काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने श्रीमती निकिता पौडेलसहित तीनदिने निजी तथा पारिवारिक तीर्थाटनका लागि भारत प्रस्थान गरेका छन् । उनी धनगढी हुँदै भारत गएका हुन् ।
लामिछानेको निजी सचिवालयले प्रेस विज्ञप्ति जारी गर्दै उनी आजदेखि तीन दिनका लागि भारत भ्रमणमा निस्किएको जानकारी दिएको हो ।
सचिवालयका अनुसार भ्रमणका क्रममा लामिछानेले भारतको उत्तराखण्ड राज्यस्थित नैनीतालमा रहेको प्रसिद्ध कैँची धाम तथा आसामको गुवाहाटीस्थित कामाख्या मन्दिरमा सपरिवार पूजाअर्चना गर्ने कार्यक्रम रहेको छ ।
निजी तथा आध्यात्मिक भ्रमण सम्पन्न गरी लामिछाने तीन दिनपछि स्वदेश फर्किने सचिवालयले जनाएको छ ।
तपाईको प्रतिक्रिया


