरीय संयन्त्रको बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो ।
पार्टी कार्यालय बसुन्धरामा बसेको बैठकमा नेताहरुले सरकारबाट हट्ने वा नहट्नेबारे मिश्रित धारणा राखेका थिए ।पार्टी केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिँदै सो पार्टीका प्रवक्ता मुकुल ढकालले भने, ‘हाम्रो माग पुरा नभए जेपनि निर्णय हुन्छ ।’
उनले प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष रवि लामिछानेलाई फोन गरेर २ दिन कुर्न आग्रह गरेकाले त्यतिञ्जेल पर्खिने बताए । प्रवक्ता ढाकालले भने, शुक्रबार र शनिबारको समय छ त्यो दिनसम्म कुरौं न त भन्ने हो । त्यो अनुसार नै हाम्रो हिड्ने बाटो दृढ छ ।’


