काठमाडौँ , ९ पुस
नवलपरासी पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ को खहरे जंगलमा बाघको आक्रमणबाट दुई महिलाको मृत्यु भएको छ । आइतबार दिउँसो घास काट्न गएका सासु–बुहारी घर नफर्किएपछि खोजी गर्दा राति १० बजे मृत अवस्थामा जंगलमा फेला परेका हुन् । घटना स्थलमा अहिले प्रहरी पुगेको छ ।
बाघको आक्रमणबाट अन्दाजी २८÷२९ वर्षीया विष्णु पौडेल र अन्दाजी ५८÷५९ वर्षीया सासु मनादेवी पौडेलको मृत्यु भएको छ ।
घटनास्थल सडकदेखि करिब १ किलोमिटरभित्र विनयी सामुदायिक वनमा पर्दछ । दुवै शव बाघले शरीरका केही भाग खाएको अवस्थामा भेटिएको स्थानीयले बताएका छन् ।
तपाईको प्रतिक्रिया


