माघ २६ ,धनगढी। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत माग्ने प्रस्ताव अस्वीकृत भएको छ ।प्रदेश सभाको आजको बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको विश्वासको मत माग्ने प्रस्ताव छलफलका लागि सभामुखले मत विभाजन गर्दा विपक्षका सांसदहरु अधिक देखिएको भन्दै सभामुखले प्रस्ताव अस्वीकृत भएको घोषणा गर्नुभयो ।रावल अल्पमतमा परेपछि सुदूरपश्चिम सरकार एक महिनामै ढलेको छ ।
पुस २७ मा एमाले, माओवादी, नागरिक उन्मुक्ति पार्टी र राप्रपाका २९ सांसदको समर्थनमा एमाले संसदीय दलका नेता रावल मुख्यमन्त्री बनेका थिए ।तर, विश्वासको मत नदिने नागरिक उन्मुक्तिको अडानले उनले विश्वासको मत पाउन सकेनन् । केही दिनदेखि नागरिक उन्मुक्तिका ७ सांसद काठमाडौं आएर बसेका थिए ।मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि राखिएको बिहीबारको सुदूरपश्चिम प्रदेशसभा बैठकमा नागरिक उन्मुक्ति पार्टीका सांसदहरु अनुपस्थित रहे ।


