• समाचार
  • चितवन विशेष
  • राजनीति
  • आर्थिक
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • विचार
  • भिडियो
  • थप
    • अन्तराष्ट्रिय
    • राशिफल
    • पत्रपत्रिका
    • रोचक
  • Unicode
×
बुधबार, कार्तिक ११, २०८३
☰
बुधबार, कार्तिक ११, २०८३
    • समाचार
    • चितवन विशेष
    • राजनीति
    • आर्थिक
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • विचार
    • भिडियो
    • थप
      • अन्तराष्ट्रिय
      • राशिफल
      • पत्रपत्रिका
      • रोचक
    • Unicode

भर्खरै

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

शिक्षा विधेयक सरकारको पहिलो प्राथमिकतामा: शिक्षामन्त्री

बढ्दै ग्यासको आयात, हट्दै अभाव

विद्यालय तहमा थपिँदै नयाँ पाठ्यक्रम

कक्षा १२ को नतिजामा सुधार

शिक्षा र खेलकुद क्षेत्र सरकारको उच्च प्राथमिकतामा छः मन्त्री पोखरेल

तेह्र हजार विद्यालयमा सयभन्दा कम विद्यार्थी

बीस विद्यालयलाई ल्यापटप वितरण

जाने र फर्किने विद्यार्थीको छैन तथ्याङ्क

लोकप्रिय समाचार

  • १. ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड १३ लाख, दोस्रो दिन पनि शो हाउसफुल

  • २. साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई जनाको मृत्यु

  • ३. विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४ देखि २१ सम्म प्रतियोगिता

  • ४. बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५. गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा चलचित्रको टिमसहित विशेष कार्यक्रम

  • ६. आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

  • ७. चीनमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु, ३२ घाइते

  • ८. दसैँको टीका र जमरा लगाउने क्रम जारी, कोजाग्रत पूर्णिमासम्म आशीर्वाद थाप्न सकिने

  • ९. तेस्रो दिनमै ‘कबड्डी ५’लाई क्यूएफएक्सको सुपरहिट ट्याग, दुई दिनमै ३ करोडमाथि व्यापारको अनुमान!

  • १०. गुल्मीमा जीप दुर्घटना, ६ जनाको मृत्यु

भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिन्छः प्रधानमन्त्री

  •   आइतबार, पुष ०१, २०८० मा प्रकाशित

बर्दिवास , १ पौष – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा भूमण्डलीकरणको बहुआयमिक दवाव छिचोल्ने शिक्षा प्रणाली चाहिएको बताउनुभएको छ।

आइतबार दिउँसो जनता मावि गौरीडाँडाको स्वर्ण जयन्ती समारोहमा प्रधानमन्त्री “प्रचण्ड”ले एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा गरेको भन्दै आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन आवश्यक रहेको बताउनुभएको हो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले भन्नुभयो, ‘‘एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ।’’

सम्बोधनको पूर्णपाठ

सर्वप्रथम, महोत्तरी जिल्लाको यस रमणीय स्थान गौरीडाँडामा अवस्थित श्री जनता माध्यमिक विद्यालयको स्वर्ण जयन्तीको भव्य सफलताको शुभकामना व्यक्त गर्दै सम्पूर्ण विद्यालय परिवारमा हार्दिक बधाइ ज्ञापन गर्दछु।

समुदायको आफ्नै पहल, लगानी र संरक्षकत्वमा स्थापित यस विद्यालयले आफ्नो जीवनको आधा शताब्दीको शैक्षिक यात्रा पूरा गरेको छ। समुदायका श्रमजीवी वर्गदेखि मध्यम वर्गसम्मका हजारौँ विद्यार्थीले यस विद्यालयबाट शिक्षा हासिल गरेर समाजका विविध पेशा र सेवा क्षेत्रमा आफ्नो पहिचान स्थापित गरेको जानकारी पाएको छु। समुदाय र अभिभावकको जागरूकता, विद्यालय व्यवस्थापन समितिको प्रभावकारी नेतृत्व र शिक्षकहरूको कर्तव्यनिष्ठता विद्यालय निरन्तर प्रगतिको बाटोमा अगाडि बढिरहेको छ।

‘समुदायको अगुवाइमा वृहत् सामुदायिक विद्यालय’को सोचसहित अगाडि बढिरहेको यस विद्यालय देशका अरू सामुदायिक विद्यालयभन्दा यस अर्थमा फरक छ कि यस विद्यालयले प्रगतिशील सोंचसहित सामाजिक रूपान्तरणको यात्रामा समेत विद्यार्थी, अभिभावक र सिङ्गो समुदायलाई नै दीक्षित र नेतृत्व गरिरहेको छ। यस सन्दर्भमा आगामी दिनमा समेत विद्यालयले आफ्नो दूरदृष्टि, लक्ष्य र उद्देश्य प्राप्तिमा निरन्तर सफलता प्राप्त गर्ने विश्वास व्यक्त गर्दछु।

अभिभावकहरूको सहभागिता, शिक्षकहरूको सहजीकरण, स्थानीय सरकारको सहयोग र विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा ‘शिक्षा सम्मेलन २०८०’ सम्पन्न भएको मैले जानकारी पाएको छु। यसै पनि म यस विद्यालयमा यसअघि पनि विभिन्न कार्यक्रमहरू सहभागी हुँदै आएकोले विद्यालयको मूलभूत स्थितिबारे जानकारी नै छ। तपाईहरूले यस विद्यालयलाई एक्काइसौँ शताब्दीको विश्वव्यापी प्रतिस्पर्धा एवं युगसापेक्ष गुणस्तरीय शिक्षा प्रदान गर्ने हेतुले ‘वृहत् सामुदायिक विद्यालय’ को मोडेलमा नमुना विद्यालयलाई अझ परिस्कृत गर्दै लैजाने दस वर्षे रणनीतिसमेत तयार पारेकोसमेत मलाई जानकारी छ। मलाई विश्वास छ– उक्त रणनीतिमा आधारित रहेर देशभक्तिपूर्ण भावनाले ओतप्रोत, आत्मनिर्भर, स्वरोजगारमुखी प्राविधिक शिक्षामा यहाँहरूले अपेक्षित सफलता हासिल गर्नुहुनेछ। यसका निम्ति तपाईहरूलाई अग्रिम बधाइ भन्न चाहन्छु।

एक्काइसौँ शताब्दीको डिटिजल युगमा नेपालजस्ता विकासशील देशहरू भूमण्डलीकरणको बहुआयमिक दवावमा पर्दै आएका छन्। तसर्थ, आधारभूत तहदेखि नै हाम्रो पाठय्क्रममा युगसापेक्ष गुणात्मक परिमार्जन राष्ट्रिय अनिवार्यता बन्न पुगेको छ। शिक्षा आर्जन गर्नुको अर्थ आफ्नो व्यक्तिगत जीवनको सफलताको एउटा महत्त्वपूर्ण आयाम त हो नै, तर त्यो मात्रै सम्पूर्ण चीजचाहिँ होइन। आजको एक विद्यार्थी भोलिको देशको कर्णाधार, नीतिनिर्माता र कार्यान्वयनकर्ता पनि हो। तसर्थ, हाम्रो शिक्षाले देशभक्तिपूर्ण भावना, समाजप्रतिको उत्तरदायित्व, विज्ञानसम्मत प्रगतिशील सोंच र दृष्टिकोण, आत्मनिर्भर जनशक्ति उत्पादन गर्न सक्नुपर्दछ। नेपालको सन्दर्भमा हामी सबैका निम्ति यो विषय एउटा सकारात्मक चुनौतीका रूपमा खडा भएको छ। जनता माध्यमिक विद्यालयको “समुदायमा आधारित नमुना विद्यालय”को सोंचले यस राष्ट्रिय कार्यभारमा समेत सिङ्गो देशलाई नमुना प्रस्तुत गर्नेछ भन्ने मैले विश्वास लिएको छु।

नेपालको संविधानको धारा ३१ मा “प्रत्येक नागरिकलाई आधारभूत शिक्षामा पहुँचको हक हुने, राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक हुनेछ” भनी आधारभूत शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक शिक्षा निःशुल्क हुने व्यवस्था गरिएको छ। त्यस्तै संविधानको धारा ४७ मा संविधानप्रदत्त मौलिक हकहरूको कार्यान्वयनका लागि आवश्यकताअनुसार राज्यले यो संविधान प्रारम्भ भएको ३ वर्षभित्र कानुनी व्यवस्था गर्नेछ” भन्ने बाध्यात्मक व्यवस्था गरिएको छ।

तसर्थ, सङ्घीय लोकतान्त्रिक प्रणाली, हाम्रो संविधानको व्यवस्था र नवीनतम् परिस्थितिलाई समेत मध्यनजर गर्दै शिक्षामा गुणात्मक रूपान्तरण गर्नु देशको महत्वपूर्ण कार्यभार हो। यही यथार्थलाई आत्मसात गर्दै मेरो नेतृत्वको सरकारले माध्यमिक शिक्षा विधेयक सङ्घीय संसदमा प्रस्तुत गरिसकेको छ। जनता, अभिभावक र सरोकारवाला निकाय एवं पक्षले उठाएका जायज र न्यायपूर्ण माग र मुद्दाहरूलाई सम्बोधन गर्दै उक्त विद्येयकलाई संसदबाट पारित गराई छिटोभन्दा छिटो कार्यान्वयनमा ल्याउन सरकार प्रतिवद्ध छ। सरकारको यस इमानदार प्रयासमा सिङ्गो देशको सकारात्मक र रचनात्मक सहयोग, सहकार्य र ऐक्यबद्धता रहनेसमेत विश्वास व्यक्त गर्दछु।

विद्यालयको स्थापना, अविछिन्न सञ्चालन र विकास एवं नमुना विद्यालयका रूपमा स्तरोन्नति गर्न संस्थापकहरू, यस क्षेत्रका जमसमुदायहरू, बौद्धिक व्यक्तित्वहरूले महत्वपूर्ण योगदान गर्नुभएको छ। यस सन्दर्भमा म उहाँहरूप्रति सम्मान एवं बधाइ ज्ञापन गर्दछु।

आइतबार, पुष ०१, २०८० मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान
‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल
‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश
फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने
मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

Namaste Chitwan

लोकप्रिय

  • १.
    ‘कबड्डी ५’को पहिलो दिनको कमाइ २ करोड

  • २.
    साउदी अरबमा ड्रोन आक्रमणबाट एक नेपालीसहित दुई

  • ३.
    विश्वकप छनोट प्लेअफ नेपालमा हुने, डिसेम्बर ४

  • ४.
    बाजागाजासहित शान्ति र सदभावसाथ दुर्गा मूर्ति विसर्जन

  • ५.
    गौथली’को १००औँ दिन पूरा, चितवनको म्याङ्गो जनज्योतिमा

  • ६.
    आज कार्तिक ०७ गते शनिबारको तपाइको राशिफल

भर्खरै

  • १.
    चितवनको धान जोनमा उत्पादन बढ्ने अनुमान

  • २.
    ‘कबड्डी ५’ को घरेलु बक्स अफिसमा ७ करोडभन्दा बढीको व्यापार, आज पनि ६० भन्दा बढी शो हाउसफुल

  • ३.
    ‘लालीबजार’को ‘मायालाई के दिऊँ म बैना’ पाँच करोड क्लबमा प्रवेश

  • ४.
    फ्रान्सको कान्समा नेपाली चलचित्र ‘गौँथली’लाई अन्तर्राष्ट्रिय अवार्ड

  • ५.
    एनपीएलमा आज पोखरा र सुदूरपश्चिम आमनेसामने

  • ६.
    मुस्ताङ र आसपासका क्षेत्रमा तीन दिन पदयात्रा नगर्न प्रशासनको अनुरोध

  • ७.
    फूलको आयातलाई रोक लगाउन प्रशासनसँग माग

  • ८.
    मलेसियामा श्रम समस्या समाधान गर्न कूटनीतिक पहल

सम्पर्क

रबि एण्ड उषा मिडिया प्रा लि
भरतपुर ५ चितवन

मोबाईल
९८५५०६१०९९

ई-मेल
namastechitwan078@gmail.com

सूचना बिभाग दर्ता नं.
३५९०/२०७९-८०

टीम

प्रकाशक / प्रधान सम्पादक
रबि चन्द्र अधिकारी

सम्पादक
सुजन अधिकारी

सम्वाददाता
उषा थापा

द्रुत लिंक

  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • टीम
Copyright ©2026 Namaste Chitwan | All rights Reserved.
 Website By :  nwTech.