• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
आइतबार, कार्तिक ०८, २०८३
☰
आइतबार, कार्तिक ०८, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ३. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ४. काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो ‘कबड्डी ५’ : रामबाबु गुरुङ

  • ५. दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा च्याङ्ग्रा निकासी

  • ६. आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

  • ७. नवरात्रको नवौँ दिन : कात्तिक २ गते महाअष्टमीकै कर्म दोहोर्‍याउनुपर्ने

  • ८. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ९. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • १०. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद विस्तार, नवनियुक्त मन्त्रीको शपथ आज

  •   आइतबार, माघ २९, २०७९ मा प्रकाशित

माघ २९ , दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले एक महिनापछि मन्त्रिपरिषद्लाई पूर्णता दिनुभएको छ । गत पुस २८ मा शपथ लिएका मुख्यमन्त्री गिरीले माघ २८ मा मन्त्रीपरिषद्लाई पूर्णता दिनुभएको हो ।

संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मुख्यमन्त्री गिरीले मन्त्रिहरुको नाम प्रदेश प्रमुखको कार्यालयमा सिफारिसमा गरेका गर्नुभएको छ । यसअघि विना विभागीय रहनुभएका दुई जना मन्त्रीलाई समेत जिम्मेवारी तोकिएको छ ।

एमालेबाट मुख्यमन्त्री सहित पाँच, माओवादीबाट तीन र अन्य साना दलबाट एक-एक जना गरी दश जनाको मन्त्रिमण्डल बनाइएको छ । सत्ता साझेदार दलको बैठकले मन्त्रालय टुंगो लागेसँगै मन्त्रिहरुको नाम दलको बैठकबाट निर्णय गरिएको थियो ।

प्रदेश प्रमुख अमिक शेरचनले आर्थिक मामिला मन्त्रीको रुपमा माओवादी संसदीय दलका नेता जोखबहादुर महरा, भौतिक पूर्वाधार विकास मन्त्री इन्द्रजीत थारु र आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री कृष्णा केसीलाई नियुक्त गरेका गर्नुभएको छ ।

यसअघि केसीले विना विभागीय मन्त्रीको रुपमा शपथ लिनुभएको थियो । मन्त्रालय भागबण्डा गर्दा उहाँ असन्तुष्ट रहेको र त्यसकै कारण विना विभागीय मन्त्रीबाट राजिनामा दिएको सार्वजनिक भएको थियो ।

तर, मुख्यमन्त्री कार्यालयले मन्त्री केसीको राजीनामा मुख्यमन्त्री समक्ष आइनपुगेको बताएको छ । जसले गर्दा उहाँलाई आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्रीको जिम्मेवारी तोकिएको छ ।

एमालेबाट विष्णु पन्थी स्वास्थ्य मन्त्री, दुर्गाप्रसाद चौधरी वन तथा वातावरण मन्त्री, तुलसीराम शर्मा कृषि तथा भूमि व्यवस्था मन्त्री नियुक्त हुनुभएको छ । यसअघि मन्त्री बनेका एमालेका उपनेता चेतनारायण आचार्यलाई खानेपानी, ग्रामिण तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

यस्तै साना दललाई एक-एक मन्त्रालय दिएर भाग पुर्‍याइएको छ । जनमत पार्टीका चन्द्रकेश गुप्ता सामाजिक विकास मन्त्री र राप्रपाका जानकीप्रसाद यादव उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रिमा नियुक्त हुनुभएको छ ।

लुम्बिनी सरकारमा विश्वासको मत दिएका नागरिक उन्मुक्ती, जनता समाजवादी र लोकतान्त्रीक समाजवादी पार्टीबाट मन्त्री बन्ने अवसर पाएनन् । बाँकी दललाई संसदीय समितिमा समेट्ने योजना मुख्यमन्त्री गिरीको छ

आइतबार, माघ २९, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ
गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम
‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल
पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा
आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल
पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

Namaste Chitwan

लोकप्रिय

  • १.
    आज कार्तिक ०२ गते सोमबारको तपाइको राशिफल

  • २.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ३.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ४.
    काजीको कथा अझै बाँकी थियो, त्यसैले बन्यो

  • ५.
    दशैंमा मुस्ताङ हुँदै ३५ करोड बराबरका भेडा

  • ६.
    आज कार्तिक ०३ गते मङ्गलबारको तपाइको राशिफल

भर्खरै

  • १.
    कुम्हाल युवालाई माटोको भाँडा बनाउन भ्याइनभ्याइ

  • २.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ३.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • ४.
    पोखरा–दुबई उडान : एक महिनामा ६ हजारभन्दा बढी यात्रुले लिए सेवा

  • ५.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ६.
    पन्छाइयो बेनी–दरबाङ सडकको फापरखेत पहिरो

  • ७.
    रवि लामिछानेको तीनदिने भारत भ्रमण, उत्तराखण्डदेखि आसामसम्म पुग्ने कार्यक्रम

  • ८.
    चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.